मनाङ शीर्ष स्थानमा
०९ साउन २०८१
•
२ मिनेट पाठ
मनाङ शीर्ष स्थानमा
चिर परिचित प्रतिद्वन्दी मनाङ मस्र्याङ्दी क्लबले लगातार तेस्रो जित आत्मसात् गर्दै एन्फा यु–१८ युथ लिगको शीर्ष स्थानमा उक्लिँदा विभागीय डर्बीमा नेपाल पुलिस क्लबले भने त्रिभुवन आर्मी क्लबसँग मंगलबार अंक बाँडेको छ।




दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै सुजन डंगोलले गोल गरेपछि मनाङले जावलाखेल युथ क्लबको कठिन चुनौती १–० ले पार गर्‍यो। अर्को खेलमा भने पुलिसले आर्मीसँग गोलरहित बराबरी खेल्दै एक अंक बाँड्यो। यससँगै तीन खेलबाट नौ अंक जोड्दै मनाङ शीर्ष स्थानमा उक्लिएको छ। 

उसले दोस्रो चरणसम्म शीर्ष स्थानमा रहेको पुलिसलाई दुई अंकले पछि पारेको हो। दोस्रो स्थानमा झरेको पुलिसको समान खेलबाट सात अंक छ। जावलाखेलको दुई र आर्मीको एक अंक मात्रै छ। यी दुई टोली क्रमशः नवौ र १०औं स्थानमा छन्।

४६औं मिनेटमा जावलाखेलका समीर दर्लामीले सागर मगरलाई तानेपछि शुक्रराज घलेले मनाङलाई फ्रिकिक दिएका थिए। मध्यभागभन्दा केही माथिबाट पाएको उक्त फ्रिकिकलाई सागरले जावलाखेलको पोस्टमा सीधै प्रहार गरेका थिए। पेनाल्टी बक्सभित्र बाउन्स भएर आएको बललाई गोलरक्षक सन्देश घलानले पन्च गर्ने प्रयास गरे पनि सफल नहुँदा रनिङमा सुजनले टच गर्दै गोल गरे। 

उनी दोस्रो हाफको सुरुआतमै समन हटुवालको स्थानमा मैदान प्रवेश गरेका थिए । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् र खेल १–० मै सकियो। मनाङले तीनवटै खेल यही स्कोरमा जितेको हो । यसअघि आर्मी र संकटा क्लबलाई मनाङले पराजित गरेको थियो। जावलाखेलको भने यो पहिलो हार हो । यसअघि जावलाखेलले विभागीय टोली एपिएफसँग १–१ र मच्छिन्द्र फुटबल क्लबसँग२–२ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो। 

अर्को खेलमा शीर्ष स्थानमै टिक्ने योजनामा पुलिसले अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। पुलिसको पटकपटकको आक्रमणमा आर्मीका गोलरक्षक रामबहादुर बोहरा बाधक बने । यससँगै आर्मी तेस्रो खेलमा अंकको खाता खोल्न सफल भएको छ। 

पहिलो खेलमा आर्मी मनाङसँग १–० र दोस्रो खेलमा मच्छिन्द्रसँग सोही स्कोरमा पराजित भएको थियो । पुलिसले भने पहिलो खेलमा थ्री स्टारमाथि ७–२ को फराकिलो जित हासिल गरेको थियो। 
अर्को समाचार
शहीद स्मारक ए डिभिजन लिग : फ्रेण्ड्स क्लवलाई हराउँदै मनाङ शीर्ष स्थानमा उक्लियो
२४ चैत्र २०७९
•
२ मिनेट पाठ
शहीद स्मारक ए डिभिजन लिग : फ्रेण्ड्स क्लवलाई हराउँदै मनाङ शीर्ष स्थानमा उक्लियो
ललितपुरे टोली फ्रेण्ड्स क्लवमाथि २–० को जित निकाल्दै मनाङ मस्र्याङ्दी फुटबल क्लव राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।  




च्यासल मैदानमा शुक्रवार सम्पन्न खेलमा मनाङले फ्रेण्ड्स क्लवलाई २–० गोल अन्तरले पछि पारेसँगै समान अंक भएको जावलाखेललाई अंक तालिकामा गोल अन्तरले पछि पार्दै तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको हो। रोमाञ्चक बनेको खेलमा मनाङलाई स्पष्ट अंक दिलाउन विदेशी खेलाडी कोफी टिमोथी कुदोले गरेका दुई गोल पर्याप्त बने।  

फ्रेण्ड्सबिरुद्ध शुरुवातबाट नै आक्रामक खेल देखाएको मनाङले पहिलो हाफ र दोस्रो हाफमा एक गोल गरेको थियो। यस्तै फ्रेण्ड्सले पछि परेको अवस्थामा खेलमा फर्किन प्रयास गरेपनि असफल भएको थियो। खेलको ३४ औं मिनेटमा कोफीले गोल गर्दै मनाङलाई शुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ५२ औं मिनेटमा कोफीले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई २–० को जित दिलासँगै मनाङ शीर्ष स्थानमा उक्लिएको हो।

यस जितसँगै मनाङको अपराजित यात्रा कायमै रहेको छ। मनाङले छैठौं खेल खेल्दा चार जित र दुई बराबरी खेलेको छ। मनाङले ६ खेलमा १४ अंक जोडेको छ। उता अंक सुम्पिएको फ्रेण्ड्स ४ अंक जोडेर १२ औं स्थानमा छ।

लिग अन्तर्गत अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा जावलाखेल युथ क्लव र खुमलटार युथ क्लवले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे। अंक बुटल्ने सोचका साथ मैदान उत्रिएका दुवै टोलीले शुरुवातबाट नै आक्रामक खेलेका थिए। सो क्रममा ३२ औं मिनेटमा एनकोटो मोसाबीले गोल गर्दै जावलाखेललाई शुरुवाती अग्रता दिलाए। तर त्यसको तीन मिनेटपछि नै अभिषेक लिम्बूले गोल गर्दै खुमलटारलाई १–१ को बराबरीमा ल्याए। त्यसपछि पहिलो हाफमा दुवै तर्फबाट थप गोल हुन सकेन। ६३ औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दा खुमलटार २–१ को अग्रता बनाउन सफल भयो। तर खुमलटारको अग्रता धेरै समय टिकेन। ८६ औं मिनेटमा फोडे फोफानाले गोल गर्दै जावलाखेललाई २–२ गोलको बराबरीमा ल्याएपछि दवबै टोलीबाट थप गोल हुन सकेन र दुवैले १÷१ अंक बनाए। यस बराबरीसँगै जावलाखेलले ७ खेलमा १४ अंक जोडेको छ।जावलाखेल दोस्रो स्थानमा झरेको छ।यस्तै खुमलटार ७ खेलमा ७ अंक जोडेर नवौं स्थानमा छ।  
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस