एसिसी यु–१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२१ असार २०८२
•
१ मिनेट पाठ
एसिसी यु–१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
नेपालले एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ। शनिवार सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलमा सिंगापुरलाई दुई विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो।  




मलेसियामा भएको खेलमा फाइनलमा नेपालले पाएको ११४ रन झिनो लक्ष्य भेट्टाउन निकै संघर्ष गर्नुपरेको थियो। २९ ओभरको अन्तिम बलमा अभय यादवले छक्का प्रहार गर्दै जित दिलाएका थिए।  

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरको टोलीलाई नेपाली बलरले ४१ ओभर शानदार बलिङ गदै ४११३ रनमै अलआउट पारेका थिए। ११४ रन पछ्याएको नेपालको ब्याटिङ पनि सुखद् रहन सकेन। नेपालले लगातार ८ विकेट गुमाइसकेको थियो। तर, अन्तिम अवस्थामा नेपालले आफ्नो हार जोगाउँदै जित निकालेको छ।  

याे उपाधि नेपालले लगातार दाेस्राे पटक जितेकाे हाे। 
अर्को समाचार
युरोप भ्रमणपछि नेपाली क्रिकेटरको वरियतामा उथलपुथल
११ असार २०८२
•
२ मिनेट पाठ
युरोप भ्रमणपछि नेपाली क्रिकेटरको वरियतामा उथलपुथल
युरोप भ्रमणपछि नेपाली क्रिकेटरको अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी)को अन्तर्राष्ट्रिय वरियतामा उथलपुथल देखिएको छ। विशेषतः स्पिनर द्वय ललित राजवंशी र सन्दीप लामिछानेले आफ्नो वरियतामा उल्लेखनीय सुधार गरेका छन्। 




आइसिसीले भर्खरै जारी गरेको वारियता सूचीमा सबैभन्दा माथि दीपेन्द्रसिंह ऐरी नै छन्। उनी टी–२० आई अलराउन्डरतर्फको वरियताको तेस्रो स्थानमा यथावत् छन्। ऐरीभन्दा अगाडि पहिलो वरियतामा भारतका हार्दिक पाण्ड्या र अस्ट्रेलियाका मार्कस स्टोइनिस छन्। स्टोइनिस र ऐरीबिचको अन्तर जम्मा एक रेटिङ प्वाइन्टको मात्रै छ। 

यस्तै टी–२० आई अलराउन्डरतर्फकै वरियतामा कुशल भुर्तेलले ६ स्थान सुधार गर्दै ३२ औँ स्थानमा पुगेका छन्। यही वरियतामा गुल्सन झा ८ स्थान खस्किएर ६१ औँ, कप्तान रोहित पौडेल ५ स्थान खस्किएर ६६ औँ स्थानमा पुगेका छन्। 

युरोप भ्रमण टोलीमा नरहेका कुशल मल्लको वरियता ६ स्थान झरेर ६८ औँ स्थानमा पुगेको छ। यस्तै यही वरियतामा करण केसी एक स्थान झरेर ८१ औँ स्थानमा छन्।  

यस्तै अन्तर्राष्ट्रिय एक दिवसीय अलराउन्डरतर्फको वरियतामा दीपेन्द्रसिंह ऐरी एक स्थान खस्किएर ५४ औँ स्थानमा छन्। ऐरीबाहेक सोमपाल कामी ५६ औँ स्थान, सन्दीप लामिछाने ५९ औँ स्थानमा यथावत् छन्। करण केसी पाँच स्थान तल झरेर ६५ औँ स्थानमा रहँदा कुशल मल्ल ६ स्थान झरेर ७४ औँ, ललित राजवंशी तीन स्थान सुधार गर्दै ८२ औँ, गुल्शन दुई स्थान झरेर ९२ औँ र आरिफ शेख २ स्थान सुधार गर्दै ९९ औँ स्थानमा समेटिएका छन्। 

यस्तै वानडे ब्याटर वरियतामा कुशल भुर्तेलले एक स्थान सुधार गर्दै ८७ औँ, आरिफ शेखले १३ स्थान सुधार गर्दै ९० औँ, आशिफ शेख ४ स्थान खस्कँदै ९४ औँ र कप्तान रोहित एक स्थान खस्कँदै ९९ औँ स्थानमा देखिएका छन्। 

टी–२० आई ब्याटर वरियतामा दीपेन्द्रसिंह ऐरी ६१ औँ स्थानमा यथावत् रहँदा कप्तान रोहित दुई स्थान खस्किएर ६६ औ, आशिफ शेख दुई स्थान खस्किएर ७८ औँ स्थानमा छन्।  कुशल भुर्तेलले १० स्थान सुधार गरेर ८३ औँ स्थानमा पुगेका छन्। 

वानडे र टी–२० आई दुवै फरम्याटको बलर वरियतामा ललित राजवंशी नेपालका तर्फबाट सबैभन्दा माथि छन्। वानडेमा ललितले ५ स्थान सुधार गरेर ४८ औँ स्थानमा पुग्दा सन्दीप लामिछानेले एक स्थान सुधारेर ५४ औँ स्थानमा पुगेका छन्। 

वानडे बलरमै दीपेन्द्रको तीन स्थान खस्किएर ७९ स्थानमा छन्। करण केसीको पनि सात स्थान खस्किएको छ जसले उनलाई ८४ औँ स्थानमा पुगाएको छ। सोमपाल कामी ९४ औँ स्थानमा यथावत् छन्। 

टी–२० आई बलरमा ललित राजवंशीले २९ स्थान सुधारेर ५४ औँ स्थानमा पुग्दा सन्दीप लामिछानेले ४१ स्थान सुधारेर ७५ औँ स्थानमा पुगेका छन्।  यो वरियतामा दीपेन्द्र एक स्थान खस्किएर ८१ औँ स्थानमा छन्। 

टिम वरियतामा भने नेपाल वानडेमा १७ औँ र टी–२० आईमा १८ औँ स्थानमा छन्। युरोप भ्रमणमा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँगको त्रिकोणीय सिरिजमा चार/चार वानडे र टी–२० आई खेल खेलेको थियो।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस