काठमाडौं- नेपाल समूह उपविजेता हुँदै बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। घरेलु टोली बंगलादेशसँग शुक्रबार साँझ गोलरहित बराबरी खेल्नुअघि दुवै टोलीको सेमिफाइनल प्रवेश भइसकेको थियो।
त्यसअघि दिउँसो समूहको अर्को खेलमा श्रीलंकाले मलेसियन सुपर लिग फेल्डा युनाइटेडलाई २–१ ले हराएपछि समूह चरणको अन्तिम खेलअघि नै नेपाल र बंगलादेश अन्तिम चारमा पुगिसकेका थिए।
श्रीलंकाको जितपछि नेपाल र बंगलादेशबीचको खेल समूह विजेता छुट्याउनमा मात्र सीमित रह्यो। समान ५ अंक भएपछि गोलअन्तरका आधारमा बंगलादेश समूह विजेता र नेपाल उपविजेता बन्यो।
प्रतियोगिताबाट बाहिरिएका श्रीलंकाको ३ र फेल्डाको २ अंक थियो। नेपाल र बंगलादेश तीनै खेलमा अपराजित रह्यो भने समूह चरणमा गोल नखाने नेपाल एक्लो टोली बनेको छ। नेपालले मंगलबार हुने सेमिफाइनलमा समूह 'बी' को उपविजेताको सामना गर्नेछ।
'बी' को अन्तिम दुई खेल बाँकी रहँदा माल्दिभ्स ६ अंकसहित शीर्ष स्थानमा छ भने बहराइनको यु–२१ टोली ४ अंकसहित दोस्रो स्थानमा छ। बंगलादेश यु–२३ सँग १ अंक र कम्बोडियाले खाता खोल्न सकेको छैन।
नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले शुक्रबारको खेल ५०–५० रहेको बताए। 'खेल्नुअघि नै सेमिफाइनल पुगिसकेकाले दबाब थिएन। हाम्रो रणनीति भनेको बंगलादेशलाई पहिलो हाफमा रोक्ने र दोस्रो हाफमा गोल गर्ने भन्ने थियो,' महर्जनले नागरिकसँग भने, 'मैले बंगलादेशको खेल हेर्दा पहिलाभन्दा दोस्रो हाफमा उनीहरूको प्रदर्शन कमजोर हुन्छ। त्यसको फाइदा उठाउँदै दोस्रो हाफमा गोल गर्ने योजना थियो। तर, सफल भएन। बाँकी सबै खेल बराबरीकै थियो।'
छोटो समयका बाबजुद टोलीले अपराजित यात्रा र तीन खेलमा गोल नखाएकोमा खुसी व्यक्त गर्दै भने, 'यसमा मेरो प्रशिक्षण टोली र खेलाडीहरूलाई धन्यवाद दिन चाहन्छु। हामी यो प्रतियोगितामा अहिलेसम्म सही दिशामा छौं। आशा गरौं हामीले सेमिफाइनल पनि जित्नेछौं।'
उनले नेपाली टोलीको सफलताले विस्तारै विश्वासको वातावरण बन्दै जाने आशा व्यक्त गरे। 'नेपाली फुटबलमा यो वर्ष नसोचेका घटना भएका छन्। फुटबलको लोकप्रियतामा कमी आएको छ। साफ च्याम्पिनसिपमा पहिलो चरणबाटै बाहिरिँदा समर्थक झन निराश भएका छन्,' उनले थपे, 'बंगबन्धुमा अहिले हामी उच्च मनोबलसाथ राम्रो नतिजा ल्याइरहेका छौं। मलाई आशा छ यसले नेपाली फुटबलमा फेरि सकारात्मक सन्देश जानेछ।'
पहिलो हाफमा बंगलादेश केही हाबी भए पनि गोल गर्न भने सकेन। नेपालले २६ औं मिनेटमा गोलको प्रयास गरे पनि सफलता पाएन। अञ्जन विष्टलाई विपक्षी खेलाडीले पेनाल्टी बक्सको केही बाहिरपट्टि फाउल हानेपछि नेपालले फ्रिकिक पाएको थियो। आदित्य चौधरीले हानेको फ्रिकिकमा बल सिधै विपक्षी गोलकिपरको हातमा पुगेको थियो। तर, उनले बल छुटाए पनि नेपाली खेलाडीले त्यसको फाइदा उठाउन सकेनन्।
दास्रो हाफमा नेपालले केही आक्रमण गरे पनि सफलता मिलेन। ५१ औं मिनेटमा कप्तान विराज महर्जनको क्रसमा रविन श्रेष्ठको प्रहार पोस्ट माथिबाट बाहिरियो। त्यसलगत्तै अञ्जन विष्टको प्रहारले दिशा दिन सकेन। ६४ औं मिनेटमा विराजले बायाँ खुट्टाको प्रहार विपक्षी गोलकिपरले मुस्किलले जोगाएका थिए।
बंगलादेशसँगको १८ औं भेटमा नेपालको यो दोस्रो बराबरी हो। तर, टोली अघिल्लो महिनाको हारको बदला लिनबाट भने चुकेको छ। साफ च्याम्पिनसिपको अन्तिम तयारीका लागि बंगलादेशसँगको मैत्रीपूर्ण खेल नेपालले १–० ले गुमाएको थियो। यी दुई टोलीबीच अहिलेसम्मका खेलमा नेपालले ५ खेल जितेको छ भने बंगलादेशले ११ खेलमा सफलता हासिल गरेको छ।
एपिएफका फरवार्ड रञ्जन विष्टले बंगलादेशको खेलमार्फत नेपाली राष्ट्रिय टोलीका लागि 'डेब्यु' गरेका छन्। ७३ औं मिनेटमा नवयुग श्रेष्ठको सट्टा मैदान छिरेका रञ्जन पहिलोपल्ट राष्ट्रिय टोलीबाट उत्रेका हुन्।
तीन वर्षयता एपिएफबाट खेल्दै आएका मकवानपुरका रञ्जनले राष्ट्रिय टोली भने भाइ अन्जनभन्दा ढिला 'डेब्यु' को अवसर पाए। साफ यू–१९ च्याम्पियनपिन टोलीका सदस्य अञ्जनले सन् २०१४ को अक्टोबरमा फिलिपिन्सबाट खेल्दै 'डेब्यु' गरेका थिए। अहिले उनी टोलीको पहिलो रोजाइका खेलाडी हुन्। नेपालका पछिल्ला पाँच खेलमा उनी पहिलो रोजाइमा छन्। शुक्रबारसम्म अञ्जनले राष्ट्रिय टोलीबाट ९ खेल खेलिसकेका छन्। नेपाली यु–२३ बाट खेलिसकेका रञ्जनले यो पटक राष्ट्रिय लिगमा ११ खेलमा ६ गोल गरेका थिए। बंगलादेशविरुद्धको खेलमा सुमन लामाले डेब्यु गरेका थिए।
बंगलादेशविरुद्ध नेपाली टोली : विकेश कुथु (गोलकिपर), विराज महर्जन (कप्तान), रविन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, विक्रम लामा, विशाल राई, हेमन गुरुङ (सुमन लामा ७९औं), विमल घर्तीमगर, नवयुग श्रेष्ठ (रञ्जन विष्ट ७३औं), अञ्जन विष्ट।