किसानको समस्या समाधान गर्न उच्चस्तरीय समिति
२२ माघ २०७८
•
१ मिनेट पाठ
किसानको समस्या समाधान गर्न उच्चस्तरीय समिति
मधेस प्रदेश सरकारले प्रदेशका किसानको समस्या पहिचान तथा समाधान गर्नाका लागि उच्चस्तरीय समिति गठन गरेको छ।




आज बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो।

समितिमा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री  शत्रुधन महतो, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह र खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश सर्राफ रहेका छन्।

समितिलाई कृषि तथा पशुपक्षी विकास, किसानको मलखाद, बीउबिजन तथा सिँचाइ समस्या, बिमाको अवस्था, डुबान कटानको अवस्था, कृषि यान्त्रीकीकरणको अवस्था र आगामी रणनीति, कृषि विद्युतीकरणको अवस्था, मधेस प्रदेशको भूउपयोग नीति निर्माण एवं कषि सुधारका लागि गरिएका गतिविधिको समीक्षा एवं आगामी योजनाका लागि  नीति निर्माण गर्ने जिम्मेवारी दिइएको सरकार प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए।

पन्ध्र दिनभित्र अन्तरिम प्रतिवेदन र एक महिनामा पूर्ण प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गर्न उच्चस्तरीय समितिलाई समय सीमा दिइएको प्रवक्ता साहले बताए।
अर्को समाचार
मधेसमा कानुन कार्यान्वयन फितलो, कम हुन सकेन मानव अधिकार उल्लंघनका घटना
२६ जेष्ठ २०८०
•
२ मिनेट पाठ
मधेसमा कानुन कार्यान्वयन फितलो, कम हुन सकेन मानव अधिकार उल्लंघनका घटना
मधेस प्रदेश सरकारले आफ्नो पहिलो कार्यकालमा ५५ ओटा कानुन निर्माण गरेपनि मानव अधिकार उल्लंघनका घटनाहरुमा कमी आउन सकेको छैन्।




बिहीबार इन्सेकले सार्वजनिक गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२२ को प्रतिवेदनले प्रदेश सरकारले  ५५ ओटा कानुन निर्माण गरेपनि मानव अधिकार उल्लंघनका घटनाहरुमा कमी आउन सकेको देखाएको हो।  

मधेश प्रदेशमा मानव अधिकारको अवस्थाको बारेमा अभिलेख प्रस्तुत गर्दै इन्सेकका प्रदेश संयोजक राजु पासवानले मधेस सरकारले निर्माण गरेका कानुन प्रभावकारी नभएकाले मानव अधिकार उल्लंघनका घटनामा कमी नआएको बताए। उनले मानवीय क्षमता विकास पूर्वाधार निर्माण, उद्यमशीलता रोजगारी अभिवृद्धि, गरिबी न्यूनीकरण, दिगो विकास तथा पर्यावरण संरक्षण र सुशानको प्रत्याभूतिलाई नीतिगत प्राथमिकतामा राखेर प्रदेश सरकारले आफ्नो पहिलो कार्यकालमा ५५ ओटा कानुन निर्माण गरेको जानकारी दिए।

मानव अधिकार उल्लघनकाका घटनाहरुमा सन् २०२२ मा मधेश प्रदेशका १ सय ३६ स्थानीय तहमध्ये १६ स्थानीय तहमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरु अभिलेख नभएको इन्सेकको तथ्याकंले देखाएको छ। वीरगञ्ज महानगरपालिकामा सबैभन्दा बढी ४३ घटना रहेको इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।  

एक वर्षमा मधेश प्रदेशमा राज्य पक्षबाट भएका मानव अधिकार उल्लङ्घनका घटनामा ४१ जना र अन्य पक्षबाट भएका मानव अधिकार ज्यादतीका घटनामा ५ सय २७ जना पीडित भएका छन्। महिला अधिकार उल्लंघनका घटनामा २ सय १० जना महिला र बाल अधिकार उल्लङ्घनका घटनामा २ सय जना पीडित भएको प्रतिवेदनमा उल्लेख छ।

इन्सेकले २०२३ जनवरीदेखी जुन महिना सम्मको मानव अधिकार उल्लघनका घटनाहरुको तथ्याकं सार्वजनिक गरेको छ। मधेस प्रदेशमा घटनाहरूका विश्लेषण गर्दा जनवरीदेखी मार्च सम्ममा ९४ महिलासहित १ सय १४ जना पीडित भएका घटना भएको संयोजक पासवानले बताए।  

तीन महिनाको अवधिमा अन्य पक्षबाट ६ महिलासहित नौ जनाको मृत्यु भएको जनाइएको छ। बाल अधिकारका घटनामा २४ बालिका र एक बालक गरी २५ जना बालबालिका पीडित भएको प्रतिवेदनमा उल्लेख छ। बालविवाह घटनामा तीन, बलात्कारका घटनामा १८ र यौन दुव्यवहारका घटनामा चार जना पीडित भएका छन् भने नवजात शिशु को हत्या गरिएको छ। यस अवधिमा महिला अधिकारका घटनामा ६२ जना पीडित भएका छन्। जसमध्ये बलात्कारका घटनामा १४, बलात्कार प्रयासका घटनामा ८ यौन दुव्र्यवहारका घटनामा १ बोक्सीको घटनामा १, घरेलु हिसाका घटनामा २४, महिला बेचविखन तथा ओसारपसारमा १, महिला बेचविखन प्रयासमा दुई र बहुविवाहका घटनामा ११ जना पीडित भएका छन्।

इन्सेकले हिरासतमा हुने मृत्युका घटनामा शङ्कास्पद प्रवृत्तिहरू देखिएको पनि बताएको छ।  सशस्त्र द्वन्दको समय पश्चात घट्दो क्रममा रहेको हिरासतमा हुने मानव अधिकार उल्लङ्घन तथा अनुत्तरदायी अभ्यासहरू विस्तारै प्रकट हुँदै जानु गम्भीर विषय भएको जनाएको छ।

जातीय विभेद, संरचनागत नियन्त्रण र विपन्नताका कारण राज्यले हिरासतमा थुनुवामाथि गर्ने व्यवहार कानुनको प्रबन्ध भन्दा अतिरिक्त भएको आशङ्का उत्पन्न हुने घटनाहरूमा हालसम्म पारदर्शी छानविन र अभियोजन हुन नसक्नुले राज्यका निकायको कमजोर जबाफदेहिता समेत देखिएको इन्सेकले जनाएको छ।
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस