१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

मुम्बईसँग भिड्न कप्तान धवनबिनै मैदान उत्रदै पञ्जाब

इन्डियन प्रिमियर लिग (आईपीएल) त्रिकेट अन्तर्गत आज मुम्बई इन्डियन्स र पञ्जाब किङ्ग्सबीच खेल हुँदैछ।

महाराजा यादविन्दर सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने आजको खेल साँझ ७ः ४५  बजेबाट सुरु हुनेछ।

हार्दिक पाण्ड्याको कप्तानीमा रहेको मुम्बई जारी सिजनमा निकै कमजोर टिम बनेको छ भने शिखर धवनको कप्तानीमा रहेको पञ्जाबले पनि कमजोर प्रदर्शन गर्दै आएको छ।

जारी सिजनमा दुबै टोलीले समान ६/६ खेल खेलेकोमा समान २/२ खेलमा जित हात पारेको छ। तर, रन रेटको आधारमा भने पञ्जाब पुछारबाट तेस्रो स्थानमा छ मुम्बई दोस्रो स्थानमा रहेको छ।

आजको खेलमा भने पञ्जाब कप्तान धवन बिनै मैदान उत्रने छ। उनको अनुपस्थितिमा स्याम करणले कप्तानको जिम्मेवारी सम्हाल्ने छन्।

हेड टु हेडमा हालसम्म दुबै टिमबीच ३१ म्याच भएका छन्। जसमा मुम्बईले १६ र पञ्जाबले १५ खेलमा जित हासिल गरेको छ। तर, पछिल्लो ५ खेललाई हेर्ने हो भने पञ्जाब मुम्बईमाथि भारी परेको छ। पछिल्लो ५ खेलमा पञ्जाबले ३ मा जित हात पार्दा मुम्बईले २ मा मात्रै जित हात पार्न सकेको छ।

प्रकाशित: ६ वैशाख २०८१ १३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App