धुलो र धुँवाले बिथोल्छ दैनिकी
२७ वैशाख २०७३
•
१० मिनेट पाठ
धुलो र धुँवाले बिथोल्छ दैनिकी
काठमाडौं- सरकारी बेबास्ताकै कारण काठमाडौं उपत्यकाको वायु अत्यधिक प्रदूषित बनेको छ। सवारीसाधनको अत्यधिक धुवाँ र धुलोले राजधानीवासीको दैनिकी निकै कष्टकर भएको विज्ञहरूले आरोप लगाएका छन्।सडकमा अनियन्त्रित सवारी, अव्यवस्थित सडक विस्तार, जनतामैत्री विकास हुन नसक्नुलगायत कारण देखाउँदै 'उपत्यका धुले सहर'मा परिणत भएको उनीहरूले बताएका हुन्। 'सडक विस्तार र भूकम्पपछि काठमाडौं उपत्यकाको वायु अत्यन्त प्रदूषित भयो,' त्रिभुवन विश्वविद्यालय, वातावरण विज्ञानको केन्द्रीय विभाग प्रमुख प्राध्यापक डा. केदार रिजालले भने, 'सरकारले विकासका नाममा काठमाडौंमा अलिअलि बाँकी हरियाली पनि नष्ट गर्योर, तर रुखबिरुवा रोप्नेतिर कहिल्यै ध्यान दिएन।'

काठमाडौंको भौगोलिक अवस्था कचौराजस्तो भएकाले उपत्यकामा धुलो लामो समय जम्छ। सामान्यतया मनसुनी वर्षाले उपत्यकामा जमेको धुलो सफा गर्छ। अहिले सुख्खा लागेकाले उपत्यकाको वायुमा अत्यधिक मात्रामा धुलो छ। तर सरकारले वायु प्रदूषण समाधानको उपाय नखोजेको रिजालको आरोप छ। उनले भने, 'कमजोर ट्राफिक व्यवस्थापन र कम गुणस्तरको पेट्रोलियम पदार्थ उपभोग गर्दा पनि समस्या बढेको हो। जैविक इन्धनको साटो विद्युतीय प्रविधि भिœयाउन सरकारले कहिल्यै प्रोत्साहन गरेन।'

गत वर्षको भूकम्पले उपत्यकाको वातावरणीय प्रदूषण अझै बढाएको उनले बताए। 'सवारी, सडक विस्तार मात्र होइन भूकम्पमा भौतिक संरचनाको क्षतिले उपत्यका अत्यधिक असर पार्योउ,' उनले थपे। सरकारले उपत्यका भित्रका इँटा भट्टामात्र व्यवस्थित गरे पनि वायुमा धुवाँको मात्रा बिस्तारै घट्ने सुझाव उनको थियो।

वातावरणविद् भूषण तुलाधर पनि अहिलेको मुख्य समस्या नै सडकको धुलो रहेको भन्दै सरकारले जनतामैत्री विकास गर्न नसक्दा वायु प्रदूषण बढेको बताए। सरकारसमेत संलग्न एउटा अध्ययनले काठमाडौं उपत्यकामा ४० प्रतिशत सर्वसाधारण पैदल हिँड्ने देखाएको बताउँदै तुलाधरले औसतमा एक उपत्यकावासीको दैनिक हिँडाइ करिब ५ किलोमिटर मात्र रहेकाले पैदल हिँड्न सहज वातावरण बनाउनुपर्ने उनले बताए।

उपत्यकाको यातायात प्रणाली सवारीसाधनमैत्री मात्र भएको र फुटपाथ तथा साइकल लेन प्राथमिकतामा नपरेकोमा आक्रोशित छन् तुलाधर। 'यहाँका सडक सवारीसाधनमैत्री छन्,' उनले भने, 'यसो हुनु भनेको वायु प्रदूषण अझै बढ्नु हो। डिजेलको धुवाँ हानिकारक रसायनयुक्त हुने भएकाले डिजेलबाट चल्ने सवारीसाधन घटाउनु पर्छ,' उनले सुझाव दिए।'

त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक साधना प्रधानांगले पनि अव्यवस्थित सडक विस्तारले काठमाडौंमा वायु प्रदूषण चर्किएको आरोप लगाइन्। उनले भनिन्, 'सडक नबनुन्जेल काठमाडौंले ठूलै रोग पालेर बस्नुपर्ने अवस्था छ।' घरमा झ्याल ढोका बन्द गर्दा पनि धुलो धुवाँको समस्या कम नभएको उनले बताइन्। काठमाडौंमा इँटा कारखानाको धुलो र धुवाँ, सडकको धुलो र सवारीसाधनको धुवाँ नै वायु प्रदूषणका मुख्य कारक रहेको उनले बताइन्।

सवारीसाधनबाट हुने वायु प्रदूषण न्यून पार्न सरकार अक्षम भएको उनको आरोप छ। 'ग्रिन स्टिकर'को प्रभावकारी कार्यान्वयन नहुनुमा सरकार नै मुख्य दोषी उनले देखाइन्।

सहर र सडक व्यवस्थापनमा सरकारले आँखा चिम्लनु नै वायु प्रदूषण बढेको उनको आरोप छ। 'सडक विस्तारबाहेक सरकारले केही गरेन। सडकको धुलोले नै काठमाडौंवासी बिरामी बनाएको छ,' उनले दोष लगाइन्, 'सहर व्यवस्थित गर्न सरकार अग्रसर नहुन्जेल केही हुँदैन।'

पुतलीसडक, सोह्रखुट्टे र महाराजगन्जचोकमा सडक विस्तारले अत्यधिक वायु प्रदूषण भएको क्लिन इनर्जी नेपाल र क्लिन एयर नेटवर्क नेपालको दुई वर्षअघिको अध्ययनले देखाएको थियो। राजधानीका मुख्य तीन चोकमा गरिएको अध्ययनकै बेला सरकारले विस्तारका लागि सडक भत्काएको थियो।

तीनमध्ये पुतलीसडक सबैभन्दा बढी प्रदूषित भएको अध्ययनले देखाएको थियो। त्यहाँको वायु प्रदूषण माप गर्दा मापदण्डभन्दा ७ गुणा र विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ६ गुणा बढी प्रदूषित भएको पाइएको थियो। काठमाडौंमा अहिलेसम्म २ सय ४० किलोमिटर सडक विस्तार भइसके पनि सबैतिर कालोपत्रे छैन।

काठमाडौंमा अहिले अत्यन्त साना अर्थात् २.५ माइक्रोमिटर (पिएम २.५) भन्दा सानो आकारका धुलोकण रहेको अध्ययनहरूले देखाएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यस्ता कणले जाडो मौसममा बढी प्रभावित पार्ने सार्वजनिक गरेको थियो।

अमेरिकास्थित येल विश्वविद्यालयको वातावरणीय अवस्था सूचकांक २०१४ ले काठमाडौंको वायु बंगलादेशपछि सबैभन्दा प्रदूषित औंल्याएको थियो। आन्तरिक सवारीसाधन वृद्धिलाई पनि धुलो बढ्नुको एउटा कारण देखाइएको छ। पछिल्लो एक दशकमा राजधानीमा मोटरसाइकल, बस, ट्रक, जिप, कारलगायत सवारीको संख्या तेब्बर वृद्धि भएर करिब ७ लाख पुगेको छ।

नेपाली विद्यार्थी अनोभा गुरुङ र येल विश्वविद्यालयका प्राध्यापक मिचेल एल बेलले गरेको अध्ययनले तीव्र सहरीकरण र अत्यधिक सवारी चापले प्रदूषण बढेको निष्कर्ष निकालेको थियो। अध्ययनमा २.५ माइक्रोमिटरका कण धेरै पाइएको गुरुङले बेलायती अखबार गार्जियनसँग बताएकी थिइन्।
अर्को समाचार
टोलटोलमा नाचिने नाच मन्दिरमा खुम्चियो
३० साउन २०७७
•
३ मिनेट पाठ
टोलटोलमा नाचिने नाच मन्दिरमा खुम्चियो
भक्तपुरको बोडेमा नीलवाराही नाच। तस्बिर : उपेन्द्र लामिछाने।
महामारीबाट समाजलाई जोगाउन सदियौदेखि नाचिदै आएका परम्परागत नाच अहिले  आफैं महामारीकै चपेटामा परेका छन्। सर्वसाधरणको बाक्लो सहभागितामा मनाइँदै आएका तान्त्रीक विधिका नाचहरू कोरोनाका कारण औपचारिकतामा सिमित बनेका छन्।  

भक्तपुरका प्रसिद्ध नवदुर्गा, निलवाराही, भैरव, महाकाली लगायतका नृत्य  संकटमा परेको सस्कृतिविद् ओम धौभडेलले बताए। समाजका विभिन्न महामारी तथा दुर्भक्षको विनासका लागि  पुर्खाले नाच शुभारम्भ गरेका थिए।  

प्राचीनकालमा भूत, प्रेत, पिसाचलाई तह लगाउन नाच चलेको जनविश्वास छ।  ‘भूत,प्रेत, पिसाच भनेर त्यति बेलाको महामारीलाई बुझाउँछ,’ संस्कृतिविद् धौभडेल भन्छन्,‘अहिले  यिनै नाच कोरोनाको चपेटामा परेका छन्।’  
ओम धौभडेल, संस्कृतिविद्
विगतमा प्लेग, बिफरजस्ता महामारीबाट जोगिएको समाज यसपटक कोरोनाको चपेटामा परेको छ। प्राचीनकालमा भूत, प्रेत, पिसाचले दुःख दिन थालेकाले त्यसको निराकरण गर्न नाचको चलन चलेको हो। ‘भूत, प्रेत, पिचास भनेर त्यति बेलाको महामारीलाई बुझाउँछ,’ धौभडेले भन्छन्, ‘अहिले यिनै नाच कोरोनाको चपेटामा परे।’  

इतिहासविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार भक्तपुरका राजा भुवन मल्ल (सन् १५०५देखि १५१९सम्म)ले सञ्चालनमा ल्याएको नवदुर्गा नाच पनि संकटमा परेको छ। नेपाल संवत् ६३३ (ईस १५१३) मा भक्तपुर राज्यमा अनिकाल परेकाले सहकाल ल्याउन तत्कालीन राजाले नाच चलाएका उनको भनाई छ।  

‘नवदुर्गा नाचलाई महामारी र अनिकाल माथिको विजयका रुपमा समेत लिने गरिन्छ’, उनले भने, ‘आठ महिना लामो यो नाच कोरोनाका कारण प्रभावित छ।’ टोलटोलमा देखाइने नाच मन्दिरभित्र खुम्चिएको छ।  

‘अहिले नाच देखाएर भीड गर्ने भन्दा पनि संस्कृतीको रक्षा गर्ने तर्फमात्र सवै केन्द्रित छन्’, उनले भने, संस्कृतीलाई मर्न नदिएर समाज जोगाउने अभियान सकारात्मक छ।’  

भक्तपुरमा नवदुर्गा नाच।  
त्यस्तै सत्रौ सताब्दी देखि भक्तपुरकै बोडेमा शुरु भएको नीलवाराही नाचमा विगत ६२ वर्षदेखि नाच्दै आएका ६९ वर्षे प्रेमचन्द्र अदुवाले आफ्नो जीवनकालमा यस अघि यस्तो समस्या नआएको सुनाए।  

‘जात्रा नै संकटमा परेपछि यसका केही विधी र समय फेर्न बाध्य बन्यौ’, उनले भने,  ‘यस पटक जेनतेन जात्रा जोगाएका छौ।’  

कोरोनाको बढ्दो संक्रमणका कारण बोडेमा नाचिने नीलबाराही नाच  यस पटक रातिको समयमा मात्र नाचियो। गाइजात्राको भोलीपल्टबाट तान्त्रिक विधिमा आधारित नाच बेलुका १० बजेदेखि बिहान ५ बजेसम्म मात्र नाचियो ।  

‘विगतमा मध्यारातदेखि दिनभर नाचिन्थ्यो’, प्रेमचन्द्रले भने, ‘परपरबाट हेर्ने मानिसको घुइँचो लाग्थ्यो।’

सर्वसाधरणका लागि देखाउने नाच उनीहरू धेरै आउलान् भन्ने डरले खुम्चिनु पर्ने बाध्यता बनेको छ।  

‘जति हेर्ने मान्छे धेरै भयो नाच्नेलाई उति खुसी लाग्थ्यो,’ उनले थपे, ‘समाजको हितका लागि हामीले नाचलाई रातमा मात्र सिमित ग-यौं।’  

प्रेमचन्द्र अदुवा, संस्कृतिकर्मी  
यसैगरी भक्तपुरको नगदेशमा देखाइने महाकाली नाच र मध्यपुरथिमि नगरपालिकामा प्रदर्शन गरिदै आएको प्रसिद्ध एवम् ऐतिहासिक भैरव नाच पनि प्रभावित बन्यो। नाच प्रदर्शनका कारण यस क्षेत्रमा भूत, प्रेत, पिशाच, चोर, जल, अग्नि, वायु, भूकम्प र चट्याङको भय नहुने जनविश्वास छ।  

कोरोना भाइरस संक्रमणको डर भएकाले रातको समयमा मात्र नाच चलाउनु परेको बोडेका  हरिभक्त भिन्डवाले जानकारी दिए। ‘दिनको समयमा अन्यत्रबाट पनि नाच हेर्न आउनेको भिड लाग्ने भएकाले राती मात्र नाचिएको हो’, उनले भने, ‘समाज र संस्कृती दुवैलाई केही हदसम्म जोगाउन सफल भएका छौ ।’  

नीलवाराही नाच
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस