इङ्ल्यान्ड फाइनलमा
३२ साउन २०८०
•
२ मिनेट पाठ
इङ्ल्यान्ड फाइनलमा
खेलको अन्त्यतिर लाउरेन हेम्प र एलेसिया रुसोको गोल प्रेरणामा इङ्ल्यान्डले सिड्नीमा अस्ट्रेलियालाई ३–१ ले हराउँदै महिला विश्वकपको फाइनलमा स्थान बनाएको छ।  

यसअघि दुई पटक सेमिफाइनलमा स्थान बनाएको इङ्ल्यान्डले यस पटक भने अवसर सदुपयोग गर्दै फाइनलमा स्पेनसँगको भेट पक्का गर्यो। गत वर्ष युरोपियन च्याम्पियन बनेको इङ्ल्यान्डले पहिलो पटक महिला विश्वकपको उपाधि उचाल्ने सम्भावना जारी राखेको छ। इङ्ल्यान्डले पहिलो हाफ सकिन ९ मिनेट बाँकी छँदा अग्रता लिएको थियो। म्यानचेस्टर युनाइटेडकी इला टोनेले पेनाल्टी क्षेत्रबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएकी हुन्। चोटबाट फर्केकी आयोजक अस्ट्रेलियाकी स्टार खेलाडी साम केरले जारी विश्वकपमा पहिलो पटक सुरुआती अवसर पाइन्।  

तर, दोस्रो हाफमा उनले विश्वस्तरीय गोल गर्दै आफ्नो पुनरागमनलाई सही साबित गरिन्। मैदानको मध्य भागबाट बल अगाडि बढाउँदै उनले करिब ३० यार्ड टाढाबाट सशक्त गोल गरेकी हुन्। उनको त्यो गोलसँगै ७५ हजार सात ८४ दर्शक रहेको सिड्नी रंगशालामा खुसीको माहोल बन्यो। यद्यपि, त्यसको आठ मिनेटपछि नै घरेलु दर्शक निरास बन्न बाध्य भए। हेम्पले अस्ट्रेलियन डिफेन्डरले क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै गोल गरिन्। खेल सकिन चार मिनेट बाँकी छँदा  

इङ्ल्यान्डले तेस्रो गोल गरेसँगै घरेलु टोलीको खेलमा फर्कने आशा लगभग समाप्त भयो।  

अस्ट्रेलियन डिफेन्डरबीच तालमेल बन्न नसक्दा रुसोले त्यसको फाइदा उठाउँदै  

इङ्ल्यान्डलाई ३–१ ले अगाडि बढाइन्। त्यसपछि थप गोल हुन सकेन र घरेलु टोली स्तब्ध बन्न बाध्य भयो। इङ्ल्यान्डले आइतबार यही स्टेडियममा बलियो स्पेनिस टोलीसँग खेल्नेछ। स्पेनले भने सेमिफाइनलमा स्विडेनमाथि २–१ को जित निकाल्दै उपाधि भिडन्त तय गरेको हो। इङ्ल्यान्डले सन् २०१५ र सन् २०१९ को विश्वकपमा पनि सेमिफाइनलमा स्थान बनाएको थियो। तर, दुवै पटक सेमिफाइनल चरण पार गर्न सकेन। अहिलेसम्म महिला विश्वकपमा इङ्ल्यान्डको उत्कृष्ट नतिजा तेस्रो स्थान हो।
अर्को समाचार
इङ्ल्यान्ड फाइनलमा
३१ वैशाख २०६७
•
३ मिनेट पाठ
इङ्ल्यान्ड फाइनलमा
सेन्ट लुसिया, वैशाख ३१ (एजेन्सी)- श्रीलंकालाई बिहीबार सजिलै ७ विकेटले पराजित गरी इङ्ल्यान्ड विश्व ट्वान्टी-२० क्रिकेटको फाइनल प्रवेश गरेको छ। सन् १९९२ पछि इङ्ल्यान्ड पहिलो पटक आइसिसीको आधिकारिक प्रतियोगिताको फाइनल पुगेको हो।

पहिलो आधिकारिक उपाधिको खोजीमा रहेको इङ्ल्यान्डले अस्ट्रेलिया र पाकिस्तानबीचको विजेतासँग फाइनल खेल्नेछ। गत वर्ष फाइनलमा पाकिस्तानसँग पराजित श्रीलंकाको यस पटक पनि प्रतियोगिता जित्ने सपना अधूरो नै रह्यो।

१ सय २९ रनको लक्ष्यलाई इङ्ल्यान्डले ४ ओभरअगावै पूरा गरेको थियो। केभिन पिटरसन ४२ र इयान मोर्गान २ रनमा अविजित रहे। आफ्नो पहिलो बच्चा जन्मिएकाले इङ्ल्यान्ड फर्किएर अघिल्लो दिन मात्र टोलीमा समावेश भएका पिटरसनले लासिथ मालिङ्गालाई विजयी छक्का र चौका प्रहार गरेका थिए। पिटरसनले २६ बलको सामना गरी ३ चौका र दुई छक्का प्रहार गरे।

ओपनरद्वय क्राएग किइसवेटर ३९ र माइकल लम्ब ३३ रन बनाई आउट भए। किइसवेटरले २९ बल खेल्दै ५ चौका र २ छक्का तथा लम्बले २६ बलमा ४ चौका र १ छक्का प्रहार गरे। किइसवेटरलाई मालिङ्गाले तथा लम्बलाई थिसारा पेरेराले बोल्ड गरे। कप्तान पाउल कोलिनउडको कमजोर फर्म निरन्तर रह्यो। उनलाई १० रनमै पेरेराले पवेलियन फर्काए।

यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २८ रन बनाएको थियो। सनथ जयसूर्या १, तिलकरत्ने दिलसान ९, माहेला जयाबर्द्धने १० र कप्तान कुमार सांगाकारा १६ रनमात्र बनाई आउट भएको अवस्थामा एन्जेलो म्याथ्युजले ५८ रन बनाउँदै श्रीलंकालाई मध्यम स्कोरमा पुर्‍याएका थिए। प्रतियोगितामा ३ सयभन्दा बढी रन बनाएका जयबर्द्धने आउट भएपछि श्रीलंकाले पूरै दबाबमा खेलेको थियो।

इनिङको एक बलअगाडि आउट हुनुपूर्व उनले ४३ बलको सामना गरी ५ चौका र १ छक्का प्रहार गरे। त्यस्तै चामरा कापुगेदेराले १६ रन बनाए। इङ्ल्यान्डका लागि स्टुवार्ट ब्रोएडले ४ ओभरमा २१ रन दिएर २ तथा टिम ब्रेस्नान, रायन साइडबोटम र ग्राएम स्वानले १/१ विकेट लिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस