लमजुङमा सवारी साधनका लागि नयाँ भाडादर निर्धारण
०१ असोज २०७९
•
२ मिनेट पाठ
लमजुङमा सवारी साधनका लागि नयाँ भाडादर निर्धारण
लमजुङमा झन्डै दुई वर्षपछि यात्रुवाहक सवारी साधनहरुको नयाँ भाडा दर लागु भएको छ। जिल्ला भित्रका अस्थायी मार्ग तथा भाडादर निर्धारण समितिको निर्णयानुसार जिल्ला भित्रका सवै सडकहरुमा नयाँ भाडा दर कायम कायम गरेको हो।




जिल्लामा पछिल्लो समय पेट्रोलियम पदार्थको मुल्यबृद्धि भएसँगै नयाँ भाडादर कायम गरिएको प्रजिअ सुशील बैद्यको भनाइ छ। यातायात संचालन भइरहेका कतिपय सडकहरूमा भाडा दर निर्धारण हुन नसकेपछि बढी भाडा लिइरहेको गुनासो बढेको थियो। गुनासो आएपछि स्थानिय प्रशासनले सरोकारवालाहरुसँग समन्वय गरि भाडा दर कायम गरेको हो। नयाँ भाडा दर असोज १ अर्थात शनिबार देखि कार्यन्वन गर्न समितिको बैठकले सम्वन्धीत सरोकारवालाहरुलाई निर्देशन दिएको छ।

बैठकले सदरमुकाम बेसीशहर देखि राजधानी काठमाण्डौ लगायत पोखरा, चितवन, विरगन्ज, सुनौली लगायत अन्य जिल्लाका लामो दुरीका सार्वजनिक यातायात र जिल्ला भित्रका ग्रामिण सडकहरुमा समेत नयाँ भाडा दर निर्धारण गरेको हो।  

सदरमुकाम बेसीशहर देखि लामो तथा छोटो दुरीका गरी एकसय ३३ गन्तव्यहरुमा नयाँ भाडा दर निर्धारण गरेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ। नयाँ भाडा दर अनुसार न्युनतम २५ रुपैया देखि जिल्ला भित्रका लागी सातसय ६० रुपैया सम्म कायम भएको छ।

जिल्ला भित्र सवैभन्दा बढी भाडा पाउदी देखि दुधपोखरीको भुम्लीचोक सम्म सातसय ६० रुपैया कायम भएको छ। जिल्ला बाहिर मनाङ सदरमुकाम चामे सम्म एकहजार पाँचसय र सुनौली सम्मका लागि नौसय, विरगंजका लागि आठसय ५० कायम भएको छ।  

त्यसैगरी काठमाण्डौका लागि माईक्रोमा सातसय १०, ठूलो बसमा ६ सय ५० नयाँ भाडादर कायम भएको छ। पोखराको लागि पाँचसय रुपैया, नारायणगढका लागि माईक्रोमा चारसय ७५, ठूलो बसमा चारसय रुपैया कायम भएको छ। जिल्लाकै पुरानो सदरमुकाम कुन्छा देखि काठमाण्डौ सम्मको माईक्रो भाडा भने आठसय रुपैया कायम भएको छ।

अर्को समाचार
चन्दा र श्रमदानबाटै लमजुङमा अस्थायी मोटरेबल पुल
१४ मंसिर २०८०
•
२ मिनेट पाठ
चन्दा र श्रमदानबाटै लमजुङमा अस्थायी मोटरेबल पुल
तस्बिर सैजन्य: घनश्याम घले।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–५ घेर्मुमा स्थानीयले श्रमदानबाटै अस्थायी मोटरेबल पुलको निर्माण सुरु गरेका छन्।




विगत चार वर्षदेखि स्थानीय आफैंले चन्दा संकलन गरी काठको अस्थायी मोटरेबल पुल निर्माण गर्दै आइरहेका हुन्।

यसरी बनाइएको पुल मर्स्याङ्दी नदीको बहाव अनुसार राख्ने र निकाल्ने गरिन्छ। स्थानीयका अनुसार नदीको बहाव बढेको समयमा निकालिन्छ र बहाव घटेसँगै हरेका वर्ष पुनः जडान गरिन्छ।

यसरी हरेक वर्ष बनाइने यो पुलले कम्तीमा छ महिनासम्म प्रयोगमा ल्याइन्छ। सरकारले पक्की मोटरेबल पुल निर्माण गर्न चासो नदेखाए पछि यहाँका स्थानीय आफैं पुल बनाउन सक्रिय भएका हुन्।

अस्थायी मोटरेबल पुल निर्माणले आवतजावत गर्न सहज हुनैका साथै यातायात तथा ढुवानी गाउँसम्म पुर्‍याउन सहज हुने स्थानीय बताउँछन्।

पुल निर्माणका लागि यो वर्ष स्थानीको चन्दासँगै वडाबाट २ लाख र पालिकाबाट ३ गरी ५ लाख विनियोजन भएको मर्स्याङ्दी–५, घेर्मुका वडाध्यक्ष घनश्याम घलेले जानकारी दिए।

उनका अनुसार पहिलो दुई वर्ष स्थानीयकै चन्दा संकलनबाट अस्थायी पुल निर्माण गरिएको थियो। सो बेला करिब साढे तीन लाख हाराहारीमा उक्त पुल निर्माण भएको उनले बताए। 

गत वर्ष भने १ लाख वडाबाट र बाँकी चन्दाबाट उक्त पुल बनाइएको थियो। पुल निर्माणका लागि गत वर्ष भने ५ लाख हाराहारी बजेट लागेको उनले सुनाए।

यस वर्ष भने ५ लाख भन्दा बढी नै खर्च हुने उनको अनुमान छ। यस वर्ष वडाबाट २ लाख र पालिकाबाट ३ लाख गरी ५ लाख छुट्टाइएको उनले जनाए। निर्माणका लागि रकम पर्याप्त नभए देश विदेशबाट पनि चन्दा संकलन हुने उनको भनाइ छ।

‘पुल अस्थायी भएपनि धेरै टिकाउ हुन्छ। ट्र्याकटरहरु सहज लोड लिएर खोला पार गर्न सक्छन्। जिप लगायत अन्य सवारीहरु पनि सहज चल्छ।’  वडाध्यक्ष घलेले भने।
पक्की मोटरेबल पुल नहुँदा यहाँका स्थानीयले हरेक वर्ष सस्ती खेप्नुपरेको छ। मर्स्याङ्दी गाउँपालिका–४ ताघ्रिङ र वडा नं. ५ घेर्मु जोड्ने मर्स्याङ्दी नदीमा विगतका वर्षदेखि नै पक्की पुल बन्ने आश्वासन पाए पनि नदीमा मोटरेबल पुल नहुँदा सास्ती खेप्नुपर्न बाध्यात्मक अवस्था छ।

मर्स्याङ्दी गाउँपालिका–५ घेर्मु वडाध्यक्ष घलेले पक्की पुल निर्माणका लागि पहल गरिरहेको भएता पनि सुनवाइ नभएको बताए। अघिल्लो वर्ष डिपिआर पनि भइसकेको तर बजेट नआएको प्रति उनको गुनासो थियो।
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस