अध्यक्ष फुटबल कप मंसिर २५ गतेदेखि
२२ मंसिर २०७८
•
१ मिनेट पाठ
अध्यक्ष फुटबल कप मंसिर २५ गतेदेखि
खेलाडी उत्पादन गर्ने मुख्य उद्देश्य राखेर सुनसरीको गढी गाउँपालिकास्तरीय तेस्रो अध्यक्ष कप फुटवल प्रतियोगिता मंसिर २५ गतेदेखि हुने भएको छ। प्रतियोगिता पुस ३ गतेसम्म चल्नेछ।




गढी गाउँपालिकको आयोजनामा हुन लागेको प्रतियोगितामा विजेता टीमलाई नगद ७१ हजार प्रदान गरिनेछ। यस्तै, उपविजेता टीमलाई ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बुधबार आयोजित पत्रकार सम्मेलनमा जाकारी दिइयो। खेलमा प्रत्येक विधामा उत्कृष्ट हुनेलाई जनही एक हजार रुपैयाँ पुरस्कार  प्रदान गरिनेछ।

गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवका अनुसार प्रतियोगिता सञ्चालनका लागि कुल सात लाख रुपैयाँ बजेट छुट्याइएको छ। प्रतियोगितामा छ वटा वडाका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। फुटबल प्रतियोगिता यूथ फर प्लानिङ् एण्ड एक्सन क्लब गढीको संयोजनमा हुन लागेको हो।
अर्को समाचार
तेल्लोकमा मंसिर २५ गतेदेखि सिरिजङ्गा मेला तथा सिरिजङगा गोल्डकप हुने
०२ मंसिर २०७९
•
२ मिनेट पाठ
तेल्लोकमा मंसिर २५ गतेदेखि सिरिजङ्गा मेला तथा सिरिजङगा गोल्डकप हुने
तेअङ्सी सिरिजङगासिंह थेबेको ३१८ औ जन्मजयन्तीको अवसरमा ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकमा सिरिजङ्गा मेला तथा सिरिजङगा गोल्ड कपको दोस्रो संस्करण हुने भएको छ।  




तेल्लोक स्पोर्टिङ क्लव र तेअङ्सी सिरिजङगासिंह थेबे स्मृति प्रतिष्ठानको आयोजना मंसिर २५ देखि  २९ गते सम्म सिरिजङ्गा मेला तथा खुल्ला पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको तेल्लोक स्पोर्टिङ क्लवका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए। खेल तेल्लोक माविको मैदानमा हुने भएको छ। फुटबल प्रतियोगितामा विजेता हुने टिमले नगद १ लाख ५१ हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ। उपविजेता टिम ८१ हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्रको हकदार हुने छ। प्रत्येक खेलका म्यान अफ द म्याच दिइने छ।  खेल अवधिभरबाट चार विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई मेडल, प्रमाण पत्र सहित नगद पुरस्कार प्रदान गरिने अध्यक्ष भट्टराईले जानकारी दिए।  

फुटबल प्रतियोगितामा १० टिमलाई मात्र सहभागिता गराइने छ। सहभागी फुटबल क्लवहरुले मंसिर १० गतेभित्र प्रकृयामा समावेश हुनुपर्ने र मंसिर १५ गते भित्र खेल तालिका सार्वजनिक गरिसक्ने समेत भट्टराईले सुनाए।  

मेलाका लागि करिव २० लाखको खर्च प्रस्ताव

सिरिजङ्गा मेलाका लागि १९ लाख ६० हजार रुपैयाँ बराबरको खर्च प्रस्ताव गरिएको छ। क्लवका कोषाध्यक्ष दिनेश भट्टराईका अनुसार महोत्सवका लागि सरकारी निकाय,संघसंस्था,दाता महानुभावहरुलाई आर्थिक सहयोगका लागि आग्रह गरिएको छ। मेलालाई स्थानीय स्तरमा उत्पादित बस्तुको बिक्री र प्रवद्र्धनको अवसरको रुपमा उपयोग गर्ने योजना बनाइएको छ। क्लबका सचिव रञ्जित मावोका अनुसार मेलाका अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थितिमा मनोरजनात्मक कार्यक्रम,स्थानीय समुदायको जातिय पहिचान झल्कने जातीय झाँकी प्रदर्शनी सहितका कार्यक्रम हुने भएका छन्।  

सरिजंगासिंह थेबेलाइ किराँत लिम्बू लिपिका प्रचारक,सिरिजंगा लिपि र याक्थुङ संस्कृतिका प्रणेता,जातिय अस्थित्वका रक्षक,ज्ञानका पुञ्ज एवम् प्रकाण्ड विद्धान मानिन्छ। सिरिजङ्गा गाउँपालिका त्येअङ्सी सिरिजंगासिंह थेबेको जन्म भएको स्थलको रुपमा परिचित छ। मंसिर २९ गते सिरिजंगासिंह थेबेको जन्म जयन्ती हो। यसअघि २०७८ साल मंसिर २९ गतेदेखि पुस ४ गते सम्म सिरिजङ्गा महोत्सव आयोजना गर्ने भनिएपनि कोरोना संक्रमणका कारण पूर्व निर्धारित कार्यक्रम स्थगित गरिएको थियो।
चुनावी राजनीतिभन्दा सामाजिक सेवामा कांग्रेसको जोड : पालिकास्तरमा ‘एनसी फर एनसी’ अभियान विस्तारको तयारी
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
चुनावी राजनीतिभन्दा सामाजिक सेवामा कांग्रेसको जोड : पालिकास्तरमा ‘एनसी फर एनसी’ अभियान विस्तारको तयारी
पार्टी सभापति गगनकुमार थापाले ‘एनसी फर एनसी’ (राष्ट्रिय मामिलामा नेपाली कांग्रेस) अभियानमार्फत पार्टीलाई राजनीतिक गतिविधिसँगै सामाजिक सेवा...
Whatsapp
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने पुल निर्माण एक महिनाभित्र सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
Whatsapp
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
कर्पोरेट
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘ढुक्कको कनेक्सन’ सेवा सुरु गरेको छ।
Whatsapp
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
अपराध
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
प्रहरीका अनुसार दक्षिण कोरियाली नागरिकले आफ्नो ह्यान्ड ब्यागेजभित्र फल्स बटम बनाएर लुकाएको अवस्थामा तीन किलो कोकिन बरामद गरिएको हो। उक्त कोकिन लिन आएक...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ।
Whatsapp
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
शिक्षा
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
प्रधानाध्यापकको कुर्सीमा बसेर विद्यालयको अवस्था नियाल्दा उनलाई एउटा प्रश्नले सधैँ घोचिरहन्थ्यो, आफूलाई शिक्षा दिएर जीवनको बाटो देखाउने विद्यालयका लागि...
Whatsapp
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति रास्वपा प्रतिबद्ध रहेको बताएका छन्।
Whatsapp
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहलाई दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई गतिशील सेतु बनाउने दिशामा अघि बढ्न सुझाव दि...
Whatsapp
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
आइतबार तेस्रो दिनको खेलको समाप्तिमा २४३ रनको अग्रता बनाएसँगै न्युजिल्यान्डले दोस्रो टेस्टमा पकड बनाएको हो। 
Whatsapp
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
मन्त्री यादवले विना धितो कर्जा, उद्यमशीलता र केयर इकोनोमी पोलिसी जस्ता विषयहरूमा समेत काम अघि बढेको बताए।
Whatsapp
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
लागूऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
Whatsapp
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस