कोहलपुर-माछा मार्ने क्रममा नालामा डुबेर बाँकेको वनकटुवामा एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ।शनिबार दिउँसो स्थानीय कान्छीनालामा माछा मार्ने क्रममा डुबेर वनकटुवा–४ रामपुरका १२ वर्षीया कल्पना रोकाय र ८ वर्षीय गोपाल रोकायको मृत्यु भएको हो। कल्पना र गोपाल दिदीभाई रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। दिउसो साढे एक बजे माछा मार्ने क्रममा नालामा डुबेर बेहोस रहेका दुबैको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा बेलुका चार बजे मृत्यु भएको प्रहरीले जनायो। शनिबार विद्यालयको छुट्टीको दिनमा दिदीभाई नजिककै नालामा माछा मार्न गएका थिए।
अर्को समाचार
मदिराले मातिएका शर्माकाे नालामा डुबेर मृत्यु
पर्सा- तीन फिट गहिरो नालामा डुबेर गएराति वीरगन्जमा एक ३० वर्षीय युवकको मृत्यु भएको छ । अत्यधिक मदिरा सेवन गरेका वीरगन्ज उपमहानगरपालिका वडा नं ६ गणेशमान चोक निवासी ३० वर्षीय गोपाल शर्माको नालामा डुबेर मृत्यु भएको हो ।
वीरगन्जको महावीर मन्दिर नजिकैको तीन फिट गहिरो नालामा लडेका शर्मा अत्यधिक मदिरा सेवनका कारण बाहिर निस्किन नस्दा नालाको पानीमै डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय बिर्ताका इन्चार्ज प्रहरी निरीक्षक जीवलाल जुडालीले जानकारी दिए ।
नालामा डुबेरको शव बटुवाले देखेपछि आज बिहान प्रहरीलाई जानकारी भएको हो । मृतक शर्माको शव परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले बताएको छ । रासस