बिराटनगर, पुस ४ (नागरिक) - मोरङमा फरकफरक सडक दुर्घटनामा शनिवार तीनजनाको ज्यान गएको छ। बिराटनगर बरगाछी चोक पूर्व र टंकीसिनवारी-२ गंगाचोकमा भएको दुर्घटनामा मृत्यु भएको हो।
ना २ ख ९०३ नम्बरको ट्रकले शनिवार विराटनगर वरगाछीका सगलु चौधरीलाई ठक्कर दिदा मृत्यु भएको हो। प्रतक्ष्यदर्शीलाई उदृत गर्दै प्रहरीले को ३ प ८७०४ नम्बरको मोटसाइकलले साइकल यात्री चौधरीलाई ठक्कर दिएर लडेपछि ट्रकले किचेको जनाएको छ।
घटनापछि ट्रक चालकसहित तीनवटै सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकल चालक समेत घाइते भएको प्रहरीले जनाएको छ।
उता, कोशी राजमार्ग अन्तर्गत मोरङको टंकीसिनवारी-२ गंगाचौकमा ट्यांकरले किच्दा एकबृद्धको घटनास्थलमै मृत्यु भएको छ। बिराटनगरतर्फ आइरहेको को १ ख २०८९ नम्बरको ट्यांकर अचानक अनियन्त्रित भई नजिकैको घुम्ती पसलमा ठोक्किदा घरमा सुतिरहेका ७५ बर्षिय कृष्ण बहादुर श्रेष्ठको मृत्यु भएको हो। दुर्घटनापछि चालक इसराइल सेठ सहित ट्यांकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैबीच, मंसिर २७ गते मोरङ वेलवारीमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका गणतन्त्र एफएम धरानका प्राबिधिक सहायक दावा खम्बुको शुक्रवार राति उपचारका क्रममा मृत्यु भएको छ। मंसिर २६ गते झापाको विर्तामोडमा एकिकृत नेकपा माओवादीले गरेको कोचिला स्वायत्त राज्य घोषणासभाबाट फर्कने क्रममा २७ गते को १ ख १८१९ नम्वरको बसले को ३ प ४५३३ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा एफएमका समाचार संयोजक निश्चल थापाको सोही दिन मृत्यू भएको थियो भने घाइते खम्बुको भारतको सिलीगुडीमा उपचार भइरहेको थियो।