काठमाडौं- सरकारले लागुऔषध प्रयोग नियन्त्रणका लागि देशभर विभिन्न रोकथाममूलक कार्यक्रम चलाए पनि यसको प्रयोग दर अस्वाभाविक रूपमा बढ्दै गएको छ। केन्द्रीय तथ्यांक विभागले सात वर्षअघि सन् २००६ र पछिल्लोपटक २०१३ मा गरेका दुई सर्वेक्षणले यस अवधिमा लागुऔषध प्रयोगकर्ता संख्या दोब्बर बढेको देखाएको छ।पछिल्लो सर्वेक्षणअनुसार देशभर ९१ हजार ५ सय ३४ लागुऔषध प्रयोगकर्ता छन्। गैरसरकारी संस्थाको तथ्यांक अझ योभन्दा बढी छ। यही क्षेत्रमा कार्यरत 'एसियन नेटवर्क अफ पिपुल हु युज ड्रग' (लागुऔषध प्रयोगकर्ताको एसियाली नेटवर्क) ले सरकारी तथ्यांकभन्दा कम्तीमा तीन गुणा बढी अर्थात् करिब ३ लाख जना लागुऔषधको लतमा फसेको जनाएको छ।
विभागको अध्ययन–प्रतिवेदनअनुसार काठमाडौंमा सबैभन्दा बढी ३७ हजार लागुऔषध प्रयोगकर्ता छन्। यो अघिल्लो सर्वेक्षणको तुलनामा दोब्बर बढी हो। अघिल्लोचोटि १७ हजार थिए। काठमाडौंपछि सुनसरी, कास्की, मोरङ, झापा, रुपन्देही, चितवन, बाँके र पर्सामा बढी प्रयोगकर्ता पाइएका छन्। काठमाडौंमा कुल प्रयोगकर्तामध्ये ३ हजार ४ सय ८५ महिला छन्।
उमेरअनुसार २००६ मा १.२ प्रतिशत १५ वर्ष मुनिका युवा रहेकामा पछिल्लो सर्वेक्षणले १.४ प्रतिशत रहेको देखाएको छ। १५ देखि १९ प्रतिशतका १९ प्रतिशत, २० देखि २४ वर्ष उमेर समूहका ३३ प्रतिशत र २५ देखि २९ वर्षभित्रका २२ प्रतिशत छन्। अघिल्लो तथ्यांकका आधारमा २० देखि २९ वर्ष उमेर समूहमा लागुऔषध प्रयोग गर्ने दर सबभन्दा बढी छ।
सर्वेक्षणले लागुऔषधको लत लागेकामध्ये ५० प्रतिशत रोजगार र २१ प्रतिशत विद्यार्थी भएको देखाएको छ। २००६ मा विद्यार्थी संख्या १३ प्रतिशत मात्र थियो। ६७ प्रतिशतभन्दा बढी अविवाहित रहेको पनि पाइएको छ। लागुऔषध प्रयोगकर्तामध्ये ४२.८ प्रतिशतले दिनमा दुईपटक सेवन गर्ने गरेका छन्।
अध्ययनअनुसार लागुऔषध प्रयोग गर्नुको सबभन्दा ठूलो कारण साथीभाइको दबाब हो। ८२.६ प्रतिशत यही कारणबाट लागुऔषधको लतमा फसेका छन्। त्यस्तै, उत्सुकतामा २८ प्रतिशत, पारिवारिक कारणबाट ७ प्रतिशत यो लतमा फसेको पाइएको छ।
कुल प्रयोगकर्तामध्ये झन्डै ६२ प्रतिशतले सुई प्रयोग गर्ने गरेका छन् भने २९ प्रतिशतले सुई साटासाट गर्ने गरेको बताएका छन्। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र (एनसिएससी) को तथ्यांकअनुसार नेपालमा कुल एचआइभी संक्रमितमध्ये झन्डै ४ प्रतिशत सुई साटासाट गर्नेहरू छन्।
प्रयोगकर्तामध्ये झन्डै ५७ प्रतिशतले साथीभाइबाट लागुऔषध प्राप्त गरेको बताएका छन्। त्यस्तै, २१.३ प्रतिशतले औषधि पसलबाट, १९ प्रतिशतले मोबाइल ड्रग सेलरबाट र १३ प्रतिशतले सीमापारिबाट ल्याएको जनाए।
एसियन नेटवर्कका नेपाल प्रतिनिधि रविकृष्ण श्रेष्ठले करिब एक दशक अघिसम्म एक ग्राम लागुऔषध ब्राउन सुगर २ सय रुपैयाँमा पाइने गरेकोमा हाल ३ हजार ५ सय हाराहारी पुगेको जानकारी दिए। 'युवामा बढ्दो लतले देशको आर्थिक तथा सामाजिक अवस्थितिमै खलबल मच्चाएको छ,' उनले भने।
उनले लतमा लागेकाले प्रत्येक दिन न्यूनतम ६ हजार रुपैयाँ खर्च टार्न चोरी, लुटपाट फैलाएको र अपराध वृद्धिसमेत भइरहेको बताए। 'परिवारबाट सपोर्ट हुन्न, बेरोजगार छन्, अनि स्कुल फि नतिर्ने, ट्युसनको बहानामा पैसा झार्ने, नभए जे पाइन्छ त्यही चोरेर खर्च जुटाउँछन्,' उनले भने, 'यसले सामाजिक, आर्थिक, पारिवारिक संरचना भत्काउँदै लगेको छ।'
लागुऔषध प्रयोगको प्रवृत्तिमा पनि परिवर्तन आएको उनले दाबी गरे। 'पहिला चुरोटबाट सुरु गर्छ भन्थे, अब त्यस्तो रहेन, किन्ने ठाउँ, प्रयोग गर्ने ठाउँ फेरिएको छ,' उनले भने, 'अहिले सहरका बार, डिस्को र रेस्टुरेन्टदेखि स्कुल–कलेज नै अखडा बन्दै गएका छन्।'
एनसिएससीका चिकित्सक हेमन्त ओझाका अनुसार स्वास्थ्य मन्त्रालयमार्फत् काठमाडौं, ललितपुर, पोखरा, नेपालगन्ज र विराटनगरमा मौखिक पद्धतिबाट लागुऔषध प्रयोग घटाउँदै लैजाने कार्यक्रम सञ्चालित छन्। देशका धेरै ठाउँमा लागुऔषध प्रायोगकर्तामाझ सुरक्षित सुई वितरणको कार्यक्रम सञ्चालन भइरहेको उनले बताए।