दुर्घटनामा परी एकको मृत्यु
२५ मंसिर २०७८
•
१ मिनेट पाठ
दुर्घटनामा परी एकको मृत्यु
भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नं. ७ गुण्डु रातोपाटी नजिक भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।




सूर्यबिनायकबाट गुण्डुतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०३३ प ७१७३ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार रबिन्द्र थापाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। मोटरसाइकल चालक भक्तपुर सूर्यबिनायक नगरपालिका वडा नं. ७ गुण्डु बस्ने वर्ष ३७ को सुरेन्द्र बस्नेत घाइते भएको प्रहरीले जनाएको छ।

घाइते बस्नेतको मध्यपुर अस्पताल ठिमी भक्तपुरमा उपचार भइरहेको जनाइएको छ। दुर्घटित मोटरसाइकल महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा राखी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ। तीव्र गतिमा सवारी साधन चलाएको पाइएको जनाइएको छ।
अर्को समाचार
सवारी दुर्घटनामा परी एकको मृत्यु, तीन जना घाइते
११ भदौ २०७७
•
१ मिनेट पाठ
सवारी दुर्घटनामा परी एकको मृत्यु, तीन जना घाइते
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको बासघारीमा बिहीबार भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा नं. ९ अरनिको राजमार्गस्थित बासघारीमा भएको दुर्घटनामा परी हात्ती गाडीको चालक झापा अर्जुनधारा नगरपालिका २ बस्ने वर्ष २६ को मिलन मगरको मृत्यु भएको हो । जगातीबाट साँगातर्फ जादै गरेको बा३ख ५३२२ नम्बरको तेल बोकेको ट्यांकर र बिपरित दिशाबाट आइरहेको बा२१च ८८०५ नम्बरको पानीको जार बोकेको हात्ती गाडी एक आपसमा ठोक्किई सवारी दुर्घटना भएको हो ।  




घटनापछि तत्कालै घटनास्थलमा पुगेको प्रहरी टोलीले नजिकै सल्लाघारीमा रहेको डा. ईवामुरा अस्पताल भक्तपुर पुर्याएकोमा उपचार हुँदाहुदै चालक मगरको सम्बन्धित चिकित्सकले मृत घोषणा गरेको महानगरीय पहरी परिसर भक्तपुरले जनाएको छ ।  

दुर्घटनामा परी हात्ती गाडीमा सवार तीन जना मानिस घाइते भएका छन । दुर्घटनामा परी बा२१च ८८०५ नम्बरको सहचालक मोरङ अमरदह गाउपालिका ८ घर भई हाल काठमाडांै जोरपाटी बस्ने वर्ष १५ को बिबेक राजबंशी (गम्भीर घाइते), सोही गाडीमा सवार काभ्रे साँगा घर भएकी वर्ष २२ की सृजना तामाङ (अवस्था सामान्य) र सोही गाडीमा वस्ने सृजना तामाङको छोरा १९ महिनाको मेडिज तामाङ (अवस्था सामान्य रहेको) घाइते भएका छन् । उनीहरू सबैलाई उपचारका लागि डा. इवामुरा अस्पताल सल्लाघारीमा लगिएको थियो ।  

दुर्घटना पश्चात घटनास्थलमा भएका दुबै सवारीसाधनहरूलाई महानगरीय प्रहरी वृत्त जगातीमा ल्याउने कार्य भएको जनाइएको छ । दुर्घटना पश्चात फरार रहेका बा३ख ५३२२ नम्बरको तेलको ट्यांकर चालकको खोजतलास कार्य भइरहेको परिसरका सुचना अधिकृत दीपक गिरीले जनाए ।
हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने
यमनका इरानसमर्थित हुथी विद्रोहीको आक्रमणपछि साउदी अरबको रक्षा क्षमता बलियो बनाउन पाकिस्तानले आफ्नो सेना पठाउने भएको छ ।
Whatsapp
भारतीय भूमिबाट शेख हसिनाले किन ‘बंगलादेश पाकिस्तानी सेनाको अधीनमा हुन्थ्यो’ भनिन् ?
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
भारतीय भूमिबाट शेख हसिनाले किन ‘बंगलादेश पाकिस्तानी सेनाको अधीनमा हुन्थ्यो’ भनिन् ?
बंगलादेशकी अपदस्थ प्रधानमन्त्री तथा अवामी लिगकी अध्यक्ष शेख हसिनाले आफ्नो देशको वर्तमान तारेक रहमान सरकारको आलोचना गर्दै स्वतन्त्रता प्राप्त नभएको भए...
Whatsapp
चुनावी राजनीतिभन्दा सामाजिक सेवामा कांग्रेसको जोड : पालिकास्तरमा ‘एनसी फर एनसी’ अभियान विस्तारको तयारी
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
चुनावी राजनीतिभन्दा सामाजिक सेवामा कांग्रेसको जोड : पालिकास्तरमा ‘एनसी फर एनसी’ अभियान विस्तारको तयारी
पार्टी सभापति गगनकुमार थापाले ‘एनसी फर एनसी’ (राष्ट्रिय मामिलामा नेपाली कांग्रेस) अभियानमार्फत पार्टीलाई राजनीतिक गतिविधिसँगै सामाजिक सेवा...
Whatsapp
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने पुल निर्माण एक महिनाभित्र सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
Whatsapp
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
कर्पोरेट
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘ढुक्कको कनेक्सन’ सेवा सुरु गरेको छ।
Whatsapp
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
अपराध
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
प्रहरीका अनुसार दक्षिण कोरियाली नागरिकले आफ्नो ह्यान्ड ब्यागेजभित्र फल्स बटम बनाएर लुकाएको अवस्थामा तीन किलो कोकिन बरामद गरिएको हो। उक्त कोकिन लिन आएक...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ।
Whatsapp
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
शिक्षा
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
प्रधानाध्यापकको कुर्सीमा बसेर विद्यालयको अवस्था नियाल्दा उनलाई एउटा प्रश्नले सधैँ घोचिरहन्थ्यो, आफूलाई शिक्षा दिएर जीवनको बाटो देखाउने विद्यालयका लागि...
Whatsapp
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति रास्वपा प्रतिबद्ध रहेको बताएका छन्।
Whatsapp
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहलाई दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई गतिशील सेतु बनाउने दिशामा अघि बढ्न सुझाव दि...
Whatsapp
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
आइतबार तेस्रो दिनको खेलको समाप्तिमा २४३ रनको अग्रता बनाएसँगै न्युजिल्यान्डले दोस्रो टेस्टमा पकड बनाएको हो। 
Whatsapp
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
मन्त्री यादवले विना धितो कर्जा, उद्यमशीलता र केयर इकोनोमी पोलिसी जस्ता विषयहरूमा समेत काम अघि बढेको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस