नवौं राष्ट्रिय खेलकुदमा भद्रगोल, भोलि विहान खेल्ने मैदान अझै तयार छैन
२६ असोज २०७९
•
२ मिनेट पाठ
नवौं राष्ट्रिय खेलकुदमा भद्रगोल, भोलि विहान खेल्ने मैदान अझै तयार छैन
पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदान। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष हक्की खेलाउने मैदानमा घाँस काट्दै महिला कामदारहरु। तस्बिर नागरिक
बिहीबार विहानै हक्कीको उदघाटन हुदैं छ। तर खेलस्थल अझै तयारी भईसकेको छैन्। पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानमा पुरुष हक्की हुनेछ। पोखरा–१९ लामाचौरस्थित गण्डकी बोर्डिङको खेल मैदानमा महिला हक्की शुरु गर्ने योजना नेपाल हक्की संघको छ।  




तयारीमा रहदाँ दुवै मैदान प्रतियोगिताको लागि योग्य नभएको नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले बताए। ‘राष्ट्रिय प्रतियोगिताको लागि जूनखालको मैदान हक्कीलाई चाहिने थियो। त्यो नै छैन्,’ उनले भने, ‘हक्कीलाई समथर(प्लेन) मैदान चाहिन्छ। दुवै मैदान राष्ट्रिय प्रतियोगिताको लागि योग्य छैन्।’ उनका अनुसार अन्तिम समयमा आएर हक्की खेल स्थगित गर्नुभन्दा इज्जतकै लागि जोखिम मोलेर भएपनि खेलाउनुपर्ने बाध्यता रहेको छ।  

‘गेम रोक्न हुन्न भन्ने मानसिकताले इज्जतकै लागि खेलाउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘जोखिम छ। जोखिम नलिई नहुने अवस्था छ।’ गौरीशंकर खेलमैदान घाँसले ढाकिएको छ। घाँस काटन् कामदार प्रयोग गरिएको छ। मेशिनले काट्नुपर्ने घाँस कामदारले हसियाँ प्रयोग गरेर काटिरहेको अवस्था छ। यस्तो अवस्थामा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्नुपर्ने बिडम्बना रहेको उनको भनाई थियो।  
मैदान मर्मत सम्भार गर्ने ठेकेदारलाई समेत सम्पर्क गरेर मैदान तयारीको लागि पहल गरेपछि अझै भईसकेको छैन्। ‘विहान महिला हक्कीको उदघाटन शुरु गर्ने र ११ बजे पुरुष हक्की शुरु गर्ने तयारीमा थियौं,’ उनले भने, ‘मैदानकै अवस्थाले कहिले रेखांकन गरेर पोष्ट मिलाउने तयारी गर्दा गर्दै नभ्याईने देखिएको छ। एकदिन ढिलो गरेर खेल खेलाउने योजनामा छौं।’  

गण्डकी बोर्डिङ स्कुलको मैदान खाल्डै खाल्डो रहेको उनले सुनाए। रोलरले सम्याउने प्रयास गरिएको उनले जानकारी गराए। उठेको भागहरुलाई रोलरले सम्याएपनि खाल्डोमा माटो हाल्ने काम अझै भएको छैन्। ‘उबडखाबड मैदान छ। कसरी गेम गर्ने चिन्ता बढेको छ,’ उनले भने, ‘जोखिम मोलेर गेम खेलाउनुपर्ने बाध्यता छ।’ 

गौरीशंकर खेल मैदानमा पाँचजनाले घाँस काटिरहेका छन्। उनले प्राविधिकले समेत मैदान हेरेपछि मैदानकै कारण गेम सञ्चालन गर्न सकिन्न भन्ने सन्देश राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलाई दिइएको सुनाए। ‘प्राविधिकले मैदानकै कारण गेम सञ्चालन गर्न सकिन्न भनेर सूचित गरिसकिएको छ,’ उनले भने।  

राष्ट्रिय खेलकुद परिषदले पनि मैदान तयारीको लागि इन्जिनियरसहितको टोलीलाई खटाईएको जनाएको छ। ‘हामीले जुन जुन खेलको लागि मैदानको समस्या छ। त्यसको पूर्णरुपमा सदस्य सचिवलाई रिर्पोटिङ गरिसकेका छौं,’ खेल व्यवस्थापन उपसमितिका संयोजक राजेशकुमार गुरुङले भने, ‘समस्याहरुलाई सम्बोधन गर्नुपर्छ भनेर जानकारी गराईसकेको छु,’ उनले राखेपकै प्राविधिकसहितको टोलीलाई मैदान तयारी गर्ने सन्दर्भमा टोली खटाइएको बताए।  
अर्को समाचार
खेलाडीलाई न जर्सी, न खेल्ने मैदान
२७ असोज २०७९
•
१ मिनेट पाठ
खेलाडीलाई न जर्सी, न खेल्ने मैदान
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबारदेखि हक्की खेल सुरु गर्ने तालिका थियो। तर, खेल सुरु हुनेबेलासम्म मैदान तयार नभएपछि तोकिएको भन्दा करिब ६ घन्टापछि मात्रै खेल सुरु भयो।




बिहीबार हुने खेलको मैदान बुधबारदेखि तयारी  गर्न थालियो। बिहान ७ बजे गर्ने भनिएको महिला हक्कीको खेल आवश्यक व्यवस्थापन समयमा पूरा नभएपछि अनिश्चित भयो। आजै ९ बजे सुरु गर्ने भनिएको खेल खेलाडीले जर्सी नपाएर पुनः १ बजेसम्मका लागि स्थगित गरिएको छ। ‘अहिलेसम्म खेलाडीले जर्सी पाएका छैनन्। जर्सी पाएपछि मात्रै खेलाडी मैदान जान्छन्,’ नेपाल हक्की एसोसिएसनका निर्देशक अशिम श्रेष्ठले भने, ‘खेलकुद निकै फितलो भइरहेको छ । व्यवस्थापन चुस्त छैन।’

हक्की मात्रै होइन, फेन्सिङ खेलको पनि उस्तै दुर्दशा भयो। सोमबारदेखि सुरु भएको फेन्सिङ खेल सामग्री समयमा नपाएकै कारण प्रभावित भयो। पोखरा रंगशाला परिसरभित्रको ब्याड्मिन्टन हलमा सोमबारबाट फेन्सिङको प्रतियोगिता अत्यन्तै अस्तव्यस्त रूपमा सुरु भयो।

बिहानै गर्ने भनिएको प्रतियोगिता खेलाउने ठाउँ नपाएर ढिलो गरी सन्चालन गरिएको थियो । ‘ब्याड्मिन्टनको हलमा प्रतियोगिता गर्न भनियो। न ब्यानर छ, न खेलाडीलाई सामग्री छ,’ फेन्सिङ संघका पदाधिकारीले भने, ‘मिनेटैपिच्छे बत्ती गयो। जेनेरेटर पनि छैन।’ शुक्रबारदेखि नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन हुँदै छ। तर अधिकांश खेलकुदका लागि सामग्री पाएका छैनन्। खेलाडीले  खेल्ने ठाउँ र जर्सीसमेत पाउन नसकेको गुनासो गरेका छन्।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस