काठमाडौं- सरकारले शिक्षामन्त्रीको अध्यक्षतामा अधिकारसम्पन्न चिकित्सा शिक्षा आयोग गठन गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले डा. भगवान कोइरालालाई आयोगको कार्यकारी उपाध्यक्ष नियुक्त गरेको छ।
चिकित्सा शिक्षा सुधारका लागि पटकपटक अनशन बस्दै आएका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले अल्टिमेटम दिएको दुई सातापछि सरकारले आयोग गठन गरेको हो।
सूचना तथा सञ्चारमन्त्री शेरधन राईले मन्त्रिपरिषद् बैठकले आयोगलाई पूर्णता दिएको बताए। उनका अनुसार आयोगमा शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिव वा सहसचिव, नेपाल मेडिकल काउन्सिल अध्यक्ष, नर्सिङ काउन्सिल अध्यक्षलाई पदेन सदस्य तोकिएको छ। त्यसै गरी आयोग विज्ञ सदस्यहरूमा डा. जगदीशकुमार अग्रवाल, डा. अर्जुन कार्की, डा. श्रीकृष्ण गिरी, डा. सुरेशकुमार कनौडियालाई नियुक्त गरिएको छ। कनौडिया निजी मेडिकल एसोसिएसनका अध्यक्ष हुन्। 'माथेमा कार्यदलको सुझाव र डा. केसीसँग सरकारले गरेको सम्झौताअनुसार आयोग गठन गरिएको हो,' सञ्चारमन्त्री राईले नागरिकसँग भने, 'अधिकारसम्पन्न उच्चस्तरीय आयोगले चिकित्साशिक्षा सुधारका लागि नीतिगत सुझाव दिनेछ।'
केदारभक्त माथेमा संयोजकत्वको कार्यदलले असार १४ मै सरकारलाई चिकित्सा शिक्षा अध्ययन गराउने सबै विश्वविद्यालय तथा कलेजको अनुगमन, सम्बन्धन, परीक्षा र गुणस्तरलगायत विषय हेर्ने गरी उच्चस्तरीय चिकित्सा शिक्षा आयोग गठनको सिफारिस गरेको थियो। सुझाव कार्यान्वयनमा आलटाल भएपछि डा. केसी छैटौंपटक अनशन बसेका थिए।
आयोगले माथेमा प्रतिवेदनको सिफारिसअनुसार चिकित्सा शिक्षा आयोगसम्बन्धी ऐन मस्यौदा गर्नेछ। आयोगलाई चिकित्सा शिक्षामा सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयन, आयोग सञ्चालनका लागि राष्ट्रिय–अन्तर्राष्ट्रिय सहयोगका लागि पहल, आवश्यक पूर्वाधार तयार गर्नेलगायत जिम्मेवारी तोकिएको छ।
यसअघि सुशील कोइराला नेतृत्वको सरकारले माथेमा प्रतिवेदनको भावनाविपरीत डा. अग्रवाललाई नै उपाध्यक्ष बनाएर आयोग गठन गरेको थियो। लगत्तै डा. केसी सातौं अनशन बसेका थिए। उनले ११ दिनपछि देशको प्रतिकूल परिस्थिति भन्दै अनशन स्थगित गरेका थिए। तर, सरकारले पुराना सम्झौताविपरीत मनमोहन मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने गरी विधेयक लगेपछि डा. केसीले आठौं अनशनको चेतावनी दिएका थिए।
सातौं अनशनकै बीच कात्तिक ७ डा. अग्रवालले समेत कार्यादेश फरक पारेको र चिकित्साशिक्षा नबुझेको मान्छेलाई सदस्यमा राखेको भन्दै पदमा बस्न अस्वीकार गरेपछि आयोग निष्त्रि्कय भएको थियो।
सचिव बढुवा र पदस्थापन
मन्त्रिपरिषद् बैठकले लोकसेवा आयोगको बढुवा सिफारिस समितिको सिफारिसमा चार सहसचिवको सचिवमा बढुवा र पदस्थापन गरेको छ। बढुवा हुनेमा चन्द्र घिमिरे, शशिशेखर श्रेष्ठ, शंकर कोइराला र लक्ष्मीप्रसाद ढकाल छन्। घिमिरे वरिष्ठताका आधारमा बढुवा भएका हुन् भने अन्य तीन जना सिफारिस गरिएका नौ जनामध्ये छानिएका हुन्। घिमिरेलाई बढुवासँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापन गरिएको छ। श्रेष्ठलाई मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालय, कोइरालालाई पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय र ढकाललाई मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा पदस्थापन गरिएको सञ्चारमन्त्री शेरधन राईले बताए। बैठकले सहसचिव मुकुन्द घिमिरेलाई कायममुकायम क्षेत्रीय प्रशासकको जिम्मेवारी दिएर सुदूरपश्चिम क्षेत्रीय प्रशासन कार्यालय, डोटी खटाएको छ। बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव श्रीधर सापकोटालाई लोकसेवा आयोगमा सरुवा गरेको छ।
दोहोरो सुविधा लिन नपाउने
मन्त्रिपरिषद बैठकले एकपटक सार्वजनिक पद धारण गरेको व्यक्ति अवकाशपछि पुनः सरकारी पदमा नियुक्त भए दोहोरो सुविधा नदिने निर्णय गरेको छ। निजामती कर्मचारीले अवकाशपछि पनि संवैधानिक निकाय वा राजनीतिक नियुक्तिमा दोहोरो सुविधा लिने गरेको पाइएपछि सरकारले कडाइ गरेको हो। त्यस्तो नियुक्ति पाउने व्यक्तिले एक महिनाअघि नै लिइरहेको पेन्सन वा नयाँ नियुक्तिबापतकोे तलबभत्तामध्ये एक छान्नुपर्ने गरी निर्णय गरिएको सञ्चारमन्त्री राईले जानकारी दिए।