स्वर्गीय नेता डा. डिल्लीरमण रेग्मीले मरणोपरान्त सरकारलाई हस्तान्तरण गरेको डिल्लीरमण रेग्मी कल्याणी रेग्मी पुस्तकालयको निर्देशनमा स्वर्गीय रेग्मीले छोरीका रूपमा हुर्काएकी (नातिनी) अवन्तिका रेग्मीलाई आफ्नै घरबाट पक्राउ गरी नेपाल प्रहरीको दरबारमार्गस्थित प्रहरी वृत्तमा केही घण्टा राखी शनिबार छाडिएको छ।
अवन्तिका रेग्मीले स्वर्गीय रेग्मीको जन्मोत्सवको अवसरमा पुस्तकालयले आयोजना गरेको कार्यक्रममा होहल्ला गरी अवरोध गरेको आरोपमा प्रहरीले लछारपछार गर्दै पक्राउ गरेको थियो। नातिनीलाई छोरीको रूपमा ग्रहण गरेका स्वर्गीय रेग्मीले आफ्नो सम्पत्तिसमेत शेषपछिको बकसपत्र गरिदिएका थिए।
कार्यक्रममा आफ्नो सम्पत्ति पुस्तकालयले हडपेको भन्दै अवन्तिकाले होहल्ला गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरी वृत्तका एक प्रहरीले बताए। अनाहकमा चारघण्टा प्रहरी वृत्तमा राखिएको विरुद्धमा कानुनी कारबाही गर्ने पनि अवन्तिका रेग्मीले बताइन्।
‘हामीले कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न होस् भनेर एकछिन राखेका हौं,’ सो प्रहरी वृत्तका एक प्रहरीले नागरिकलाई बताए। कार्यक्रम विना अवरोध सकियोस् भनेर मात्रै उनलाई केही क्षण राखिएको पनि उनको दाबी थियो। अवन्तिका रेग्मीलाई अधिवक्ता अनन्तराज लुईंटेलको जिम्मामा छाडिएको छ।
पुस्तकालयले आफ्नो स्वर्गीय पिताको अपमान गरेको, असफल राजनीतिज्ञ भनी स्वर्र्गीय डा. रेग्मीविरुद्ध कुप्रचार गरेको भन्दै सम्पत्तिका लागि भूमाफियाहरूले आफूलाई दुःख दिएको अवन्तिकाको आरोप छ। आफ्नै पहलमा पुस्तकालयलाई सम्पत्ति हस्तान्तरण गरेपछि अहिले आफ्नो निवासबाट आवतजावतमा समेत समस्या सिर्जना गरेपछि उनले भदौमा सर्वाेच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन।
स्वर्गीय रेग्मीले पुस्तकालयलाई छोरी अवन्तिका रेग्मीको शेषपछि पाउने गरी पुस्तकालयको नाममा काठमाडौं जिल्ला लाजिम्पाट वडा नं. २ कि नं. १३६ को जग्गा दिए पनि आफ्नो जीवनकालमै कित्ताकाट गरी पुस्तकालयको नाममा हक हस्तान्तरण गरी लिएको कार्यको समेत उनले रिटमा चुनौती दिएकी छिन्।
रेग्मीको रिटमा सर्वाेच्च अदालतबाट न्यायाधीश २०७८ भाद्र ३१ मा अन्तरिम आदेश जारी भइसकेको छ। आफ्नो जीवनकालमै उक्त जग्गा कित्ताकाट गरी पुस्तकालयको नाममा जान नसक्ने दाबीसमेत रिटमा गरिएको छ भने उक्त सम्पत्तिको दुरूपयोग गरेको विरुद्धमा काठमाडौं जिल्ला अदालतमा दायर गरेका मुद्दा विचाराधीन अवस्थामा छ।
‘अन्यायविरुद्ध र धर्म र अधर्मविरुद्धको लडाइँ म त्यसै छाड्दिन,’ रेग्मीले छुटेपछि नागरिकलाई बताइन्। ‘मेरै परिवारको सम्पत्ति खाने उद्देश्यले ममाथि चरम अन्याय भइरहेको छ।