कस्तो बनाउने नयाँ घर?
०९ असार २०७२
•
१७ मिनेट पाठ
कस्तो बनाउने नयाँ घर?
काठमाडौं- वैशाखमा आएको शक्तिशाली भूकम्प र त्यसपछिका अनुकम्पनले देशभरका झन्डै ६ लाख घर पूर्णरूपमा ध्वस्त भए भने तीन लाख घरमा आंशिक क्षति पुग्यो। ८ हजार ८ सयभन्दा बढीको ज्यान गयो। २२ हजार घाइते भए। गाउँका गाउँ विस्थापित भए।भूकम्पले निम्त्याएको यति ठूलो विनाशपछि सरकारी निकायले क्षतिको कारण खोतले। असुरक्षित भवन संरचना, अव्यवस्थित सहरीकरण र बस्ती विकास, कमजोर परम्परागत भवन, भवन निर्माण संहिता र मापदण्ड कार्यान्वयन नहुनु नै प्रमुख कारण भेटियो।

भूकम्पले भौतिक र अन्य सामाजिक आर्थिक संरचना तहसनहस गराएपछि यतिबेला देशैभर सुरक्षित बस्ती विकास, सहरी योजना, भूकम्प प्रतिरोधी भवन र खुला स्थानका विषयमा चर्को बहस चलिरहेको छ। विस्थापित गाउँको भौगर्भिक अध्ययन सुरु भएको छ।

नयाँ बन्ने भवन तथा अन्य पूर्वाधारलाई भूकम्प प्रतिरोधी बनाउन सरकारले विद्यमान निर्माण मापदण्ड तथा संहितालाई संशोधन गर्ने, नयाँ मापदण्ड बनाउने, विगतमा गल्ती गर्नेलाई कारबाही गर्ने, नक्सा पास अनिवार्य गर्नेलगायत योजना बनाएको छ। भूकम्पले निम्त्याएको क्षतिपछि सरकारले पुनर्निर्माणको योजनामात्र होइन, कार्यान्वयनका लागि मापदण्ड नै तयार पारेको छ। सहरी विकास तथा भवन निर्माण विभागले यसका लागि सरकारले 'बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी मापदण्ड २०७२' तयार पारिसकेको छ। उक्त मापदण्ड मन्त्रिपरिषद्बाट पास हुन बाँकी छ।

सहरी विकास मन्त्रालयका सहसचिव डा. महेन्द्र सुब्बाको संयोजकत्वमा गठित १३ सदस्यीय उक्त समितिले तयार पारेको उक्त मापदण्डको मस्यौदामा के–के व्यवस्था छ त?

प्रस्तावित नयाँ मापदण्डअनुसार अबदेखि महानगरपालिका, नगरपालिकादेखि गाविससम्म नयाँ भवन बनाउँदा अनिवार्यरूपमा सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने तथा नक्सा स्वीकृति गराउनुपर्ने व्यवस्था गरेको छ। हालसम्म घर बनाउँदा नगरपालिकामा मात्र नक्सा पास गर्नुपर्ने व्यवस्था थियो।

सरकारले तयार पारेको उक्त मापदण्डले आधुनिक मल, आवासीय भवन, परम्परागत भवन, व्यापारिक भवन, पर्खाललगायत संरचनाका लागि छुट्टाछुट्टै व्यवस्थाको प्रस्ताव गरेको छ। यसका लागि राष्ट्रिय प्रतिष्ठाका घरलाई 'क', ६ तलासम्मका नक्सा पास गरिएका भवनलाई 'ख', परम्परागत भवनलाई 'ग' र झुप्राझुप्रीलाई 'घ' वर्गमा वर्गीकरण गरेको छ तर भवन बनाउँदा 'क' र 'ख' वर्गका भवन बनाउन नै प्राथमिकता दिन जोड दिइएको छ।

सहरी विकास मन्त्रालयका सहसचिव तथा उक्त समितिका संयोजक महेन्द्र सुब्बाका अनुसार अबउप्रान्त निर्माण सम्पन्न भएको प्रमाणपत्र नलिइकन भवन उपयोग गर्न पाइने छैन। उनले भूकम्प प्रतिरोधी भवन निर्माणलाई लक्षित गरी, विद्यमान निर्माण मापदण्ड तथा संहितालाई संशोधन गर्ने गरी यस्तो प्रस्ताव तयार पारिएको जानकारी दिए। उनका अनुसार विगतमा भवन निर्माण गर्दा सबै मापदण्ड नअपनाएको, खुला क्षेत्र घोषणाबारे स्पष्ट मापदण्ड नभएको, जोखिमयुक्त ठाउँमा बस्ती रहेको तथा यसबारे उपयुक्त सुपरीवेक्षण हुन नसकेको यथार्थतालाई दृष्टिगत गरी नयाँ मापदण्ड तयार पारिएको हो।

नयाँ मापदण्डमा भवन ऐन २०५५ को दफा ८ अनुसारका (क) र (ख) वर्गका तीन तलाभन्दा अग्ला सबै आवासीय र कुनै पनि सर्वसाधारण भेला हुने सपिङ मल, सुपरमार्केट, स्कुल, कलेज, अस्पताल, नर्सिङहोम, पोलिक्लिनिक आदिको भवन निर्माण गर्न अनिवार्य रूपमा माटो परीक्षण तथा १७ मिटर (पाँच तला) भन्दा अग्ला भवनको हकमा भौगर्भिक परीक्षण र भूकम्पीय विश्लेषणसहितको प्रतिवेदन नक्सापास अनुमतिका लागि आवश्यक पर्ने उल्लेख छ। उक्त कार्य नगरेको पाइए विद्युत, खानेपानी, टेलिफोन सेवाबाट वञ्चित गरिने व्यवस्था प्रस्ताव गरिएको छ।

आधिकारिक निकायले माटो तथा भौगर्भिक परीक्षण गरी तोकेको स्थानमा मात्र १७ मिटरभन्दा अग्ला संरचना निर्माण अनुमति प्रदान गर्न सकिने तथा अग्ला संरचना निर्माण गर्न सकिने स्थान नतोकिएसम्म यस्ता भवनको नक्सा पास नगर्ने, खानी तथा भूगर्भ विभागले नेपाल राजपत्रमा प्रकाशित गरी निषेध गरिएका क्षेत्रमा घर बनाउन नदिने प्रस्ताव गरिएको छ।

मापदण्डमा आवासीय प्रयोजनका लागि निर्माण हुने भवनमा सटर तथा पसल राख्न नपाइने, सटर राखी स्वीकृति लिएमा उक्त भवनलाई स्वतः व्यापारिक मानिने उल्लेख छ। ६ मिटरभन्दा कम चौडाइको सडक पहुँच भएको भवनमा सटर राख्न नपाइने तथा सटर राख्दा कम्तीमा ३ मिटरको सेट ब्याक छोड्नुपर्ने व्यवस्था राखिएको छ। मापदण्डले जथाभावी रूपमा हुने जग्गाको प्लटिङमा कडाइ गर्दै यसका लागि सम्बन्धित प्राधिकरण वा नगर विकास समितिले तोकेको स्थानमा मात्र बनाउन पाउने व्यवस्थाको समेत प्रस्ताव गरेको छ।

शैक्षिक संस्था, पार्टी प्यालेस, अस्पताल, सुपरमार्केट, सिनेमा हल, व्यापारिक कम्प्लेक्सजस्ता ठूला संरचना बनाउँदा अनिवार्य योजना अनुमति लिनुपर्ने प्रस्ताव गरिएको छ। सीमा पर्खाल निर्माण गर्दा सम्बन्धित निकायले तोकेको मापदण्डअनुसार पर्खालको उचाइ १ दशमलब २ मिटर नबढ्ने गरी गाह्रो निर्माण तथा सोभन्दा माथि जाली राख्ने गरी स्वीकृति लिनुपर्ने, न्यूनतम एक तलाको पूर्ण वा आंशिक निर्माण सम्पन्न प्रमाणपत्र लिएका भवनलाई मात्र पानी, बिजुली, टेलिफोन आदि जोड्न सिफारिस गर्ने, न्यूनतम एक मिटर छोडेर पिलरको जग्गा राख्न पाइने तर जग्गाको सिमाना जोडेर राख्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ।

आर्थिक वर्ष २०७३/०७४ देखि भवनसंहिता तथा मापदण्डमा आधारभूत तालिमप्राप्त भई नगरपालिकामा सूचीकृत डकर्मी, कालिगढ र ठेकेदारले मात्र भवन निर्माणमा संलग्न हुन पाउने, मापदण्ड तथा संहिता कार्यान्वयनका लागि राजपत्रांकित तृतीय श्रेणीका कार्यकारी अधिकृत भएका नगरपालिकामा भवनसंहिता, मापदण्ड कार्यान्वयन तथा नक्सापासका लागि आर्किटेक/सिभिल इन्जिनियर, सब–इन्जिनियर र सर्भेयर तथा भौतिक पूर्वाधार योजनाको कार्यान्वयनका लागि छुट्टै सिभिल र सब–इन्जिनियर एक/एकजना व्यवस्था गर्ने, राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत भएका नगरपालिकामा स्ट्रक्चरल, आर्किटेक/सिभिल, सब–इन्जिनियर र सर्भेयर तथा महानगर र उपमहानगरपालिकाका लागि जियो टेक्निकल इन्जिनियरको व्यवस्था गर्न प्रस्ताव गरिएको छ।

त्यसैगरी एक हजारभन्दा बढी घरधुरी रहेको गाविसमा भवन मापदण्ड, संहिता र नक्सा पासका लागि सिभिल इन्जिनियर, सर्भेयर र सिभिजन इन्जिनियरको प्रस्ताव गरिएको छ। प्रस्तावित प्रावधानमा स्थानीय निकायमा कार्यरत प्राविधिले नक्सा डिजाइन गर्न पाउने, भवनको डिजाइन, नक्सा तयार गर्न तथा निर्माण सुपरीवेक्षण गर्ने इजाजत अनुमतिपत्र लिनुपर्ने तथा निर्माण मापदण्ड तथा भवन संहिताविपरीत नक्सा निर्माण, स्ट्रक्चरल डिजाइन र सिफारिस गर्न प्रतिबन्ध पनि लगाउन प्रस्ताव गरिएको छ।

पुरानो सहरमा हाउस पुलिङ र ल्यान्ड पुलिङ
काठमाडौं उपत्यकाको पुरानो सहरी क्षेत्रमा अर्बान रिजेनेरेसनको अवधारणाअनुरुप बस्ती विकासका लागि नगरपालिकाले विशेष व्यवस्था गर्ने तथा सहरी विकास मन्त्रालयसँग प्राविधिक सहयोग लिई प्रचलित कानुनअनुसार हाउस पुलिङ र ल्यान्ड पुलिङ कार्यक्रम सञ्चालनमा ल्याउनसक्ने प्रस्ताव पनि गरिएको छ।

योजना अनुमति दिँदा कुल जमिनको कम्तीमा बाटोबाहेक पाँच प्रतिशत जमिन उपयुक्त स्थानमा खुला क्षेत्र तथा पार्कका लागि सार्वजनिक स्वामित्वमा राख्नुपर्ने, मूलबाटोको चौडाइ कम्तीमा आठ मिटर हुनुपर्ने, प्लटिङ गरेको क्षेत्रमा टेलिफोनको खम्बा, बिजुलीको खम्बा, ढल तथा बाटो पिच गर्ने जिम्मेवारी प्लटिङ गर्ने व्यक्तिको हुने तथा प्लटिङ गरेका हरेक खडेरीले भवन मापदण्ड पूरा गर्नुपर्ने उल्लेख छ। नयाँ प्रावधानमा जग्गा विकासको कार्य प्रचलित कानुनअनुसार दर्ता भएको संस्था/कम्पनीले सम्बन्धित निकायबाट स्वीकृत लिएर मात्र गर्ने उल्लेख छ।

भवन निर्माणका लागि हाइट सेट ब्याक रेसियो कायम गर्नुपर्ने उल्लेख छ। सेट ब्याक अर्न्तगत व्यापारिक/आवासीय क्षेत्रमा सहर विस्तार क्षेत्रमा १० मिटर उचाइसम्म न्यूनतम १ दशमलब ५ मिटर, १० मिटरभन्दा माथि १७ मिटरसम्म न्यूनतम २ मिटर र १७ मिटरभन्दा माथि न्यूनतम ६ मिटर सेट ब्याक कायम गर्ने प्रावधान राखिएको छ तर संस्थागत तथा व्यवसायिक प्रयोजनका लागि भवनहरुको हकमा न्यूनतम ३ मिटर कायम गर्नुपर्ने व्यवस्थाको प्रस्ताव गरिएको छ।

आवासीय भवनका लागि ग्राउन्ड कभरेज २ सय ५० वर्गमिटरसम्म क्षेत्रफल भएका जग्गामा अधिकतम ७० प्रतिशत तथा सोभन्दा बढी भएको क्षेत्रफलका लागि ६० प्रतिशत कायम गर्ने, नयाँ निर्माण हुने स्थानीय सडकको क्षेत्राधिकार सडकको केन्द्रबाट न्यूनतम तीन मिटर सेट ब्याक कायम गर्ने, कित्ताकाट हुने बाटोको न्यूनतम चौडाइ ६ मिटर हुने तर साबिक बाटो ६ मिटरभन्दा कम भएमा सो भन्दा कम नहुने गरी कित्ताकाट गर्न सकिने तथा साबिकका साना बाटामा समेत कम्तीमा चार मिटर हुने गरी स्थानीय निकायले बाटो विस्तार गर्नुपर्ने व्यवस्था उल्लेख छ।

मापदण्डविपरीत बनेका संरचना भत्काउन सकिने व्यवस्था गरिएको प्रस्तावित प्रावधानमा सम्बन्धित स्वामित्वकर्ताले अटेर गरेमा भत्काउन लाग्ने खर्च सरकारी बाँकीसरह बिगोसहित असुलउपर गर्ने व्यवस्थासमेत प्रस्ताव गरिएको छ।

सुरक्षित स्थानको पहिचान
मापदण्डमा भूकम्प, पहिरो र बाढीजस्ता प्राकृतिक प्रकोपका न्यूनतम जोखिम भएका स्थानमा मात्र बस्ती विकासलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख छ। मापदण्डले भूकम्पीय जोखिम कम भएको स्थान छनोटका लागि प्रमुख फल्ट लाइन, गहिरो चिरा परेको भूभाग, सिमसार क्षेत्र, तालतलैया वा त्यस्ता प्राकृतिक स्थानमाथि माटो भरिएका क्षेत्रमा भौतिक संरचना निर्माण नगर्न र ती क्षेत्रबाट न्यूनतम ५० मिटरको दुरीमा मात्र बनाउन भनेको छ।

यस्तै पहिरोको जोखिमबाट टाढा रहन सम्भव भएसम्म समतल जमिन या मध्यम तहको भिरालो क्षेत्र चयन गर्न भनिएको छ। बस्तीलाई ३० डिग्रीभन्दा बढी भिरालो क्षेत्रमा बसाउन नपाइने र त्यस्तो भिरालो क्षेत्र फेदीदेखि शिरसम्म स्थिर हुनुपर्दछ। भिरालो जमिनको फेदीमा घर निर्माण गर्दा फेदीबाट कम्तीमा तीन मिटरको दूरी छाडेर बनाउनु पर्नेछ।

बाढीको प्रकोप रहेका स्थानवरपर भवन बनाउँदा भने नदीको किनारबाट टाढा र ऐतिहासिक बाढीको सतहभन्दा माथिको जमिनलाई छनोट गर्नुपर्ने उल्लेख छ। त्यस्ता क्षेत्र साना नालाबाट न्यूनतम १० मिटर र बाह्रमासे नदीनालाको ऐतिहासिक बाढीको सतहबाट ३० मिटर दुरीमा हुनुपर्ने छ। सुरक्षित बस्ती विकासका लागि जोखिम बस्तीको स्थानान्तरण, भूउपयोग योजना र नियन्त्रणसम्बन्धी व्यवस्थासमेत गरिएको छ। खुला क्षेत्रसम्बन्धी व्यवस्थाका लागि हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गर्ने प्रस्तावसमेत गरिएको छ।

बस्ती विकासको आधार
एकीकृत बस्ती निर्माणको स्थान छनोट गर्दा न्यूनतम २ सय रोपनी जमिन भएको क्षेत्र हुनुपर्छ। यस्ता क्षेत्रमा कम्तीमा एक हजार जनसंख्या हुनुपर्छ। विद्यालय, स्वास्थ्य, खुला चौर र अन्य सामुदायिक विकासलाई सहजै लैजान सकिने छ। यी क्षेत्रमा निर्माण गरिने भवनमा मौलिक वास्तुकला झल्कने निर्माण पद्धतिलाई प्राथमिकता दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
अर्को समाचार
'कस्तो देश बनाएछौँ हामीले ?'
०१ असार २०८२
•
१ मिनेट पाठ
'कस्तो देश बनाएछौँ हामीले ?'
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले 'अझै देश कस्तो बनाउने हो ?' भनेर प्रश्न गरेका छन्। इजरायलमा रहेका नेपालीहरूले नेपाल फर्किन नचाहेको विषय उधिन्दै बोहराले फेसबूकमा लेखेका छन्, 'अझै देश कस्तो बनाउन हो ?' 

उनले अगाडि लेखेका छन्, 'मिसाइल खसिरहँदा पनि युद्धग्रस्त इजराइलमा रहेका नेपालीले हाम्रो उद्धार गर्नु पर्दैन भनेछन् ! किन होला ? नेपालमा रोजगारी नभएपछि ऋण-धन गरेर बल्लबल्ल गएको छ। उद्धार गरेर फर्काइयो भने न खर्च उठ्छ, न नेपालमा फेरि काम पाइन्छ। बरु ज्यान जाला यतै बसिन्छ भन्ने मानसिकताकै कारण त होला उद्धार गर्नु पर्दैन भनेको।'

उनले नेपालीहरू देश फर्किन तयार नरहेको विषयमा थप भनेका छन्, 'युद्धग्रस्त देशमा बाँचिन्छ र मरिन्छको त्रास छ। तर, मान्छे नेपाल फर्किन तयार छैनन् भने कस्तो देश बनाएछौं हामीले ?,' उनले भनेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा करिब पाँच हजार पाँच सय नेपालीहरू छन्। उनीहरू सबै सुरक्षित रहेको जानकारी गराउँदै मन्त्रालयले आवश्यताअनुसार सम्पर्कका लागि आग्रह गरेको छ। तर, उनीहरूले नेपाल फर्किन नचाहेको विषय गम्भीर रहेको बोहराले बताएका हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस