काठमाडौं– एपिएफले नवौं ढोरपाटन ब्लु स्काई कप टिभिएस महिला डबल लिग भलिबलमा आइतबार दोहोरो जित हात पारेको छ।
पर्वतमा तीन दिन अघि सम्पन्न राष्ट्रिय महिला भलिबलको उपाधि जितेको एपिएफले आइतबार पहिलो खेलमा काभ्रे जिल्ला भलिबल संघको टिमलाई ३–० ले हरायो। पहिलो खेल २५–३, २५–४, २५–७ ले जितेको एपिएफले अर्को खेलमा कुलेश्वर भलिबल एकेडेमीलाई २५–५, २५–९, २५–७ को सोझो सेटमा हरायो। दुई खेल जितेको एपिएफले ६ अंक जोडेको छ।
आयोजक ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र १२ अंक सहित शिर्ष स्थानमा छ। समूह चरणका ५ मध्ये ४ खेलमा ढोरपाटनले जित हात पारेको छ। आइतबार ढोरपाटनले काभ्रेलाई २५–१२, २५–४, २५–८ ले हरायो।
न्यु डायमन्ड एकेडेमीसँग आइतबार पराजित भए पनि जावलाखेल भलिबल प्रशिक्षण केन्द्र ९ अंक सहित दोस्रो स्थानमा छ। डायमन्डले २५–९, २५–११, २५–७ को जित हात पारेको थियो। डायमन्डले ६ अंक जोडेको छ।
नेपाली महिला भलिबलमा सर्वाधिक पुरस्कार राशिको प्रतियोगितामा आइतबार पशुपति क्याम्पसले कुलेश्वरलाई २५–१०, २५–१२, २५–१ ले हरायो।