मोरङको उर्लाबारी नगरपालिकाबाट लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
उर्लाबारी–३ नमुना टोलबाट सोही ठाउँका २६ वर्षीय बाबुराम थारु र ३१ वर्षीय सन्तोष तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले १ ग्राम १ सय ७० मिलिग्राम ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।