काठमाडौं—भूकम्पमा परी हालसम्म आठ हजार ४६६ जनाको मृत्यु भएको छ भने २२ हजार ७७७ जना घाइते भएका छन्।
गत वैशाख १२ गतेको भूकम्पमा परी आठ हजार ३४९ जनाको ज्यान गएको तथा १७ हजार ८७० जना घाइते भएका थिए भने २९ गतेको भूकम्पमा ११७ जनाले ज्यान गुमाएका र दुई हजार ९०७ जना घाइते भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
शुक्रबार साँझ ६ः३० बजे सम्मको विवरणअनुसार २९ गते काठमाडौँ उपत्यकामा ११, पूर्वाञ्चलमा चार, मध्यमाञ्चलमा ९९ र पश्चिमाञ्चलमा तीनजाको मृत्यु भएको छ ।
त्यस्तै, १२ गतेको भैँचालोमा काठमाडौँ उपत्यकामा एक हजार ७०९, पूर्वाञ्चलमा ५३, मध्यमाञ्चलमा छ हजार १६४, पश्चिमाञ्चलमा ४२१ र मध्यपश्चिमाञ्चलमा दुईजनाको मृत्यु भएको छ ।
भूकम्पबाट प्रभावित काठमाडौँलगायत अन्य स्थानमा राहत सामग्री वितरण, भग्नावेशष हटाउने, सरसफाइ, सुरक्षा गस्ती र खोजमा नेपाल प्रहरीसहित राष्ट्रसेवक कर्मचारी खटिएका छन् । रासस