काठमाडौं, माघ २२(नागरिक)- प्रहरी प्रधान कार्यालयले पांच सय ३१ प्रहरी निरिक्षकको सरुवा गरेको छ। माघ २० गतेको मितिमा माघ महिनाको तलवभक्ता सरुवा भएको स्थानवाट पाउनेगरी प्रहरी महानिरिक्षक रमेशचन्द ठकुरीले सरुवाको निर्णय गरेका हुन।
को-को कता सरुवा भए? पूर्ण विवरण हेर्नुस्
एक महिना अगाडिनै सरुवाको तयारी गरिएपनि गृहमन्त्री र प्रहरी महानिरिक्षकविच सरुवाको विषयमा सहमती हुननसक्दा सरुवाको निर्णय अड्किएको थियो। सरुवामा गृहमन्त्रीले अनावश्यक हस्तक्षेप गरेको भन्दै गृहराज्यमन्त्री रिजवन अन्सारी र गृह सचिव गोविन्द कुसुम समेत गृहमन्त्री रावलसंग रिसाएका थिए।
प्रहरी नियमावलीमा प्रहरी उपरिक्षकसम्मको सरुवाको निर्णयको अधिकार प्रहरी महानिरिक्षकमा भएपनिे अ्िधकारको उपयोग गर्न नपाएको भन्दै महानिरिक्षक चन्द अशन्तुष्टी जनाएका थिए। प्रहरी महानिरिक्षक चन्दले एक महिना अगाडि प्रहरी निरिक्षकहरुको नामावली सहित सरुवाको सूची गृहमा पठाएका थिए। स्रोतका अनुसार गृहमन्त्री रावलले आफ्नै निवासमा सरुवाको सूची बनाउन लगाएर निर्णय गराएका हुन।
स्रोतका अनुसार चन्दले महानगरिय प्रहरी प्रभाग दरवारमार्गमा आफ्नो सिफारिसको मान्छेको सरुवा गर्न सिफारिस गरेका थिए। तर गृहमन्त्री रावलले नमानेपछि चन्दले थानकोट प्रभाग मागेका थिए। दुबैविच सहमती भएपछि दरवारमार्ग प्रभागमा गृहमन्त्रीको सुचिका सुदिपराज पाठकको सरुवा भयो। पाठक सांखु प्रभागका कार्यरत थिए। आर्थिक अनियमितता गरेको अभियोगमा बामदेव गौतम निलम्बनमा परेपछि महानिरिक्षक चन्दले इप्रका हुवासको लेखाफांटमा कार्यरत कुवेर चन्दलाई काजमा ल्याएका थिए। चन्दको स्वयम्भु प्रभागमा सरुवा भएको छ।
सरुवाको सूची सार्वजनिक भए लगत्तै केही प्रहरी निरिक्षकहरुले महानिरिक्षकको सचिवालय पुगेर अशन्तुष्टी जनाएका थिए। उनीहरुले कामको आधारमा भन्दापनि को कसको निकट छन भन्ने आधारमा सरुवा पाएको गुनासो गरेका थिए। स्रोतका अनुसार प्रहरी निरिक्षकको सरुवामा पनि प्रहरी प्रधान कार्यालय भन्दा गृहमन्त्रीको सचिवालय हावी भएको भन्दै उच्च प्रहरी अधिकारीहरुले अशन्तुष्टी जनाएका छन।
एक उच्च प्रहरी अधिकारीले सरुवासूचीप्रति अशन्तुष्टी जनाउंदै नागरिकसंग भने...अपराधको बढ्दोक्रमसंगै अपराध नियन्त्रणमा दक्ष प्रहरी अधिकृतको साटो आफु निकट ब्यक्तिलाई सरुवा गर्ने गलत संस्कार देखियो। अनी प्रहरी अधिकृतहरुले कसरी संगठनप्रति प्रतिबद्ध भएर काम गर्छन?'
उनले विहिवार सार्वजनिक सूचीवाट सरुवाका लागि प्रतिबद्ध भएर काम गर्नुपर्छ भन्नेभन्दा विपरित...सरुवाका लागि राजनीतिक दलका नेताहरुको घरमा धाउनुपर्ने' गलत शन्देस दिएको टिप्पणि गरे।
आकर्षक स्थानका को को परे?
काठमाडौंको २१ प्रभागमध्ये सबैभन्दा बढि प्रतिष्पर्धा हुने सोह्खुट्टे प्रभागमा काजमा आएका रुगमबहादुर कुंवरलाई नै राखिएको छ। दरवारमार्ग प्रभागमा गृहमन्त्री निकट सुपिराज पाठक आएका छन। उनी शांखु प्रभागवाट दरवारमार्गमा सरुवा भएका हुन।
महानिरिक्षकको सुचीमा रहेका अपराध अनुशन्धान विद्यालय महाराजगञ्जमा कार्यरत रामजी कटुवाल थानकोट प्रभागमा आएका छन। युएन जगेडामा रहेका अवदेश विष्ट जनसेवा प्रभागमा सरुवा भएका छन।
गौशाला प्रभागमा काजमा सरुवा भएका सुमित खड्कानै कायम भएका छन। आर्थिक अनियमितता गरेको अभियोगमा बामदेव गौतम निलम्बनमा परेपछि महानिरिक्षक चन्दले इप्रका हुवासको लेखाफांटमा कार्यरत कुवेर चन्दलाई काजमा ल्याएका थिए। चन्दको स्वयम्भु प्रभागमा सरुवा भएको छ।
ललितपुरको चापागाउं प्रभागमा नरेन्द्र कुंवर आएका छन। काकडभिट्टाको दमकमा नविन कार्की पुगेका छन। विराटनगरको महोत्तरीको गौशालामा दुर्गाबहादुर थापा, रौतहटको चन्द्रनिगाहापुरमा श्यामकुमार महतो, बाराको निजगढमा भेषराज रिजाल, पर्साको पोखरीयामा गुरुविष्णु काफ्ले ,विर्तामा दानबहादुर मल्लको सरुवा भएको छ।
यसैगरी श्रीपुरमा प्रकाश विष्ट पुगेका छन भने वडाप्रहरी कार्यालय नारायणगढमा ढुन्डीराज न्यौपाने,इलाका प्रहरी गैडाकोटमा राजकुमार कार्की, धादिगंको गजुरीमा दलबहादुर बोगटी, कास्कीको बैदाममा बेलबहादुर पान्डे, सिन्धुपाल्चोकको बाह्विसेमा हेरम्ब शर्मा, बनेपामा ्रपेश खड्का, इप्रका कृष्णनगर योगेन्द्रबहादुर थापा, धनुषाको युदुकुवामा विजयकुमार यादव र धनुषाको खजुरीमा लक्ष्मणसिंह ठकुरीको सरुवा भएको छ।
पुन: नियम मिचियो
संयुक्त राष्ट्रसंघिय मिसनमा काम गरेर फर्केका प्रहरी अधिकारीहरुले ६ महिनासम्म र्दुगममा गएर काम गर्नुपर्ने नियम प्रहरी निरिक्षकको सरुवामा पनि मिचिएको छ। युएन जगेडामा रहेका अधिकांश प्रहरी निरिक्षकहरुले सुगमको आर्कश स्थामा सरुवा पाएका छन।
युनएन जगेडामा रहेका कुष्णप्रसाद पंगेनी काठमाडौ परिसरमा सरुवा भएका छन। विश्वविजय महत प्रधान कार्यालयको वजेट तर्जुमा उप शाखा, दानबहादुर थापा प्रधान कार्यालयको प्रहरी अधिकार दुरुपयोग अनुगमन इकाई, माधव खत्रि शुरक्षा महाशाखा, विश्व अधिकारी मानवअधिकार उलंघन अनुगमन ईकाई, गणेशबहादुर चन्द महानगरिय प्रहरी अपराध महाशाखा, लक्ष्मीराज अधिकारी केीनद्रय प्रहरी विशेष कार्यादलमा सरुवा भएका छन।
अवदेश विष्ट जनसेवा प्रभाग,विनोद घिमिरे महानगरिय दंगा नियन्त्रण प्रहरी गण,रामकाजी धामी प्रधान कार्यालय गोविन्दकुमार मास्के क्षेत्रिय प्रहरी कार्यालय पोखरा, फिरोज वस्नेत महानगरिय ट्रफिक प्रहरी महाशाखाान सरुवा भएका छन ।
यसैगरी सरुवा गर्दा सुगमको र्दुगम र र्दुगमको सुगममा गर्ने परम्परा समेत मिचिएको छ। विहिवार सार्वजनिक सरुवाको सुचिमा सुगमवाट सुगममा सरुवा पाउने प्रहरी अधिकारीको संख्या उल्लेख्य छ।