दुई क्लबले बी डिभिजन नखेल्ने
१९ फागुन २०७०
•
३ मिनेट पाठ
दुई क्लबले बी डिभिजन नखेल्ने
काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को नीतिप्रति असन्तुष्टि जनाउँदै दुई क्लबले मंगलबार सुरु हुने सहिद स्मारक बी डिभिजन लिग फुटबल नखेल्ने भएका छन्। बी डिभिजनका १५ क्लबमध्ये स्वयम्भु र युनाइटेड युथ क्लबले बी डिभिजन नखेल्ने निर्णय गरेका हुन्।स्वयम्भु क्लबका अध्यक्ष श्याम लामाले एन्फाको आर्थिक तथा अन्य नीतिका कारण बी डिभिजन लिग नखेल्ने निष्कर्षमा पुगेको बताए। 'प्रायः सबै नेपाली क्लबको आर्थिक समस्या उस्तै हो। क्लबको आर्थिक स्रोतले फुटबल खर्च धान्न गाह्रो छ,' उनले भने, 'एन्फाको नीति राम्रो भएन। ए डिभिजनमा आउने नयाँ क्लबलाई एन्फाले राम्रो सहयोग गर्नुपर्ने हो। तर, नयाँ क्लबलाई एन्फाबाट कुनै प्रोत्साहन छैन। कति दिन घाटा बेहोरेर फुटबल खेल्ने?' 
क्लबलाई आर्थिक सहयोग गर्ने कार्यक्रम नल्याएसम्म फुटबल नखेल्ने लामाले बताए। यसअघि ए डिभिजनको न्युरोड टिम (एनआरटी) ले आर्थिक कारण देखाउँदै फुटबल नखेल्ने निर्णय गरेको थियो। 
स्वयम्भु र युनाइटेड युथले नखेल्ने भएपछि यसपालि बी डिभिजनमा टुसाल युवा, सामाजिक युवा, वीरगन्ज युथ एकेडेमी, ब्रिगेड ब्वाइज, सातदोबाटो युथ, श्रीकुमारी, महावीर, पुल्चोक स्पोर्टस, च्यासल युवा, मध्यपुर युथ, बाँसवारी, बौद्ध फुटबल र नयाँबस्ती सक्षमनगर युवा क्लबले प्रतिस्पर्धा गर्नेछन्। 
लिगको पहिलो दिन सामाजिक युवा र सक्षमनगर तथा दोस्रो खेलमा वीरगन्ज युथ र बौद्ध फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन्। 
तीन वर्षअघि स्वयम्भुसँगै युनाइटेड, बिग्रेड ब्वाइज र नवलपरासीको कोइलापानी पोलस्टार क्लब ए डिभिजनबाट बी डिभिजनमा झरेका हुन्। त्यति बेला १८ क्लबले ए डिभिजन खेल्दा ४ क्लब रेलिगेसनमा पर्ने व्यवस्था थियो। 
युनाइटेड क्लबका अध्यक्ष रोशन प्रधानले एन्फाले खेलाडीलाई मात्र व्यावसायिक बनाउन जोड दिएको बताए। 'क्लबलाई व्यावसायिक बनाउन एन्फाले ध्यान दिएको छैन। खेलाडीमात्र व्यावसायिक भएर फुटबल खेल्न सकिँदैन,' उनले भने, 'एन्फाको कार्यशैली चित्तबुझ्दो छैन। एन्फा सबै क्लबको अभिभावक हो। एन्फाले सबै क्लबलाई समान व्यवहार गरेको छैन।' 
एन्फाको कार्यशैली र सबै क्लबलाई समान व्यवहार गर्ने वातावरण नबनेसम्म फुटबल नखेल्ने प्रधानले बताए। 
दशरथ रंगशालामा चैत ३० सम्म राउन्ड रोबिन लिगका आधारमा बी डिभिजन हुनेछ। १३ क्लबबाट २ टोली रेलिगेसनमा पर्नेछन् भने विजेता ए डिभिजनमा बढुवा हुनेछ।
अर्को समाचार
संकटाले राष्ट्रिय लिग नखेल्ने
१९ पौष २०७१
•
५ मिनेट पाठ
संकटाले राष्ट्रिय लिग नखेल्ने
काठमाडौं-ए डिभिजन क्लब संकटाले अर्को महिना हुने राष्ट्रिय लिग फुटबल प्रतियोगिता नखेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर अध्यक्ष रहेको संकटा क्लबले शनिबार मात्र राष्ट्रिय लिग नखेल्ने निर्णय गरेको छ।

क्लब दर्ताका लागि एक दिन बाँकी रहँदा शनिबार केन्द्रीय समिति र सल्लाकारको संयुक्त बैठकले यो वर्ष लिग नखेल्ने सर्वसम्मत निर्णय गरेको हो। एन्फाले क्लब दर्ताका लागि आइतबारसम्म समयसीमा तोकेको छ।

वार्षिक रूपमा करोडभन्दा बढी आम्दानी भएको ६ दशक पुरानो संकटाले आर्थिक अवस्था थप मजबुत बनाउन यो वर्ष लिग नखेल्ने निर्णय गरेको महासचिव सुरेन्द्र सिख्राकारले बताए।

'क्लबलाई आर्थिक रूपले बलियो बनाउने लक्ष्यसाथ हामीले यो वर्ष लिगमा भाग नलिने निर्णय गरेका हौं,' उनले नागरिकसँग भने, 'यो लिग बाध्यकारी नभएकाले निर्णय लिन सजिलो भयो। अहिले हामीसँग खेलाडी पनि छैनन्।'

राष्ट्रिय लिग आयोजनाका लागि महŒवपूर्ण भूमिका निर्वाह गर्दै आएका एन्फा सिइओ तुलाधरकै टोली नखेल्दा उनीमाथि नैतिक दबाब बढेको छ। माघ ७ मा सुरु हुने राष्ट्रिय लिग खेल्ने सम्भाभित ६ ए डिभिजन क्लबमा संकटा पनि थियो।

संकटाको निर्णयपछि अब ए डिभिजनका ५ (लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी, थ्री स्टार, त्रिभुवन आर्मी, नेपाल पुलिस र एपिएफ) र ५ जिल्ला (मोरङ, झापा, मकवानपुर, रुपन्देही र कैलाली) मात्र राष्ट्रिय लिग खेल्ने सम्भावनाको सूचीमा बाँकी छ।

टेबहालमा तीन आनाभन्दा बढी जग्गा खरिद गरेको र त्यसमा भवन निर्माण गर्नका लागि लिग नखेल्ने निर्णय गरेको महासचिव सिख्राकारले बताए। 'दीर्घकालीन रूपमा क्लबको नियमित आम्दानी भएमात्र फुटबलमा लगानी गर्न सकिन्छ,' उनले भने, 'त्यसैले यो मौकाको सदुपयोग गरी जग्गा र त्यसमा रहेको पुरानो घर खरिद गरेका छौं। अब त्यसमा नयाँ घर बनाएर भाडामा दिएपछि क्लबको आम्दानी महिनामै लाखौं पुग्नेछ। त्यसले फुटबलमा निरन्तर रहन मद्धत पुग्छ।'

तीन पटक (२०३५, २०४० र २०४२) को ए डिभिजन लिग च्याम्पियन संकटाले गत वर्ष साधारण सभाबाट प्राइभेट लिमिटेड कम्पनीमा परिणत हुने निर्णय गरेको थियो।

लामो समय ए डिभिजनमा रहेको टोली २०६६/०६७ मा 'बी' डिभिजनमा घटुवा भयो। त्यसको लगत्तै अर्को वर्ष टोली पुनः ए डिभिजनमा बढुवा हुन सफल भएको थियो। गत वर्ष राष्ट्रिय टोलीका पूर्वकप्तान राजुकाजी शाक्यको प्रशिक्षणमा टोलीले ए डिभिजनमा पाँचौं स्थान पाएको थियो।

संकटाका कोषाध्यक्ष गौतम डंगोलले क्लब फुटबलबाट भागेको नभई तत्कालमात्र अलग भएको प्रस्ट्याए। 'आर्थिक अभाव होइन। आर्थिक रूपमा थप बलियो बन्न यो निर्णयमा पुगेका हौं,' उनले भने, 'रेलिगेसनमा नपर्ने भएपछि अहिलेको लिग त्यति महŒवपूर्ण छैन। अहिले फुटबलमा लाग्ने खर्च जोगाएर जग्गा किनेका छौं। यो मौका क्लबका लागि उपयोग गरेका हौं।'

'लिग नखेले पनि हामी एक सयभन्दा बढी स्थानीय बालकलाई फुटबल प्रशिक्षण दिइरहेका छौं,' उनले थप प्रस्ट पारे, 'स्थानीय खेलाडी नभएसम्म क्लब बलियो हुँदैन भन्ने निष्कर्षमा पुगेकाले प्रशिक्षण सुरु गरेका हौं। सम्भव भए हामी आफ्नै मैदानका लागि जग्गा पनि खरिद गर्ने योजनामा छौं।'

२००८ सालमा स्थापित क्लबले आयस्रोत बढाउन पटकपटक गरी नेपाल वायुसेवा निगमको जग्गा ५ वर्षका लागि भाडामा लिएको थियो। सुन्धाराको काठमाडौं मल र निगम कार्यालयबीचको जग्गामा पसल कबल निकालेर भाडामा दिएको क्लबले त्यसबाट मात्र वार्षिक २५ लाखभन्दा बढी आम्दानी गरिरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस