चौथो स्थानमा लिभरपुल
०७ जेष्ठ २०७८
•
३ मिनेट पाठ
चौथो स्थानमा लिभरपुल
बर्नलीमाथि ३–० को जितका साथ लिभरपुलले च्याम्पियन्स लिग छनोटको सम्भावना प्रबल बनाएको दिन बुधबार एस्टन भिल्लालाई नतिजा सुम्पिएको टोटेनह्यामको भने युरोपा लिग छनोटसमेत संकटमा परेको छ।

योर्गान क्लोपको टोली यस जितपछि चौथो स्थानमा उक्लिएको छ। लिभरपुल र लेस्टर सिटीको समान ६६ अंक छ। क्लोपको टोलीभन्दा लेस्टर गोलअन्तरमा पछि परेको हो। लिभरपुलको सहज जितमा रोबर्टो फिर्मिनो, नाथालियन पिलिप्स र एलेक्स अक्सलेड चेम्बरलिनले समान १ गोल गरेका थिए। चेल्सी ६७ अंकका साथ तेस्रो स्थानमा छ। लिगको अन्तिम खेलमा आइतबार लिभरपुलले क्रिस्टल सिटीको सामना गर्दै छ।  

प्यालेसलाई हराएमा लिभरपुल शीर्ष ४ मा बस्दै सहजै आगामी सिजनको च्याम्पियन्स लिगमा छनोट हुनेछ। पराजित भएको खण्डमा भने लिभरपुलले लेस्टर र टोटेनह्यामबीचको खेलको नतिजा कुर्नुपर्नेछ। त्यस्तै चेल्सीले लिगको अन्तिम खेलमा एस्टन भिल्लाको सामना गर्नेछ। च्याम्पियन्स लिगमा स्थान बनाउन चेल्सीले पनि जित्नु पर्नेछ। लेस्टर, चेल्सी र लिभरपुलको च्याम्पियन्स लिगमा स्थान बनाउने सम्भावना छ। तर, तीनैले जितेमा भने लिभरपुल र चेल्सी शीर्ष चारमा बस्दै च्याम्पियन्स लिगका लागि छनोट हुनेछन्।  

प्रिमियर लिगको उपाधि रक्षा गर्न असफल लिभरपुलको शीर्ष चारमा बस्दै च्याम्पियन्स लिगमा छनोट हुने योजना लगातार खराब नतिजापछि संकटमा परेको थियो। तर पछिल्ला चार खेलमा हात पारेको लगातारको जितले भने लिभरपुल च्याम्पियन्स लिग छनोटको संघारमा पुगेको हो। यस सिजनको प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितिसकेको छ। म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा छ। ४३औं मिनेटमा फिर्मिनोले एन्डी रोबर्टसनको पासलाई जाली चुमाउँदै लिभरपुललाई खेलमा अघि बढाएका थिए।  

५२औं मिनेटमा साडियो मानेको पासमा गोल गर्र्दै फिलिप्सले लिभरपुलको अग्रता दोब्बर पारेको थिए। खेल सकिन २ मिनेट बाँकी हुँदा चेम्बरलिनले लिभरपुलको अग्रता ३–० मा पु¥याएका थिए। ‘हामीलाई बर्नलीविरुद्धको खेल सेमिफाइनलसरह थियो र सफलता पनि पायौं,’ क्लोपले भने, ‘क्रिस्टल प्यालेसविरुद्धको फाइनल खेल जित्दै हामी च्याम्पियन्स लिगमा छनोट हुनेछांै। यस जितपछि अंकतालिकामा व्यापक परिवर्तन आइसकेको छैन। तर हामीले आफ्नो स्थान सुरक्षित गरेका छौं र हामीसँग फाइनल खेल बाँकी नै छ। हामीलाई स्पष्ट ३ अंक आवश्यक थियो। हामी पछिल्ला चार खेलयता उत्कृष्ट लयमा छौं।’

पाँचौं र छैटाैं स्थानको टोली आगामी सिजनको युरोपा लिगमा छनोट हुनेछ। यता साताैं स्थानको टोलीले भने आगामी सिजनबाट सुरु हुन लागेको युरोपा कन्फरेन्स लिगको प्लेअफ खेल्नेछ। एस्टन भिल्लालाई २–१ को नतिजा सुम्पिएको टोटेनह्यामलाई भने युरोपा लिगमा स्थान पक्का गर्न लेस्टरविरुद्धको अन्तिम खेलमा जित्नैपर्ने दबाब छ। टोटेनह्यामको यो पछिल्ला तीन खेलमा दोस्रो हार हो। टोटेनह्याम र एभर्टन समान ५९ अंकका साथ क्रमशः साताैं र आठाैं स्थानमा छन्।

जुन छैटाैं स्थानको वेस्ट ह्यामभन्दा तीन अंक कम हो। आर्सनल ५८ अंकका साथ आठौं स्थानमा छ। ‘म आजको नतिजापछि निराश छु,’टोटेनह्यामका अन्तरिम प्रशिक्षक रेयान मासोनले भने, ‘हामी अन्तिम खेलमा उत्कृष्ट नतिजाका साथ युरोपा लिगमा स्थान बनाउन चाहन्छा।’ एस्टन भिल्लालाई २–१ को नतिजा सुम्पिएको टोटेनह्यामलाई भने युरोपा लिगमा स्थान पक्का गर्न लेस्टरविरुद्धको अन्तिम खेलमा जित्नैपर्ने दबाब छ।
अर्को समाचार
चेल्सी एभर्टनसँग निराश
२९ मंसिर २०७७
•
२ मिनेट पाठ
चेल्सी एभर्टनसँग निराश
एभर्टनसँग १–० ले निराश हुँदै शीर्ष स्थानमा उक्लिने अवसर गुमाएपछि चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्डले आफ्नो टोलीलाई अहिले नै इङ्लिस प्रिमियर लिग उपाधिको दाबेदार भन्नु हतार हुने बताएका छन्।

सरुवा बजारमा २ सय ९१ मिलियन डलर खर्चेको चेल्सीको १७ खेलको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ। यद्यपि लाम्पार्डले आफ्नो टोली सन्तुलित भएकाले निराश भइहाल्नुपर्नेे अवस्था भने आइनसकेको बताएका छन्।

२२औं मिनेटमा गिल्फी सेगुर्डसनले पेनाल्टीको सदुपयोग गर्दा एभर्टनले स्पष्ट ३ अंक पक्का गरेको थियो।

‘केही मानिसहरूले हामीलाई लिग उपाधिको दाबेदार भन्दै आएका छन्। हाम्रो टोली राम्रो छ भन्ने गरेका छन्। यो पागलपन हो,’ लाम्पार्डले भने, ‘कुनै टोली सन्तुलित छ छैन भन्ने आधार उनीहरूले विगत ३–४ सिजन गरेको प्रदर्शन हो। त्यस्तो टोलीका स्ट्राइकरहरूले पनि सिजनमा २०–४० गोल गरेको हुनुपर्छ। हामीसँग केही उत्कृष्ट खेलाडी छन् तर हाम्रो टोलीमा युवा खेलाडीको बाहुल्य छ। हामीले एकरूपको प्रदर्शन गर्न सकिरहेका छैनांै। हामीले वेस्ट ब्रोम र साउथह्याम्पटनविरुद्ध गरेको प्रदर्शनकै आधारमा हामीलाई प्रमुख दाबेदार मानियो, त्यो गलत थियो। हामीले अझै मिहिनेत गर्न आवश्यक छ। यो हाम्रा लागि राम्रो परीक्षण भयो,जहाँ हामी सफल भएनौं, तर भविष्यमा यसले हामीलाई राम्रो पाठ सिकाएको छ।’

१२ खेलको समाप्तिमा २२ अंक जोडेको चेल्सी चौथो स्थानमा छ। एक खेल कम खेलेका टोटेनह्याम र लिभरपुल समान २४ अंकका साथ क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। साउथह्याम्पटन २३ अंकका साथ तेस्रो र लेस्टर सिटी २१ अंकका साथ पाँचौं स्थानमा छन्।  

‘मैदानमा मात्र २ हजार दर्शकको उपस्थिति थियो, तर पनि हामी खुसी छांै। एभर्टनबाट उनीहरूले राम्रो खेल हेर्न पाए, हामीले राम्रो खेल्यौं,’ एभर्टनका प्रशिक्षक कार्लो एन्सेलोट्टीले भने।

यता म्यानचेस्टर डर्बीमा भने म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले गोलरहित बराबरी खेले। त्यस्तै न्युक्याल युनाइटेडले वेस्ट ब्रोमलाई २–१ ले हरायो। न्युक्यासलका लागि मिग्वेल अल्मिरोन र ड्विलाइट गेलले समान १ गोल गरेका थिए। वेस्ट ब्रोमका डार्नेल फुर्लङले १ गोल गरे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस