इङ्ल्यान्ड फाइनलमा
०५ असार २०७०
•
५ मिनेट पाठ
इङ्ल्यान्ड फाइनलमा
लन्डन– दक्षिण अफ्रिकालाई सात विकेटले हराउँदै इङ्ल्यान्डले बुधबार दोस्रो पटक च्याम्पियन्स ट्रफिको फाइनलमा खेल्ने पक्का गरेको छ।जोनाथन ट्रोटले जिम्मेवार ब्याटिङ गर्दै अविजित ८२ रन बनाएपछि १ सय ७६ रनको विजय लक्ष्य लिएर क्रिजमा उत्रिएको इङल्यान्डले ३७.३ ओभरमा १ सय ७९ रन बनायो। ८४ बल खेलेका ट्रोटले रोविन पिटरसनलाई विजयी चौका प्रहार गरेका थिए। उनको त्यो इनिङको ११ औं चौका थियो।
६.२ ओभरमा २२ रन बनाउदा ओपनर एलास्टियर कुक (६)  लाई गुमाएको इङ्ल्यान्डले ११ औं ओभरको अन्तिम बलमा अर्का ओपनर इयान बेल (२०) लाई गुमाएको थियो। त्यतिखेर टोलीको स्कोर ४१–२ थियो। त्यसपछि ट्रोट र ४८ रन बनाएका जोए रुटले तेस्रो विकेटका लागि १ सय ५ रनको साझेदारी गरेर इङ्ल्यान्डको इनिङ सम्हाले। जिन पाउल डुइनीको बलमा आउट हुनुअघि रुटले ७१ बलमा सात चौका प्रहार गरेका थिए। इङ्ल्यान्डका इयोन मोर्गानले अविजित १५ रन बनाए। दक्षिण अफ्रिकाका लागि क्रिस मोरिस र रोरी क्लेइन्भेल्ड्टले थप एक/एक विकेट लिए।
यसअघि ओभलमा टस हारेर फिल्डिङलाई निम्त्याइएको दक्षिण अफ्रिका ३८.४ ओभरमा १ सय ७५ रनमा सीमित भएको थियो। इङल्यान्डका स्टुवार्ट ब्रोड र जेम्स ट्रेडवेलले तीन/तीन तथा जेम्स एन्डरसनले दुई विकेट लिएपछि धरासायी भएको दक्षिण अफ्रिकाको इनिङ थेग्ने प्रयासमा डेविड मिलर र रोरी क्लेइन्भेल्ड्टले नवौं विकेटका लागि ९५ रनको कीर्तिमानी साझेदारी गरेका थिए।
दक्षिण अफ्रिका ८०–८ को अवस्थामा संघर्ष गरिरहेको बेला सँगैजस्तो क्रिजमा आएका मिलर (अविजित ५६) र क्लेइन्भेल्ड्ट (४३) को जोडीले टोलीलाई एकदिवसिय क्रिकेटमा ओभलमा तेस्रो पटक १ सय रनभन्दा कममा सीमित हुनबाट जोगाए। इङ्ल्यान्डले उच्च आर्दतायुक्त मौसमको फाइदा उठाउने क्रममा तेजबलर एन्डरसनले पहिलो ओभरमै विकेट लिए। ८ ओभर बलिङ गर्दा दुई विकेट लिएका उनले एक मेडनका साथ १४ रन खर्चिए।
ग्रिम स्वानको विकल्पका रुपमा रहेका अफस्पिनर ट्रेडवेलले मध्यपंंक्ति धरासायी पार्ने क्रममा १९ रन खर्चेर तीन विकेट लिए। तेजबलर स्टुआर्ट ब्रोड र स्टेभन फिन तुलनात्मक रुपमा महंगो सावित भए। तर, ८.४ ओभरमा ५० रन खर्चदै तीन विकेट लिएका ब्रोडले डी भिलियर्स तथा एक विकेट लिएका फिनले हशिम अमला लाई निश्तेज पार्दै पलेलियनको बाटो देखाएर इङल्यान्डको बाटो सहज बनाए। एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकै शीर्ष दुई व्याट्सम्यान पवेलियन फर्कदा डि भिलियर्सले खाता खोल्न पनि सकेका थिएनन भने अमलाले १ रन बनाएका थिए। दक्षिण अफ्रिकाका लागि अन्य ब्याट्सम्यानमा रोविन पिटरसनले ३० र फ्रांकोइस डु प्लेसिसले २६ रन बनाउनुबाहेक कसैले उल्लेख्य योगदान गर्न सकेनन्।
१९९८ मा च्याम्पियन्स ट्रफिको सुरुआत हुँदा दक्षिण अफ्रिकाले उपाधि जितेको थियो। सुरुआतमा प्रतियोगिता लोकप्रिय नरहँदा उपाधि जितेको टोली बुधबार ओभलमा निरिह देखियो। टोलीका दुवै ओपनर सुरुआति १० बलभित्र पवेलियन फर्किइसकेका थिए। १ रनमा पहिलो विकेट गुमाएको दक्षिण अफ्रिकाले ४ रनमा दोस्रो विकेट गुमाएको थियो। ४५ रनमा तेस्रो ब्याट्सम्यान गुमाएको टोली ५० रनको स्कोरमा पुग्दा चार ब्याट्सम्यान पवेलियन फर्किइसकेका थिए। यसैगरी ६३ रनमा पाँचौ, ७० मा छैटौं तथा ७६ रनमा दक्षिण अफ्रिकाले सातौं विकेट गुमाएको थियो।


अर्को समाचार
इङ्ल्यान्ड फाइनलमा
३१ वैशाख २०६७
•
३ मिनेट पाठ
इङ्ल्यान्ड फाइनलमा
सेन्ट लुसिया, वैशाख ३१ (एजेन्सी)- श्रीलंकालाई बिहीबार सजिलै ७ विकेटले पराजित गरी इङ्ल्यान्ड विश्व ट्वान्टी-२० क्रिकेटको फाइनल प्रवेश गरेको छ। सन् १९९२ पछि इङ्ल्यान्ड पहिलो पटक आइसिसीको आधिकारिक प्रतियोगिताको फाइनल पुगेको हो।




पहिलो आधिकारिक उपाधिको खोजीमा रहेको इङ्ल्यान्डले अस्ट्रेलिया र पाकिस्तानबीचको विजेतासँग फाइनल खेल्नेछ। गत वर्ष फाइनलमा पाकिस्तानसँग पराजित श्रीलंकाको यस पटक पनि प्रतियोगिता जित्ने सपना अधूरो नै रह्यो।

१ सय २९ रनको लक्ष्यलाई इङ्ल्यान्डले ४ ओभरअगावै पूरा गरेको थियो। केभिन पिटरसन ४२ र इयान मोर्गान २ रनमा अविजित रहे। आफ्नो पहिलो बच्चा जन्मिएकाले इङ्ल्यान्ड फर्किएर अघिल्लो दिन मात्र टोलीमा समावेश भएका पिटरसनले लासिथ मालिङ्गालाई विजयी छक्का र चौका प्रहार गरेका थिए। पिटरसनले २६ बलको सामना गरी ३ चौका र दुई छक्का प्रहार गरे।

ओपनरद्वय क्राएग किइसवेटर ३९ र माइकल लम्ब ३३ रन बनाई आउट भए। किइसवेटरले २९ बल खेल्दै ५ चौका र २ छक्का तथा लम्बले २६ बलमा ४ चौका र १ छक्का प्रहार गरे। किइसवेटरलाई मालिङ्गाले तथा लम्बलाई थिसारा पेरेराले बोल्ड गरे। कप्तान पाउल कोलिनउडको कमजोर फर्म निरन्तर रह्यो। उनलाई १० रनमै पेरेराले पवेलियन फर्काए।

यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २८ रन बनाएको थियो। सनथ जयसूर्या १, तिलकरत्ने दिलसान ९, माहेला जयाबर्द्धने १० र कप्तान कुमार सांगाकारा १६ रनमात्र बनाई आउट भएको अवस्थामा एन्जेलो म्याथ्युजले ५८ रन बनाउँदै श्रीलंकालाई मध्यम स्कोरमा पुर्‍याएका थिए। प्रतियोगितामा ३ सयभन्दा बढी रन बनाएका जयबर्द्धने आउट भएपछि श्रीलंकाले पूरै दबाबमा खेलेको थियो।

इनिङको एक बलअगाडि आउट हुनुपूर्व उनले ४३ बलको सामना गरी ५ चौका र १ छक्का प्रहार गरे। त्यस्तै चामरा कापुगेदेराले १६ रन बनाए। इङ्ल्यान्डका लागि स्टुवार्ट ब्रोएडले ४ ओभरमा २१ रन दिएर २ तथा टिम ब्रेस्नान, रायन साइडबोटम र ग्राएम स्वानले १/१ विकेट लिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस