नेपाल कठिन मोडमा
३० असार २०७२
•
७ मिनेट पाठ
नेपाल कठिन मोडमा
काठमाडौं- ब्याटिङमा पुनः एकपल्ट कमजोर प्रदर्शन गरेपछि बुधबार नेपाल विश्व ट्वान्टी–२० छनोट क्रिकेटमा हङकङसँग ५ विकेटले पराजित भएको छ।
यो हारले नेपालको अर्को वर्ष भारतमा हुने विश्वकप खेल्ने सम्भावना कठिन बनेको छ। समूह 'ए' रहेको नेपाल, नामिबिया र हङकङको समान ३ अंक छ। नेपालले चार खेल खेलिसकेको छ भने नामिबिया र हङकङले तीन खेल खेलेका छन्।

आयरल्यान्ड र स्कटल्यान्डमा संयुक्त रूपमा भइरहेको छनोट क्रिकेटमा नेपालले अमेरिकालाई ६ विकेटले हराउँदै विजयी सुरुआत गरेको थियो। वर्षाले खेल पुरा हुन नसकेपछि नेपालले नामिबियासँग समान १ अंक बाडेको थियो। तर सोमबार नेपालले आयरल्यान्डविरुद्धलज्जाजनक हारको सामना गर्दा ५३ रन बनाएको थियो, जुन खेलमा नेपाल ८ विकेटले पराजित भयो।

बुधबार पनि नेपालको ब्याटिङ सुरुआतमै फितलो बन्यो। आयरल्यान्डस्थित सिभिल सर्भिस क्रिकेट क्लबको मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल२० ओभरमा १ सय ९ रन जोड्दै अलआउट भयो। नेपालले दिएको लक्ष्यहङकङले ५ बल बाँकी रहँदा ५ विकेट गुमाई पूरा गरेको थियो। यसअघि ट्वान्टी–२०क्रिकेटमा हङकङलाई नेपालले पछि पारेको थियो।

दुई वर्षअघि युएईमा नेपालले हङकङलाई ५ विकेटले पराजित गर्दै पहिलोपल्ट ऐतिहासिक रूपमा ट्वान्टी–२० विश्वकपलाई छनोट भएको थियो।

बंगलादेशमा भएको विश्वकपमा नेपालले हङकङमाथि ८० रनको विजयी पाएको थियो, जुन ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालको सबैभन्दा प्रभावशाली जितमध्ये एक हो।

त्यही वर्ष श्रीलंकामा सम्पन्न हङकङविरुद्धको चार अन्तर्राष्ट्रिय खेलको शृंखला वर्षाका कारण बिथोलिएको थियो। एकमात्र खेल सम्भव हुँदा हङकङले नेपालविरुद्ध २ विकेटको विजय पाएको थियो।

नेपालले बुधबार सुरुआतमै कमजोर देखियो। ओपनर सुवास खकुरेल २, कप्तान पारस खड्का १ र उपकप्तान ज्ञानेन्द्र मल्ल खाता खोल्न नसकेर आउट भएपछि नेपालले दबाबमा झेल्नुपरेको थियो। शरद भेषावकरले २७, राजेश पुलामीले २५, सोमपाल कामीले १६, वसन्त रेग्मीले ११ रन बनाएपछि नेपालले सम्मानजनक स्कोर बनाएको हो। मध्यक्रमका शरद (२७) र राजेश (१४)ले छैटौं विकेटका लागि ४१ रनको साझेदारी गरे, जुन खेलमा नेपालको उच्च साझेदारी हो।

दुई ओभरमै दुई विकेट गुमाएपछि नेपालको कमजोर सुरुआत भयो।

जारी प्रतियोगितामा पहिलो खेल खेलेका सुवास दोस्रो ओभरमा आउट हुँदा नेपालले १० रन जोडेको थियो। उनी हङकङका हसिब अमजादबाट बोल्ड भए। १.५ ओभरमा ज्ञानेन्द्र अमजादकै सिकार बने। दुई बल खेलेका उपकप्तान ज्ञानेन्द्रलाई अमजादले जमी एटकिन्सनको हातबाट क्याचआउट गराए। नेपाली ब्याट्सम्यानका लागि टाउको दुखाइ बनेका अमजादले चौथो ओभरमा कप्तान पारसलाई पनि एलबिडब्लु आउट गराए। लगातार महŒवपूर्ण विकेट गुमाएपछि दबाबमा खेलेको टोलीलाई अनुभवी वसन्त, शरदसहित सोमपाल र राजेशले उकासेका थिए। १९ बलमा खेलेका वसन्तले १०औं ओभरमा आउट हुनुअघि २ चौका प्रहार गरेका थिए। उनी अजाज खानको बलमा एट्किन्सनबाट क्याचआउट भए।

१६ ओभरको सुरुआतमै राजेश पुलामी आक्रामक रूपमा प्रस्तुत भए। उनले लगातार दुई छक्का प्रहार गर्दै हङकङका बलरलाई कमजोर दबाबमा ल्याएका थिए। ३४ बल खेलेकाराजेश इरफान अहमदको बलमा हासिब अमजादबाट क्याचआउट भए। १७औं ओभरको पहिलो बलमै प्रदीप ऐरी पहिलो बलमै निजाकत खानको बलमा एलबिडब्लु आउट भए। १९औं ओभरमा शरद तनविर अफजलको बलमा नदिम अहमदबाट क्याचआउट भए। १९ओभरमा नेपाललेसर्वाधिक २२ रन बटुलेको थियो। अन्तिम ओभरमा सोमपाल गुमाएको नेपालले ५ रनमात्र बनायो। सोमपाल र शक्ति गौचन (२) लाई गुमाएको थियो। १२ बल खेलेका सोमपालले एक छक्का हानेका थिए। शरदले २४ बलमा २ चौका र एक छक्का हानेका थिए।

म्यान अफ द म्याच हङकङका हसिबले ४ र इरफानले २ विकेट लिएका थिए।

जवाफमा १ सय १० रनको लक्ष्य लिएर आएको हङकङका ओपनर इरफान अहमदलाई सोमपालकामीले दोस्रो ओभरमा बोल्ड गरेर उत्कृष्टसुरुआत गरे। तर निजाकत खानले दुई चौका एक छक्काको मद्धतमा २५, अंशुमन राथले १९, बाबर हायतले अविजित १७र अजिज खानले २ चौकाको मद्धतमा अविजित १४ रन बनाउँदै हङकङलाई सफलता दिलाए। वसन्त रेग्मीले ४ ओभरमा ४ विकेट लिए। उनले ४ ओभरमा १६ रन खर्चेका थिए।

नेपालले अब शुक्रबार पपुवा न्युगिनी र शनिबार जर्सीसँग खेल्नेछ। बुधबारै पपुवाले प्रतियोगिताको दाबेदारका रूपमा हेरिएको आयरल्यान्डलाई २ विकेटले हराएको छ। जर्सीले हङकङमाथि ९ विकेटले जित पाएको थियो।

भारतमा हुने विश्वकप छनोटका लागि दुई समुहमा ७–७ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। समूहका शीर्ष टोली स्वतः छनोट हुनेछ। दोस्रो हुनेले अर्को समूहको तेस्रो हुने टोलीसँग प्लेअफ खेल्नुपर्नेछ। प्लेअफमा जित्ने विश्वकप छनोट हुन्छन् भने पराजित हुने दुई टोलीले समूहमा चौथो स्थान हासिल गर्ने टोलीसँग अर्को एक प्लेअफ खेल्ने अवसर पाउनेछ।
अर्को समाचार
नेपाल यात्रा सुरुवातमै कठिन
०८ पौष २०७२
•
९ मिनेट पाठ
नेपाल यात्रा सुरुवातमै कठिन
त्रिवेन्दम, (भारत)- निराशाको अर्को ९० मिनेट राष्ट्रिय फुटबल टोलीको नियति बनेपछि साफ च्याम्पियनसिपको सेमिफाइनल पुग्ने नेपालको यात्रा कठिन मोडमा पुगेको छ। लगातार दुई संस्करणमा सेमिफाइनल पुगेको नेपाल नयाँ संरचनाको टोली लिएर नवौं साफ च्याम्पियनसिप खेल्न केरला आइपुगेको थियो। अन्तिम चार पुग्ने सबैभन्दा राम्रो नतिजामा समेत सुधार गर्ने लक्ष्य रहे पनि बुधबार कमजोर मानिएको श्रीलंकासँग दुर्भाग्यको सिकार बन्दा नेपालले १–० को पराजय बेहोर्‍यो।

आन्तरिक कारणले अन्तर्राष्ट्रिय फुटबलबाट केही समयदेखि अलग रहँदै आएको पाकिस्तानले सहभागिता फिर्ता लिएपछि नेपालसम्मिलित समूह 'ए' मा तीन टोली आयोजक भारत र श्रीलंकामात्र बाँकी रहे। तीनमध्ये शीर्ष दुई टोली सेमिफाइनल पुग्ने भएकाले नेपालका लागि प्रतियोगिताको समूह चरण सहज हुने विश्वास लिइएको थियो। पछिल्लो समय युवा खेलाडीमा बढी भर गरेको श्रीलंकाको प्रदर्शन कमजोर रहँदै आएको थियो। श्रीलंकामाथि जित पाएको भए पनि नेपालको सेमिफाइनलयात्रा पक्काजस्तै हुने अवस्था थियो। तर, यो हारका कारण नेपाल समूह चरणबाटै बाहिरिन सक्ने खतरामा फसेको छ।

नेपाली टोलीका बेल्जियन प्रशिक्षक प्याटि्रक ओजेम्सले विपक्षी टोली निकै रक्षात्मक रणनीतिमा उत्रिएकाले नतिजा गुमाउनुपरेको बताए। 'हामी यो खेल जित्ने उद्देश्यसाथ मैदान आएका थियौं, तर दुर्भाग्य त्यो हुन सकेन,' ओजेम्सले भने, 'उनीहरूले आज फुटबल खेल्नै चाहेनन्। पूरै रक्षात्मक खेले। बराबरी उनीहरूको लक्ष्य थियो। हामी अन्तिम समय सम्हालिन नसक्दा दुर्भाग्यजनक गोल खायौं।

ओजेम्सले यो हारका कारण भारतसँगको खेलमा जित्नैपर्ने दबाब बढेको बताए।

श्रीलंकाका प्रशिक्षक कोलोनागे एमएस परेराले योजनाअनुरुप खेल्दा प्राविधिक रूपमा बलियो नेपालमाथि विजय पाएको बताए। 'नेपाल धेरै राम्रो टोली हो। हामी भाग्यमानी भयौं। प्राविधिक कमिटीसँगको छलफलपछि भारतसँगको रणनीति परिवर्तन गर्नेछौं। हामी विजेताका रूपमा सेमिफाइनल पुग्न चाहन्छौं,' उनले भने।

पाँचपटक प्रतियोगिता जितिसकेको भारत समूहको बलियो टोली हो। नेपालले सेमिफाइनल पुग्न भारतविरुद्ध आइतबार हुने खेल जितेर मात्र पुग्दैन। त्यसअघि शुक्रबार हुने भारत र श्रीलंकाबीचको खेलको नतिजा पनि आफूअनुकूल आएको देख्न पाए नेपालको झिनो गणितीय सम्भावना वास्तविकतामा परिणत हुनेछ।

आइएसएल खेलाउन भर्खरै बनाइएको त्रिवेन्दम रंगशालाको ३० डिग्रीको तापक्रममा नेपालको सुरुआत निकै उत्साहजनक थियो। विपक्षीको तुलनामा विपक्षी पोस्टमा थुप्रैपल्ट धावा बोले पनि नेपाली फरवार्डहरूले गोलको खडेरी टार्न सकेनन्। रोहित चन्दले सुरुमै गरेको प्रभावशाली हेड प्रहार विपक्षी गोलकिपर डन सुजन परेराले मुस्किलले जोगाए भने विमल घर्तीमगर चारपटक गोलका राम्रा मौकाबाट चुके। अन्जन विष्टका दुई प्रयास खेर जाँदा जगजित श्रेष्ठ र रोहितका थप प्रयासले पनि नेपाललाई सफलता दिलाउन सकेन।

ठिक विपरीत श्रीलंकाले भने दुई पटकमात्र नेपालको पोस्टमा गम्भीर रूपमा धावा बोल्दा एउटा गोल निकाल्यो। पुरा ९० मिनेट विपक्षीको मैदानमा रवाफ जमाए पनि गोल गर्न नसक्दा नेपालको गोल र विजयरहित खेलसंख्या ११ पुगेको छ। दुई वर्षअघि काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपको अघिल्लो संस्करणको समूह चरणमा भारतलाई २–१ ले हराएयता नेपालले कुनै पनि खेलमा गोल गर्न सकेको छैन।

फिफाको वरीयताक्रममा नेपाल श्रीलंकाभन्दा दुई स्थान माथि छ। बुधबार त्यहीअनुरुप प्रदर्शन गर्नेक्रममा नेपालले पूरा समय बल पोसेसनमा ६४–३६ ले नियन्त्रणमा राखेको थियो। विपक्षी पेनाल्टी बक्स छेउमा मात्र नेपालले चारपटक फ्रि–किक मौका पाएको हो। यसैगरी नेपालले पूरा खेलअवधिभर ९ कर्नर पाउँदा श्रीलंकाले दुई पटक मात्र कर्नरको मौका पाएको थियो।

तर, दोस्रो हाफमा फ्रि–किकमा एउटा खतरनाक प्रहार गरेको श्रीलंकाले नेपाली रक्षापंक्तिको गल्तीमा इन्जुरी समयमा निर्णायक गोल गर्योि। निर्धारित समयमा श्रीलंकाको कडा फ्रि–किक नेपालका गोलकिपर किरण चेम्जोङले मुस्किलले जोगाए। इन्जुरी समयमा विराज महर्जन, रोहित चन्द र जितेन्द्र कार्कीको बीचमा पेनाल्टी बक्सभित्रबाट मोहम्मद रिफनासले प्रहार गरेको बल जोगाउन किरण सफल भएनन्।

नेपाली टोली– अनिल गुरुङ (कप्तान, नवयुग श्रेष्ठ ५४), किरण चेम्जोङ (गोलकिपर), रोहित चन्द, विराज महर्जन, आदित्य चौधरी, जितेन्द्र कार्की, रञ्जित धिमाल, अञ्जन विष्ट, हेमन गुरुङ, विक्रम लामा (जगजित श्रेष्ठ ६५), विमल घर्तीमगर।

दुईथरी जर्सी
कमजोर व्यवस्थापनका कारण आलोचित प्रतियोगिताको नवौं संस्करणको उदघाट्न खेलमै नेपालले दुईथरी जर्सी लगाउनुपर्योआ। नेपालले रातो र श्रीलंकाले कलेजी रंगको जर्सी लगाएर मैदान उत्रिँदा पहिलो हाफमा दुई टोलीका खेलाडी छुट्टाउन पनि कठिन भयो। पहिलो हाफमा उस्तै जर्सी भएका कारण खेल्न गाह्रो भएपछि मध्यान्तरमा नेपालले जर्सी फेर्नुपरेको थियो।

नेपाल दोस्रो हाफमा नीलो जर्सी लगाएर मैदान उत्रियो। जर्सी नीलो लगाए पनि कट्टु भने नेपालले रातो नै लगाएको थियो। पूरा सेट फेर्न नपाएर त्यसो गरिएको हो। कुनै पनि आधिकारिक प्रतियोगितामा खेलभन्दा एक दिनअघि नै हुने व्यवस्थापक बैठकमा टोलीले लगाउने जर्सीको विषयमा निर्णय हुने गर्छ। नेपालका प्रशिक्षक ओजेम्सले व्यवस्थापन बैठकमा जर्सीबारे केही नबताइएको र मैदानमा दुवै टोलीको उस्तै जर्सी भएकोमा आयोजकको आलोचना गरे। 'दुवै टोलीको एउटै जर्सी भएपछि हाम्रा खेलाडी 'कन्फ्युज्ड' भए। त्यसैले हामीले जर्सी फेर्यौं । यस्तो कमजोर व्यवस्थापन विश्वमा कही हुँदैन,' ओजेम्सले भने।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस