काठमाडौं-दसैं सुरु हुन एक दिन मात्र बाँकी छ । भारतको अघोषित नाकाबन्दीले पेट्रोलियम पदार्थको हाहाकार छ । सार्वजनिक सवारी लगभग ठप्प जस्तै छन् । यस्तो अवस्थामा दसैं मनाउन कसरी घर फर्कने ? उपत्यकाबाहिरका सबै चिन्तित छन् ।
दसैं मनाउन घर जाने यात्रुलाई ध्यान दिएर सरकार र यातायात व्यवसायीले सोमबारदेखि विशेष सतर्कता र सुरक्षासहित दसैंं लक्षित सवारीसाधन सञ्चालन गर्ने भएका छन् ।
सरकारले लामो दूरीमा चल्ने यस्ता सवारीका लागि आवश्यक इन्धन भर्न मिल्ने छुट्टै व्यवस्था गरेपछि सोमबारदेखि उपत्यका बाहिर जाने सवारी केही सहज हुने देखिएको हो । तर, दुई सातादेखिको नाकाबन्दी र तराईमा दुई महिनायता जारी बन्द, हड्तालका कारण उपत्यकामा नै अड्केका यात्रुको संख्याका आधारमा भने सहज रुपमा सवारी पाउन थप केही दिन लाग्ने देखिन्छ ।
व्यवसायीको माग अनुसार सरकारले सवारी स्कर्टिङ सुदृढ बनाउने निर्णय गरेको छ । सरकारी तथ्यांक अनुसार दसैंका बेला २०–२५ लाख यात्रु उपत्यकाबाट बाहिरिन्छन् । विगत वर्षमा दसैं सुरु हुनुभन्दा तीन साताअघि नै टिकटको अग्रीम बुकिङ खुल्थ्यो । तर, सोमबार बढ्ने लामो दूरीका सवारीको संख्याले धेरै यात्रुलाई राहत हुने छ ।
दसैंमा निर्बाध रूपमा लामो दूरीमा सवारीसाधन सञ्चालन गर्न महासंघले सरकारसँग आठ दिनका लागि ७४ लाख ९६ हजार लिटर डिजेल र पेट्रोल माग गरेको थियो । लामो दूरीमा दैनिक ६ हजार भन्दा बढी बस सञ्चालनमा ल्याइनेछ । यस्ता बसका लागि दैनिक ९ लाख ३७ हजार लिटर इन्धन उपलब्ध गराइदिन महासंघले नेपाल आयल निगमलाई पत्राचार गरेको थियो । सोही आधारमा सरकारले लामो दूरीका सवारीलाई इन्धन दिने निर्णय गरेको हो ।
यो व्यवस्थापछि व्यवसायीले सवारीसाधन चलाउने निर्णय गरे पनि विगत वर्षमा जस्तो अग्रीम टिकट बुकिङ गर्ने व्यवस्था भने नखुलाउने नै निर्णय गरेका छन् । व्यवसायीले यात्रुको सहजताका लागि पायक पर्ने स्थानबाट एक दिन अगाडि टिकट काटेर लैजाने व्यवस्था भने खुला गरेका छन् ।
'अग्रिम बुकिङ भने खुला गर्दैनौं,' नेपाल यातायात राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने, 'तर दैनिक आउने सवारी र यात्रुको व्यवस्थापनमा भने हामी लागिरहेका छौँ ।' उनले लामो दुरीमा चल्ने सवारीले अझै पनि सहज रुपमा इन्धन पाउन नसकेका कारण सहज रुपमा सवारी साधन पाउने अवस्था आउन थप केही दिन लाग्ने बताए ।
यातायात व्यवस्था विभागका निर्देशक बसन्त अधिकारी पनि आफ्नो अनुकुलता हेरेर छिटो भन्दा छिटो घर जानु राम्रो हुने सुझाव दिइरहेका थिए । सिटौलाका अनुसार घटस्थापनाको दिनदेखि उपत्यका छाड्ने यात्रुको संख्या ह्वात्तै बढ्ने हुँदा टिकाको दिनसम्म सवारीको उचित व्यवस्थापनमा महासंघ लागिरहने छ । उनका अनुसार उपत्यकाबाट बाहिरीने यात्रुले कोटेश्वर, तिलगंगा, नयाँ बसपार्क, सुन्धारा, गौशाला, चाबहिल, बल्खु, कलंकीलगायत ठाउँबाट सवारीसाधन पाउने छन् ।