गुल्मी-जोहाङ गाविसको आरूंगाबाट जुनिया गाविस तर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै ज्यान गएको छ।प्रहरी निरिक्षक महेन्द्र नेपालका अनुसार लु १ च ५७६७ नम्बरको जिप जोहाङ –६ मगरगाउँ सालघारीमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो। मृत्यु हुनेको सनाख हुन सकेको छैन्। दुर्घटनामा अरू २ जना घाईते भएका छन्। बाँकी यात्रुहरू सकुशल रहेका छन्। जिप सडकबाट अन्दाजि २० मिटर तल खसेको छ। जिपमा १० यात्रु सबार थिए।
अर्को समाचार
जिप दुर्घटनामा दुईको मृत्यु
अर्को समाचार
बारपाकमा जिप दुर्घटना दुईको मृत्यु
गोरखाको बारपाकमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। ना ५ च ३२९८ नम्बरको जिप राङरुङको भीरबाट ६० मिटर तल दरौँदी खोलामा खसेको स्थानीय कुमार गुरुङले बताए।
लम्जुङको बिचौरबाट बारपाक भ्रमण गरेर फर्केका मानिस चढेको जिप आज साँझ दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको उनले बताए। घटनास्थलमा प्रहरी जाँदै गरेकाले थप बिवरण केही पनि नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिपमा ९ जना युवाहरु मात्र सवार रहेका स्थानीयले बताएका छन्।