बैतडी- श्रीकोट–६ सिल्लेगाडाकी २३बर्षीया पशुपति भुलको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ। घर पोत्न माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर उनको मृत्यु भएको जिल्लाप्रहरी कार्यालयले जनाएको छ।
उनी शुक्रबार बिहान ९ बजे तिर घर लिपपोतको लागि रातो माटो लिन गएकी थिइन्। उनीहरुले हारगुहार गरेपछि स्थानीयले उद्धार गरे पनि भुलको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्य भएको जिल्ला प्रहरी प्रमुख मोहन प्रसाद पोखरेलले बताए। घटनाको थप अनुसन्धानका लागी ईन्सपेक्टर लक्ष्मण शाहको नेतृत्वको प्रहरी टोली घटनास्थल गएको छ।