सुरुङ्गा (झापा)-पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको मेचीनगरपालिका– १२ इँटाभट्टा चोकमा भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ ।मृत्यु हुनेमा मेचीनगर– १० निवासी ३७ वर्षीय यम खवास छन् । गएराति विर्तामोडबाट काँकरभिट्टा तर्फ जाँदै गरेको को ५.प ३३६६ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए। रासस
दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए। रासस