विराटनगरमा अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हुने
०९ फागुन २०७९
•
१ मिनेट पाठ
विराटनगरमा अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हुने
विद्यार्थीलाई खेलकुदमा आकर्षित गर्ने उद्देश्यले विराटनगरमा अन्तर विद्यालय क्रिकेट प्रतियोगिता आयोजना गरिने भएको छ। क्रिकेट विथआउट बाउण्ड्रीको सहयोगमा  नेपाल क्रिकेट फाउण्डेशनले प्रतियोगिता आयोजना गर्न लागेको हो। 




नेपाल क्रिकेट फाउण्डेशनले मंगलबार  विराटनगरमा पत्रकार सम्मेलन गरी फागुन ११ गते देखि १८ गते सम्म  प्रतियोगिता सञ्चालन गर्न लागिएको जानकारी दिएको हो। प्रतियोगितामा विराटनगरका विभिन्न आठ वटा सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरू सहभागी हुने छन्।   इन्टर स्कुल लिगको आधारमा आयोजना गर्न लागिएको प्रतियोगिताको नाम ‘विराटनगर हब इन्टर स्कुल टुर्नामेन्ट’ राखिएको छ। 

विराटनगर ६ स्थित खेल मैदानमा आयोजना गर्न लागिएको नेपाल क्रिकेट फाउण्डेशनका कार्यकारी प्रमुख अभिषेक श्रेष्ठले जानकारी दिए।  प्रतियोगिताको लिग खेल २५ ओभर र सेमिफाइनल तथा फाइनल खेल ३० ओभरको हुने आयोजक नेपाल क्रिकेट फाउण्डेशनले जनाएको छ। विजेता टिमका खेलाडीलाई पुरस्कार तथा छात्रवृत्ति प्रदान गरिने जनाइएको छ। 

नेपाल क्रिकेट फाउण्डेशनले विराटनगरका विभिन्न विद्यालयमा कोचको व्यवस्था गरी विद्यार्थीहरूलाई क्रिकेटको प्रशिक्षण पनि दिइरहेको जनाएको छ। विशेष गरी विद्यालयका छात्राहरूलाई लक्षित गरी प्रशिक्षण दिइरहेको  श्रेष्ठले जानकारी दिए। मार्च ३ देखि विराटनगरमै अन्तर विद्यालय छात्रा क्रिकेट पनि सञ्चालन गर्ने तयारी गरिएको श्रेष्ठले बताए। 
अर्को समाचार
अन्तर विद्यालय क्रिकेट प्रतियोगिता सुरू
११ फागुन २०७९
•
२ मिनेट पाठ
अन्तर विद्यालय क्रिकेट प्रतियोगिता सुरू
विराटनगरमा अन्तर विद्यालय ‘हव लिग’ क्रिकेट प्रतियोगिता सुरू भएको छ। नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा बिहीबारदेखि अन्तर विद्यालय  ‘हव लिग’ क्रिकेट प्रतियोगिता सुरु भएको हो।




बिहीबार  भएको खेलमा सत्यनारायण मा.वि. र सरस्वती मा.वि. विजयी भएका छन्। पहिलो खेलमा सत्यनारायणले बुढानीलकण्ठ स्कुललाई ७ विकेटले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको बुढानीलकण्ठले निर्धारित २० ओभरको खेलमा १९ दशमलव २ बलमा सबै विकेट गुमाई ५९ रनमा सीमित भयो। जस्मा अमित साहले सर्वाधिक १० रनको योगदान दिए। सत्यनारायणका म्यान अफ द म्याच आकाश यादव र विकाश कामतले ३–३ विकेट लिए। ६० रनको सामान्य लक्ष्य पाएको सत्यनाराणले ९ दशमलव ३ बलमा ३ विकेट गुमाउँदै सो लक्ष्य पार गरेको थियो। जस्मा महमद हरुनले १६ रनको योगदान दिए। बुढानीलकण्ठका कादिल यादवले २ विकेट लिए।

बिहीबार नै  भएको दोस्रो खेलमा सरस्वती माविले पाखरिया मा.वि. लाई  ७५ रनले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित २५ ओभरमा ४ विकेट गुमाई १ सय ५१ रनको  योगफल खडा गरेको थियो। जसमा राकेश खडकाले ३७ रन बनाउँदा साहिद शेखले ३२ रन र रामनारायणले ३१ रन बनाए। पोखरीयाका दिपराज चौधरी र सफर पोखरेलले १–१ विकेट लिए। १ सय ५२ रनको  लक्ष्य पछ्याएको पोखरियाले १६ ओभरमा सबै विकेट गुमाई ७६ रन मात्र बनायो। जसमा राहुल महतोले २९ रन बनाए। सरस्वतीका रोहन मण्डलले ४ विकेट लिँदा राकेश खडकाले ३ विकेट लिए। खेलको म्यान अफ द म्याच सरस्वतीमा अलराउण्डर खेलाडी राकेश खड्का घोषित भए।

लिग नकआउटको आधारमा खेलाइने प्रतियोगितामा विराटनगरमा ८ वटा संस्थागत  तथा सामुदायिक विद्यालय सहभागी रहेको   नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अविशेक श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा विराटनगरको बाल्मीकी, बुढानीलकण्ठ, बिनायक, सरस्वती, सत्यनारायण, पोखरीया, मनकामना र राइजिङ नेपालसहभागि रहेका छन्। प्रतियोगिता फागुन १८ गतेसम्म सञ्चालन हुनेछ।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस