दक्षिण अफ्रिका विजयी
०३ भदौ २०७२
•
४ मिनेट पाठ
दक्षिण अफ्रिका विजयी
सेन्चुरियन- हसिम अमलाले शतक बनाउँदै सफल पुनरागमन गर्दा दक्षिण अफ्रिकाले बुधबार पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्यान्डलाई २० रनले हराएको छ। अमला (१२४) र रिली रोस्वोले दोस्रो विकेटमा १ सय ८५ रनको साझेदारी गरेपछि दक्षिण अफ्रिकाले ७ विकेट गुमाई ३ सय ४ रन बनायो। जवाफमा न्युजिल्यान्ड ११ बल बाँकी रहँदा २ सय ८४ रनमा अलआउट भयो।




न्युजिल्यान्डले विपक्षीमाथि दबाब बनाए पनि नतिजा भने आफ्नो पक्षमा पार्न सकेन। टोम लाथम (६०) र कप्तान केन विलियम्सनले दोस्रो विकेटमा १ सय ४ रनको साझेदारी गरे। त्यसअघि ओपनर ल्युक रोन्ची (१) डेल स्टेयनको बलमा पहिलो ओभरमै आउट भए। विलियम्सन ४७ रन आउट भएपछि चोटग्रस्त मार्टिन गुप्टिलले आक्रामक शैलीमा २५ रन बनाए। तर, १२ बलका बीचमा तीन विकेट गुमाएपछि न्युजिल्यान्ड दबाबमा पर्यो२। फिल्डिङका क्रममा बायाँ नाडीमा चोट लागेपछि गुप्टिलले ओपनिङ गरेनन्। इन्जेक्सनपछि खेल्न तयार उनी चौथो नम्बरमा मैदान ओर्लेका थिए।

भ्रमणकारी टोलीले १ सय ५८ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो। तर, बायाँहाते जेम्स निसम (४१) र कोलिन मुनरो (३३) ले छैटौं विकेटमा ६५ बल खेल्दै ७१ रनको साझेदारी गरेपछि टोली जिततर्फ अग्रसर देखियो। तथापि टोलीले लगातार विकेट गुमाइरहँदा जित पाउन सकेन।

'हसिम र रोस्वोले जसरी ब्याटिङ गरे, त्यसको जवाफमा हाम्रा खेलाडीले जसरी खेले त्यसको पं्रशसा गर्न चाहन्छु,' कप्तान विलियम्सनले भने, 'तर छोटो समयमा हामीले तीन विकेट गुमाउनाले कठिन भयो।'

दक्षिण अफ्रिकी कप्तान एबी डी भिलियर्सले टोलीको फिल्डिङमा गुनासो गरे। 'हामीले ठूलो अन्तरका साथ जित्नुपर्ने थियो।' उनले भने, 'सम्भवत हामीले अर्को खेलअघि फिल्डिङका लागि अभ्यास गर्नुपर्नेछ।'

विश्वकप क्रिकेटअन्तर्गत मार्च ३ मा आयरल्यान्डविरुद्ध १ सय ५९ रन बनाएयता अमलाले १० एकदिवसीयमा अर्धशतक पनि बनाएनन्। १० मध्ये ७ इनिङमा उनी २० रनमा पनि पुग्न सकेका थिएनन्। तर, बुधबार उनको प्रदर्शन निकै जुझारु थियो। ५४ बलमा अर्धशतक पूरा गरेका अमलाले १ सय ९ बलमा २१ एकदिवसीय शतक आत्मसात गरेका थिए। १ सय २६ बलमा १ सय २४ रन बनाउँदा उनी एडम मिल्नेको बलमा बोल्ड भए। उनले १३ चौका र ३ छक्का प्रहार गरे। त्यसअघि उनले ७४ रनमा जीवनदान पाएका थिए। अर्कोतिर रोस्वोले सुस्त गतिमा रन बटुल्दै गए। उनले सुरुआती १७ बल खेल्दा २ रनमात्र बनाए। ८१ बल खेल्दै अर्धशतक पूरा गरेका उनले १ सय १२ बलमा ८९ रन जोडे। उनले पनि ३२ रनको अवस्थामा जीवनदान पाएका थिए।

विश्वकपको नाटकीय सेमिफाइनलपछि यी दुई टोलीबीच पहिलो पटक भेट भएको हो। सेमिफाइनलमा १ बल बाँकी रहँदा दक्षिण अफ्रिकालाई ४ विकेट हराउँदै न्युजिल्यान्ड पहिलोपल्ट विश्वकपको फाइनल पुगेको थियो। तर, सेमिफाइनल खेल्ने दक्षिण अफ्रिकामा सात र न्युजिल्यान्डमा ४ खेलाडीमात्र बुधबारको खेलमा उत्रेका थिए। केहीको चोट, केहीको संन्यासपछि टोलीमा परिवर्तन गरिएको थियो।
अर्को समाचार
भारतसँगको दोस्रो टी – ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका विजयी
१० फागुन २०७४
•
२ मिनेट पाठ
भारतसँगको दोस्रो टी – ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका विजयी
दक्षिण अफ्रिका – भारतसँगको ३ वटा ट्वान्टी–२० क्रिकेट श्रृखंलाको दोस्रो खेलमा दक्षिण अफ्रिका ६ विकेटले विजयी भएको छ। दक्षिण अफ्रिकामा जारी प्रतियोगिताअन्तर्गत बुधबार राति सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ८८ रन बनाएको थियो।




भारतका लागि मनिष पाण्डेले नटआउट रहदै सर्वाधिक ७९ रन बनाएका थिए। मनिषले ४८ बलको सामना गर्दै ६ चौंका र ३ छक्का प्रहार गरेका थिए। त्यस्तै महेन्द्रसिंह धोनीले नटआउट ५२, सुरेश रैनाले ३१ र शिखर धवनले २४ रनको योगदान दिए। दक्षिण अफ्रिकाका लागि जुनियर डालाले २ तथा जेपी डुमनी र एन्डीले फेलुकवायोले एक/एक विकेट हात पारे।

जवाफमा १ सय ८९ रनको लक्ष्य दक्षिण अफ्रिकाले खेल सकिन ८ वल हुदै भेट्टायो। अफ्रिकाका लागि हेनरिक क्लासेनले ४० बलमा ३ चौंका र ७ छक्काको मद्दतमा ७९ र जेपी डुमनीले ७४ बलमा ४ चौंका र ३ छक्काको मद्दतमा नटआउट ६४ रनको सर्वाधिक रन जोड्दै दक्षिण अफ्रिकालाई जिताए।

भारतका लागि जयदेव उनादकटले २ तथा सार्दुल ठाकुर र हार्दीक पान्ड्याले  एक/एक विकेट लिए। पहिलो ट्वान्टी –२० क्रिकेटमा भारत विजयी भएको थियो। यी दुई देशबीको तेस्रो तथा निर्णायक खेल २४ फेब्रुअरीमा हुनेछ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस