काठमाडौं- यो (तस्बिरमा) कुनै खहरेखोलो होइन, राजधानी उपत्यकाको काठमाडौं महानगरकै मध्यभाग छिचोल्ने सिनामंगल–सेतोपुल (मैतीदेवी) सडक हो। हेर्दा कुनै खहरेभन्दा फरक भने देखिँदैन।
विकास निर्माणमा हुने चरम लापरबाहीको दृश्य पनि हो यो, त्यो पनि राजधानी सहर काठमाडौंको। सडक निर्माण जिम्मा लिएको ठेकेदारको लापरबाहीले यहा"को दुई किलोमिटर सडक झन्डै दुई वर्षसम्म बन्न सकेको छैन।
खाल्डैखाल्डायुक्त यो सडक बुधबारको वर्षाले त खहरेझैं बनाइदिएको छ। सवारीसाधन र यात्रु हिलाम्मे सडकमा चोबलिँदै हिँड्न बाध्य छन्।
सडक निर्माणको जिम्मेवारी पाएको कम्पनीले समयमै काम गरेको भए यो खण्ड अहिलेसम्म कालोपत्रे भइसक्थ्यो। १४ मिटर फराकिलो उक्त सडकमा न हिलो हुन्थ्यो, न धुलो। पैदलयात्रीले समेत निर्बाध फुटपाथ प्रयोग गर्न सक्थे।
सडक निर्माणको जिम्मा पाएको कम्पनी 'लामा बिल्डर्स–बिरुवा–च्याङमिला' कै ढिलाइले दुई वर्षदेखि उक्त खण्डमा धुलो, हिलो र पानी मात्र देखिन्छ। व्यस्त क्षेत्रको यो सडक निर्माणका लागि कम्पनीले करिब ९ करोड ६४ लाख रुपैयाँ सरकारी निकायबाट लिएर जानेछ। ८० प्रतिशत रकम कम्पनीले बुझिसकेको छ।
सम्झौताअनुसार कम्पनीले सडक निर्माणको काम यही असार १३ गते नै सकिसक्नुपर्ने थियो। तर, ५० प्रतिशतभन्दा बढी काम बा"की छ। ठेकेदार कम्पनी भने अझै पनि यसको निर्माण सक्न महिनांै लगाउने मनस्थितिमा छ। अनुगमन गर्ने सरकारी निकाय काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले कामको प्रगति वास्ता नगरी ठेकेदार कम्पनीको बहानाबाजीमै सही थापिरहेको छ।
कम्पनीले निर्माणमा गरेको ढिलाइका कारण धुलो र हिलो खेप्दै आएका पुरानो बानेश्वर–सिनामंगल खण्डका बासिन्दाले अझै केही समय यस्तै दुर्गति बेहोर्नुपर्ने भएको छ। सडक विस्तारका लागि दुई वर्षअगाडि भत्काइएको सडकमा खानेपानी, ढल, भूमिगत तार बिच्छ्याउने तथा विद्युतका पोल ग्ााड्नेजस्ता कार्यले खाल्डो खन्दै छाड्नाले निर्माणमा ढिलाइ भइरहेको कम्पनीले दाबी गरेको छ। तर, आयोजनाले वैशाखमा सक्नुपर्ने काम दुई महिना थप गरेको थियो। थप समयमा पनि काम सकिएको छैन।
तोकिएको समयमा काम सम्पन्न गर्न नसके पनि आयोजनाले कम्पनीलाई निमयअनुसार कुनै कारबाही गर्न सकेको छैन। यस सडक खण्डमा कतै माटोको थुप्रो त कतै पानीको आहाल देखिन्छ। अझ सिनामंगलदेखि बागमती पुलसम्मको खण्डमा त ठुल्ठूला खाल्डा, माटो र हिलोको थुप्रा मात्र देखिन्छन्।
बागमती पुलदेखि पुरानो बानेश्वर–सेतोपुलबीच भने ग्राभेल गरिएको छ। तर, दुई वर्षअगाडि १० मिटर पक्की उक्त सडक खण्ड विस्तारपछि १४ मिटर फराकिलो बनाइए पनि सवारी र पैदलयात्रीलाई हिँड्न सास्ती छ।
आयोजना प्रमुख प्रभात झाले कम्पनीलाई काम छिटो गर्न दबाब दिइरहेको बताए। असार मसान्तभित्र बागमती पुलदेखि पुरानो बानेश्वर–सेतो पुलसम्म कालोपत्रे गरिसक्ने गरी कम्पनीले काम अगाडि बढाएको उनले बताए।
'भूकम्पका कारण पनि काम केही दिन पछाडि सरेको हो,' उनले भने, 'हामीले त्यहीअनुसार कम्पनीलाई असारभित्र कालोपत्र गरिसक्न भनेका छौं।' उनले वर्षातले अवरोध सिर्जना नगरे सिनामंगलदेखि बागमती पुलबाहेक सेतोपुलसम्म सडक कालोपत्रे भइसक्ने जानकारी दिए।
सिनामंगलदेखि सेतोपुलसम्मको सडकमा कपडा तथा किरानापसल, होटल, जुत्ता तथा भाँडाकँुडा पसल, सुनचाँदी पसल, स्टेसनरी, फलफूल पसललगायत सञ्चालनमा छन्। सडकको अवस्थाले दुई वर्षदेखि व्यवसायमा गिरावट आएको किरानापसल सञ्चालिका भुवन जोशीले बताइन्। 'कहिले हिलो, कहिलो खाल्डो अनि कहिले धुलाम्मे हुँदा यहाँबाट मान्छे नै हिँड्न छाडिसके,' उनले भनिन्, 'मान्छेको आवतजावत नै नभएपछि व्यापार सुकेर भाडा तिर्नै नसक्ने अवस्था आएको छ।'
उनले सबै निकायले मिलेर तुरुन्त काम सम्पन्न गर्नुपर्नेमा छुट्टाछुट्टै काम अगाडि बढाउँदा ढिला भएको अनुभव सुनाइन्।
कम्पनीले काम सुरु गरेलगत्तै उक्त खण्डमा ढल निर्माण कार्य सुरु भएको थियो। त्यही बेला मेलम्ची खानेपानी आयोजनाले पनि काम अगाडि बढाएपछि निर्माणमा ढिलाइ भएको आयोजनाले जनाएको छ। आयोजनाका अनुसार ढलका लागि खनिएका खाल्डामा खानेपानीका पाइप लिक हुँदा सबै माटो दलदले भएकाले माटो नै परिवर्तन गर्नुपर्ने भएको छ। आयोजनाप्रमुख झाका अनुसार स्थानीयकै अनुरोधपछि डेढ मिटर गहिरो ढललाई बढाएर चार मिटर बनाइएको छ। तर त्यहाँ खानेपानीका पाइपबाट पानी चुहिन थालेपछि थप समस्या सिर्जना भएको थियो।
कम्पनीका प्रतिनिधि पेम्बा लामा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) र भूकम्पले गर्दा सडक निर्माण ढिलो भएको बताउ"छन्। 'केयुकेएलले खानेपानी पाइप ओछ्याउन आठ/नौ महिना लगायो। त्यसपछि भूकम्प आयो, प्राविधिकहरू आ–आफ्नो घरतिर लागे, त्यसैले ढिलो भएको हो,' उनले भने। लामाले लगातारको वर्षाले पनि अवरोध आएको तर्क गरे। जबकि, यस वर्ष राजधानीमा उल्लेखनीय मनसुनी वर्षा मंगलबार सा"झ सुरु भएको हो। 'अब यो वर्षा सकिएपछि निर्माण पूरा हुन्छ', उनले भने।
राजधानीको व्यस्त सडक निर्माणमा ढिलाइ भएको भन्दै स्थानीयले गुनासो गरेपछि उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले स्थलगत अनुमगन गरेका थिए। अनुगमनपछि केही दिन काम छिटो अगाडि बढेको थियो। तर, काम बिस्तारै सुस्ताएको स्थानीयले बताए। स्थानीयले सडक निर्माणलाई गति दिन दर्जनौंपटक सम्बन्धित निकायलाई आग्रह गरे पनि बेवास्ता गरिएको गुनासो गरे।