दूधको मूल्य नबढाए आन्दोलन गर्ने दुग्ध उत्पादक किसानको चेतावनी
१० मंसिर २०८३
•
३ मिनेट पाठ
दूधको मूल्य नबढाए आन्दोलन गर्ने दुग्ध उत्पादक किसानको चेतावनी
कास्कीका दुग्ध उत्पादक किसानहरूले दूधको मूल्य बढाउन माग गरेका छन्।




कास्कीका दुग्ध उत्पादक किसानहरूको संस्था सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी दूधको मूल्य ६५ रुपैयाँबाट बढाएर ८० रुपैयाँ कायम गर्न माग गरेका हुन्। साथै दुग्ध उत्पादक किसानले बिक्री गरेको दूधको रकम समयमै भुक्तानी हुने व्यवस्था गर्न, पशु स्वास्थ्य सेवा, नियमित खोप, आवश्यक औषधोपचार तथा पशु आहारमा सहुलियत उपलब्ध गराउन पनि सरकारसँग माग गरिएको छ।

पशुपालन व्यवसायलाई जोखिममुक्त र दिगो बनाउन पशु बिमा तथा रोग नियन्त्रण कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि उनीहरूको माग छ।

दुग्ध उत्पादनको लागत बढिरहे पनि दूधको मूल्य नबढ्दा किसान मारमा परेको भन्दै संस्थाले दूधको मूल्य नबढाए आगामी मंसिर १६ गतेबाट आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ।

भौगोलिक अवस्था, पशु आहार र श्रमको मूल्य बढेर उत्पादन लागतले आकाश छोएका कारण दूधको मूल्य बढाउन माग गरिएको सहकारी संघका अध्यक्ष नवराज बरालले बताए।

पशु आहारमा प्रयोग हुने दानाको मूल्य पछिल्लो २ महिनामा मात्र ७ रुपैयाँ बढेको र समग्रमा दानाको मूल्य २५ प्रतिशतले बढ्दा पनि दूधको मूल्य उही हुँदा किसान घाटामा परेर पलायन हुन थालेको उनले बताए।

उनका अनुसार दूध उत्पादनको लागत मूल्य नै ६९ रुपैयाँ ५० पैसा परिरहेको छ। तर किसानले ६५ रुपैयाँ दूध बेचिरहेकाले किसान मारमा परेको उनको दाबी छ।

दूध उत्पादनको लागत बढ्दै जाने तर उचित मूल्य नपाउने अवस्था कायम रहे दुग्ध उत्पादन क्षेत्रमा संकट आउने उनले चेतावनी दिए। ‘दुग्ध व्यवसायबाट किसान विस्थापित हुँदा उत्पादन घट्ने, रोजगारी गुम्ने र ग्रामीण अर्थतन्त्र प्रभावित हुनसक्छ’,उनले भने।

दूधको मूल्य कम्तीमा ८० रुपैयाँ कायम गर्नुपर्ने संघको ठहर छ। मंसिर १० गतेसम्मको म्याद दिएर दूधको बढाउन दबाब दिइए पनि सरकारले अटेर गरेकाले मंसिर १६ गतेबाट आन्दोलनमा जानुको विकल्प नभएको उनले बताए।

अहिलेको मूल्यले उत्पादन लागतसमेत उठाउन नसक्ने अवस्था सिर्जना भएको छ, अध्यक्ष बरालले भने,‘यसले किसान पलायनतर्फ उन्मुख छ। जसका कारण उत्पादन घट्दै गएको छ भने दूधमा परनिर्भरता थपिँदो छ।’

पछिल्लो २ वर्षदेखि दूधको मूल्य बढाउन आग्रह गर्दै आए पनि सरकारले बेवास्ता गरेका कारण आन्दोलनमा जानुपर्ने अवस्था आएको अध्यक्ष बरालले बताए।

‘हामीले बारम्बार दूधको मूल्य बढाउन आग्रह गरिरहेका छौं’,उनले भने,‘तर सरकारले बेवास्ता गरिरहेको छ। मंसिर १० गतेसम्म नबढाए पछि हामी मंसिर १६ गतेबाट आन्दोलनमा जाँदैछौं।’

उनले दुग्ध उत्पादक किसानको आन्दोलन यस पटक सृजनात्मक हुने बताए। ‘पहिलेजस्तो हामी दूध खन्याएर आन्दोलन गर्दै छैनौँ’,उनले भने,‘दूध पोखेर होइन, गोबर र पराल बोकेर यस पटक आन्दोलनमा उत्रिन्छौँ।’

पत्रकार सम्मेलनमा उपस्थित किसान कृष्णप्रसाद अधिकारीले सरकारले दुग्ध उत्पादक किसानको समस्या बुझ्न नसकेको गुनासो गरे। ‘आखिर सरकार किन यसो गर्दैछ ? ’,उनले भने,‘किसानले सधैँ दुःख गर्ने, अनि मूल्यका लागिचाहिँ सरकारको मुख ताक्नुपर्ने स्थितिको अन्त्य गरियोस्।’

अर्का किसान शकुन्तला ढकाल अधिकारीले लागत मूल्य अनुसार दूधको वैज्ञानिक मूल्य निर्धारण सरकारले गरिदिनुपर्ने बताइन्। आज किसान दूधको मूल्य नपाएर पलायन भइरहँदा आफूखुसी बेच्नेले भने दोब्बर मूल्यमा बेचिरहेको बताइन्। उनले भनिन्,‘किसानले उचित मूल्य पाउने गरी दूधको मूल्य निर्धारण होस्।’

कास्कीमा सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघ लिमिटेडअन्तर्गत ४२ वटा दुग्ध उत्पादक सहकारी संस्था आबद्ध रहेको जनाइएको छ। ती सहकारीमार्फत करिब पाँच हजार पाँच सय किसान परिवार जोडिएको अध्यक्ष बरालले जानकारी दिए। उनका अनुसार कास्की जिल्लामा मात्रै करिब ११ हजार पाँच सय घरपरिवार दुग्ध उत्पादन क्षेत्रमा संलग्न रहेको बताइन्छ।

कास्कीमा दैनिक एक लाख लिटर दूध उत्पादन हुने गरेको छ। जसमध्ये सहकारीमार्फत करिब ३० हजार र किसान आफैले ७० हजार लिटर दूध बिक्री गर्दछन्। कास्कीमा अपुग दूध भैरहवा, नवलपुर, चितवनलगायतका जिल्लाबाट आयात हुने गरेको छ।
अर्को समाचार
तत्काल दूधको मूल्य बढाउन किसानको माग
१७ माघ २०७८
•
१ मिनेट पाठ
तत्काल दूधको मूल्य बढाउन किसानको माग
चितवनका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन्। उनीहरूले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्। चितवन दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले आइतबार यहाँ पत्रकार सम्मेलन गरी मूल्य बढाउन दबाब दिएको हो।




दूधको मूल्यमा प्रतिलिटर १५ देखि २० सम्म बढाउनुपर्ने उनीहरुको माग छ। सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले सरकारले यही माघ १ गतेदेखि मूल्य बढ्छ भने पनि अहिलेसम्म नबढेकाले आन्दोलनको तयारीमा लागेको बताए। सरकारले एक लिटरमा १० मूल्य बढाएर किसानलाई रू.सात र डेरी उद्योगीलाई रु तीन दिने तयारी गरेको बताइएको छ।

उनकाअनुसार हाल दूधको मूल्य किसानले सरदर लिटरमा ५२.५० पर्ने गरेको छ। पशुलाई खुवाउने आहारको मूल्य अत्यधिक वृद्धि भएकाले यो मूल्यले लागत नउठ्ने उनले बताए। अध्यक्ष न्यौपानेले भने, “दाना, चोक्कर, पराल र औषधिको मूल्य अत्यधिक बढेकाले अहिले उत्पादन लागत नै प्रतिलिटर रु ६३ किसानको पर्ने गरेको छ। त्यसैले किसानलाई लाभ पुग्नेगरी मूल्य बढाउनुपर्छ।' सरकारले तीन वर्षदेखि दूधको मूल्य बढाएको छैन।

हाल जिल्ला ६३ प्रतिशत दुग्ध उत्पादक किसान छन्। यसबाट दैनिक दुई लाख ९० हजार लिटर दूध उत्पादन हुँदै आएको छ। ४३ प्रतिशत दूध बाहिरी जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की र मकवानपुरमा जाने सङ्घले जनाएको छ। सङ्घले जारी गरेको विज्ञप्तिमा पशुको उपभोग्य बस्तुमा १० देखि १५ प्रतिशत वृद्धि भएको जनाइएको छ।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३ सेकेन्ड अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस