काठमाडौं-नवयुग श्रेष्ठको उच्च प्रदर्शनमा माल्दिभ्समाथि अहिलेसम्मकै फराकिलो ४–१ को विजय नतिजा निकाल्दै नेपाल बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ।
नेपाल १७ वर्षपछि कुनै पनि फुटबल प्रतियोगिताको फाइनल पुगेको हो । सन् १९९९ को काठमाडौंमा सम्पन्न आठौं दक्षिण एसियाली खेलकुद (साफ) को फाइनल पुगेयता नेपाल कुनै पनि प्रतियोगिताको फाइनल पुगेको थिएन । अब नेपालले बहराइन यु–२३ शुक्रबारसँग फाइनल खेल्नेछ ।
खेलको ३१ औं मिनेटमा राष्ट्रिय टोलीबाट पहिलो गोल गरेका नवयुगले दोस्रो हाफमा ह्याट्रिक पूरा गरे । त्यसबीचमा विशाल राईले पनि राष्ट्रिय टोलीबाट पहिलो गोल गरे । नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनको नजरमा पनि माल्दिभ्सविरुद्धको फराकिलो जित नसोचेको नतिजा हो । 'मैले यो फराकिलो नतिजा अनुमान गरेको थिइनँ । तर, फुटबलमा सबै सम्भव छ भन्ने यसबाट फेरि पुष्टि भएको छ,' नागरिकसँग टेलिफोन सम्पर्कमा महर्जनले भने, 'मैले पहिलोपल्ट राष्ट्रिय टोलीको जिम्मेवारी पाएकाले त्यसको दबाब थियो । तर, हामीले यहाँ आएदेखि प्रदर्शनमा सुधार गर्दै आएका छौं ।'
नेपालले माल्दिभ्सलाई १७ वर्षयता पहिलोपल्ट हराएको हो । संयोग आठौं साफमा पनि नेपालले माल्दिभ्सलाई सेमिफाइनलमा नै हराएको थियो । त्यति बेला टोलीले २–१ को जित दर्ता गराएको थियो । नेपालले ४–१ को अन्तरमा हराएको पनि यो पहिलोपल्ट हो । नेपालमाथि भने माल्दिभ्सले २००८ को साफ च्याम्पियनसिपमा ४–१ को जित दर्ता गराएको थियो । माल्दिभ्सविरुद्ध १५ खेलमा नेपालको पछिल्लो जित तेस्रो हो । ८ खेल गुमाएको नेपालले ४ खेलमा बराबरी खेलेको थियो ।
विमल घर्तीमगरको प्रहार गोलपोस्टमा ठोक्किएर फर्केपछि नवयुगले गोलको खाता खोले । गत महिना साफ च्याम्पियनसिपअन्तर्गत भारतविरुद्ध खेल्दा नवयुगको प्रहार पोस्टमा लागेर फर्कदा विमलले गोल गरेका थिए ।
सुरुबाटै हाबी रहेको नेपालका लागि ५२ औं मिनेटमा मनाङ मस्र्याङ्दीका विशाल राईले गोल गरे । रविन श्रेष्ठले क्रस गरेको बल पेनाल्टी बक्समा रहेका अञ्जन विष्टले फुत्काएपछि विशालले 'वान टस' मै गोल गरेका हुन् । उनले गोल गर्दा विपक्षी गोलकिपर अघि बढिसकेका थिए । विक्रम लामाले निकालेको पासमा नवयुगले बिना गल्ती ६२ औं मिनेटमा दोस्रो गोल थपे । ७६ औं मिनेटमा माल्दिभ्सका नासिद अहमदले गोल फर्काए पनि नवयुगले ह्याट्रिक पूरा गरे । इन्जुरी समयको दोस्रो मिनेटमा विक्रमको पासमा गरेको गोलबाट नवयुगले ह्याट्रिक पूरा गरेका थिए । उनी म्यान अफ दी म्याचसमेत चुनिए ।
प्रशिक्षक महर्जनले बंगबन्धुमा लगातार उच्च प्रदर्शनपछि नेपाली फुटबलमा नयाँ आशाको संचार भएको बताए । 'पछिल्लो समय नेपाली फुटबलको निकै आलोचित थियो । मैदानभित्र गोल गर्न नसकेर र बाहिर अनेक कारणले,' उनले भने, 'हामीले यो प्रतियोगिताबाट गोलको खडेरी पनि तोड्यौं र जितको शृंखला पनि जारी राखेका छौं । अब फुटबलप्रेमीहरूमा पुनः विश्वासको वातावरण जागेको हुनुपर्छ । यो सफलताका लागि सबै खेलाडी, अफिसियल लगायत सबै नेपालीलाई बधाई दिन चाहन्छु ।'
उनले अब उपाधि आशा गर्न सकिने बताए । 'हामी सेमिफाइनलसम्मको लक्ष्यसाथ आएका थियौं । यो जितपछि अब उपाधिको आशा गर्न सकिन्छ,' उनको विश्वास थियो, '२३ वर्षअघि हामीले यहीं सफलता प्राप्त गरेका थियौं । अहिले फेरि यसै मैदानमा म फरक भूमिकामा छु । उपाधि जितेर फर्कने आशा पलाएको छ । तर, त्यसका लागि सेमिफाइनलको जुझारुपन फाइनलमा दोहोर्याउन आवश्यक छ ।'