नाकामा कडाइ जारी
२१ असोज २०७२
•
१० मिनेट पाठ
नाकामा कडाइ जारी
झापा- मधेस आन्दोलनले असुरक्षा बढाएको बहानामा नाकाबन्दी गरेको भारतले पेट्रोलियम पदार्थ तथा अन्य सामग्री आयातमा झनै कडाइ गरेको छ। बिहीबार जोगबनीबाट एक बुलेट ग्यास र धनगढीबाट तीन ट्यांकर पेट्रोलियम पदार्थ मात्र नेपाल भित्रियो। वीरगन्जको रक्सौल, भैरहवाको बेलहिया र नेपालगन्जको रुपैडिहा नाकाबाट कुनै पनि इन्धन ट्यांकर भित्रिन सकेनन्।चाडपर्वको मुखमा किनमेलका लागि भारतीय बजार जाने सर्वसाधारणलाई रोक्ने गरी पूर्वी नाकामा भारतीय सुरक्षा बलले झन् कडा रबैया देखाउन थालेको छ। धर्ना र अवरोध नभए पनि काँकडभिट्टा नाकाबाट भारतीय भूमितिर जाने सयौं सवारी घन्टौंसम्म मेची पुलमा जाममा परेका छन्। भारतीय सुरक्षा बलले 'सुरक्षा' को कारण देखाउँदै नेपालबाट जाने साधनमा कडाइ गरेको हो। 'अहिले निकैबेरदेखि भारतीय सुरक्षा बलले नेपालबाट जाने साधनहरूमा ज्यादै कडाइ गरिरहेको छ,' काँकडभिट्टा प्रहरी प्रमुख डिएसपी श्यामकृष्ण अधिकारीले बिहीबार साँझ भने, 'यसका कारण आवागमन पूरै प्रभावित छ।'




दुई दिनभित्र ३५ ट्यांकर इन्धन पठाएर पूर्वी नाका केही खुकुलो पारेको सन्देश दिएको भारतीय पक्षले फेरि कडाइ थालेपछि सीमा नाकाका नेपाली नागरिक पीडित छन्। 'नेपाललाई लगातार नाकाबन्दी लगाएको भारतले अब आमनागरिकलाई पनि आउन–जान नदिने रबैया देखाउन थाल्यो,' निर्यात व्यवसायी सुनील मित्तल भन्छन्। यससँगै नेपाली ग्राहकमा भारतका दुई सीमावर्ती बजार पानीट्यांकी र नक्सलबाडीको कारोबार ह्वात्तै घटेको छ। व्यापार–व्यवसाय चौपट भएकै कारण स्थानीय आफ्नै सरकारको कठोर शब्दमा आलोचना गरिरहेका छन्। 'यो भारत सरकारको ज्यादै बहुलट्ठीपूर्ण कदम हो,' भारतीय मार्क्सवादी पार्टीका कार्यकर्ता तपन घोष भन्छन्, 'यसले आफ्नै नागरिक समस्यामा परेको उसले देखेको छैन।'

नाकामा कडाइले इन्डियन आयल कपर्ाोरेसनले बिहीबार भरिदिएको पाँच ट्यांकर इन्धन नेपाल आइपुग्न झन् कठिन हुने नेपाली पक्षले जनाएको छ। मेची पेट्रोलियम डिलर्स एसोसिएसन अध्यक्ष लय भण्डारीका अनुसार २५ ट्यांकर तेल लिन गएकामा भारतले जम्मा पाँचवटा भरिदिएको छ।

बुधबारमात्रै नेपाली व्यवसायीलाई फोन गरेर कर्पोरेसन अधिकारीले 'जति गाडी आए, त्यत्तिमै तेल भर्न सकिँदैन' भनेका थिए। 'जति गाडी आउँछन्, त्यसको १० प्रतिशतमा मात्रै तेल भरिदिन माथिको आदेश छ,' नेपाली पक्षलाई उनीहरूको जवाफ थियो।

जोगबनीबाट एउटा ग्यास बुलेट

विराटनगर संवाददाता विनोद सुवेदीका अनुसार बुधबार जोगवनी नाका खुकुलो पार्दै सामान्य अवस्थामा जस्तै इन्धन र अन्य मालवाहक सवारी नेपाल प्रवेश गर्न दिएको भारतीय कस्टमले बिहीबार भने नाकामा कडाइ गरेको छ। बिहीबार बेलुका ६ बजेसम्म जोगवनी नाकाबाट पेट्रोल र डिजेलका कुनै पनि ट्यांकर भित्रिएनन्।

विराटनगर भन्सार कार्यालयका अनुसार सा"झसम्म एउटा मात्रै ग्या"सको बुलेट भारतीय कस्टमले नेपालतर्फ पठाएको छ। अन्य सवारी पनि न्यून मात्रामा भित्रिएका छन्। सा"झसम्ममा ट्रक, ट्र्याक्टरलगायत ३६ वटा मालवाहक सवारीमात्रै भन्सार यार्डमा आइपुगेको विराटनगर भन्सार कार्यालय प्रमुख कृष्ण बस्नेतले जानकारी दिए। भारतीय पक्षले किन सवारी जा"चपासमा ढिला–सुस्ती गरेको भन्नेबारे कुनै जानकारी नआएको विराटनगर भन्सार कार्यालयका अधिकृत राजेन्द्र ढुंगानाले बताए। उनले भने, 'भारतीय कस्टमले किन जा"चपासमा कडाइ गरेको भन्नेबारे कुनै जानकारी छैन।'

बेलहियामा आयात ठप्प

बुटवल संवाददाता शेरबहादुर केसीका अनुसार तीन दिनदेखि भारतले बेलहिया नाकाबाट आयात ठप्प पारेको छ। दैनिक ९ करोड रुपैयाँ राजस्व संकलन गर्दै आएको भैरहवा भन्सार कार्यालय आयात–निर्यात ठप्पपछि सुनसान छ।

गत सोमबार आन्दोलनकारीले सीमापारि सुनौलीबाट नेपाली प्रहरीमाथि ढुंगा बर्साएपछि तनाब उत्पन्न भएको थियो। यस विषयमा बुधबार सीमा सुरक्षा अधिकारीको बैठक बसेको थियो। उक्त बैठकले सीमा क्षेत्रमा कुनै खालको प्रदर्शन गर्न नदिने सहमति जुटाए पनि नाका खुल्न सकेको छैन ।

भारतीय पक्षले बिहीबारदेखि सीमापारिबाट कुनै खालको प्रदर्शन गर्न नदिने प्रतिबद्धता जनाएको थियो। 'बिहीबार उनीहरूले प्रतिबद्धता कार्यान्वयन गरेका छन्, आगामी दिनमा पनि यो क्रमलाई निरन्तरता दिनेछन्,' रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले भने। प्रजिअ ढकालले भारत, महाराजगन्ज जिल्लाका डिएम एसके श्रीवास्तवसमक्ष आन्दोलनकारीलाई भारतीय प्रहरीको सहयोग रहेको र भारतीय भूमिमा नेपाली नागरिक कुटिँदासमेत भारतीय प्रहरी रमिते भएको भन्दै कडा आपत्ति जनाएका थिए। ढकालको कडा आपत्तिपछि डिएम श्रीवास्तवले अब सीमापारिबाट ढुंगा हान्न नदिने प्रतिबद्धता जनाएका थिए। 'हामीले प्रदर्शन नियन्त्रण गर्न हुलदंगा नियन्त्रणसम्बन्धी धारा १४४ लगाइसकेका छौं, अब ढुक्क हुनुहोस्,' डिएम श्रीवास्तवको भनाइ उद्धृत गर्दै प्रजिअ ढकालले भने।

बिहीबार सीमा शान्त भए पनि भारतीय पक्षले लाम लागेका गाडी भने पठाएन। उनीहरूले प्रक्रियामा रहेको भन्दै गाडी पठाउन आलटाल गर्दै आएको नेपाली अधिकारीले बताएका छन्।

तीन ट्यांकर तेल भित्रियो

धनगढी संवाददाता दिलबहादुर छत्यालका अनुसार बिहीबार गौरीफन्टा नाकाबाट तेलका तीन ट्यांकर भित्रिएका छन्। दुई डिजेल र एक पेट्रोलको ट्याङ्कर भित्रिएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय प्रमुख शरद पौडेलले बताए। यसै गरी एक ट्यांकर हवाई इन्धन पनि भित्रिएको छ।

सुदूरपश्चिममा औसत दिनमा ४० हजार पेट्रोल र तीन लाख लिटर डिजेल खपत हुने गरेको आयल निगमका क्षेत्रीय प्रमुख पौडेल बताउँछन्। बिदाको दिनबाहेक १२ हजार लिटर पेट्रोल र ४० हजार लिटर डिजेल धनगढी भित्रिरहेको थियो।

अहिले भारतले विगतको तुलनामा १० प्रतिशत मात्रै तेल पठाएकाले पुनः कोटा प्रणाली सुरु गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईंले बताए। 'बीचमा तेल आउने भनेपछि खुकुलो भएको थियो, पहिलेको कोटा प्रणालीलाई कडाइ गरेर लागू गर्न भनिएको छ,' उनले भने। एक मोटरसाइकललाई २ लिटर, कारलाई १० लिटर, टाढा जाने गाडीलाई दूरी अनुसारको तेल कोटा निर्धारण गरिएको छ। सुदूरपश्चिमका अन्य जिल्लामा पनि सीमित तेल दिन भनिएको आयल निगमका क्षेत्रीय प्रमुख पौडेलले बताए।
अर्को समाचार
अवैध आयातमा कडाइ स्वदेशी उद्योगको हितमा:उद्योग संगठन
२९ असार २०८०
•
२ मिनेट पाठ
अवैध आयातमा कडाइ स्वदेशी उद्योगको हितमा:उद्योग संगठन
विराटनगर स्थित जोगवनी नाका। फाइल तस्बिर/नागरिक
विराटनगर महानगरपालिको अगुवाइमा साउन १ गते देखि  विराटनगर नाकामा दैनिक उपभोग्य बस्तु आयातमा गरिने कडाइले स्वदेशी उद्योग प्रबद्र्धनमा सहयोग पुग्ने उद्योग संगठन मोरङले जनाएको छ।उद्योग संगठन मोरङले आज विज्ञप्ति  जारी गरी विराटनगर नाकामा गर्न लागिएको कडाइ स्वदेशी उद्योग र व्यवसायको हितमा रहेको जनाएको छ।




सीमावर्ती भारतीय बजार जोगवनीमा नेपाली उपभोक्ताले दैनिक करौडौंका उपभोग्य सामाग्री, लत्ताकपडा लगायतका बस्तुहरू खरिद गर्दै आएका छन्। हाल निश्चित मूल्यका  उपभोग्य बस्तु तथा लत्ताकपडा आयात गर्दा भन्सार छुटको व्यवस्था गरिएको छ। त्यहि व्यवस्थाको फाइदा उठाउँदै क्यारिङ गर्नेहरूले एकै दिनमा धेरै पटक सीमापारिबाट मालसामान ओसार पसार गर्दै आएका छन्।

भन्सार नतिरी  दैनिक उपभोग्य बस्तु तथा लत्ताकपडा आयात गर्न पाइने भएकाले नेपाली उपभोक्ता सीमापारिको जोगवनी बजारमा किनमेलका लागि जाने गरेको भन्दै विराटनगरका उद्योगी व्यवसायीले भन्सारमा अवैध आयातलाई कडाइ गर्न आग्रह गर्दै आएका थिए। विराटनगर महानगरपालिकाको अगुवाइमा भन्सार नतिरी कुनै पनि माल, बस्तु आयात गर्न नदिने भएपछि विराटनगरको बजार गुल्जार हुने उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले बताए। ‘भन्सार तिरेर ल्याएको बस्तु  भन्दा अवैध तरिकाले भन्सारै नतिरी ल्याएको बस्तुको मूल्य कम पर्ने भएकाले किनमेलका लागि नेपाली ग्राहकको भीड जोगवनी बजारमा हुने गरेको थियो’ उनले भने‘ भन्सारमा कडाइ गरेर अवैध आयातलाई निरुत्साहित गरिए नेपाली उद्योग व्यवसायलाई लाभ हुन्छ।’

अवैध आयातलाई निरुत्साहित गरे चाडवाडमासमेत विराटनगर बजार सुनसान हुने र जोगवनीमा नेपाली उपभोक्ताको भीड लाग्ने अवस्था अन्त्य हुने सुरानाले बताए।  अवैध तवरबाट राजस्व नतिरी गरिंने आयातले सरकारको राजश्व र स्वदेशी बजारमा नकारात्मक प्रभाव परिरहेको अवस्थामा महानगरपालिकाको सकारात्मक पहललाई स्थानीय प्रशासन,ं सुरक्षा निकाय, उद्योगी व्यवसायी एवं सबै सरोकारवालाहरूको सहयोग र समर्थनका लागि उद्योग संगठन मोरङले आग्रहसमेत गरेको छ। साउन १ गतेदेखि विराटनगर नाकामा नेपाली उपभोक्ताले सीमावर्ती भारतीय बजार जोगवनीबाट खरिद गरेर ल्याउने दैनिक उपभोग्य बस्तुमा समेत अनिवार्य राजस्व तिर्नुपर्ने व्यवस्था लागू गर्ने तयारी गरिएको छ। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस