मैदान तयारी नहुँदा र जर्सी नपाउँदा हक्कीको उदघाटन खेल सर्यो
२७ असोज २०७९
•
१ मिनेट पाठ
मैदान तयारी नहुँदा र जर्सी नपाउँदा हक्कीको उदघाटन खेल सर्यो
खेल मैदान पूर्ण रुपमा तयारी नहुँदा र जर्सी समयमै नपाउँदा आजदेखि शुरु हुने महिला तथा पुरुष हक्की खेल पछि धकेलिएको छ। बिहीबार पुरुषको खेल पोखरा–२५ हेमजास्थित गौरी शंकर खेल मैदानमा विहान उदघाटन गर्ने कार्यक्रम तय गरिएको थियो। महिलाको पोखरा–१९ लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको खेल मैदानमा विहान उदघाटन गर्ने कार्यक्रम थियो।




गौरीशंकर खेलमैदानमा अझै घाँस काटेर नसकिदाँ उदघाटन खेल केही ढिलो हुने नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले बताए। उनले उदघाटनसँगै उदघाटनमा सहभागि प्रदेशले समेत खेल सामान(जर्सी) नपाउँदा खेल समयमै आयोजना गर्न नसकिएको उनको भनाई थियो।

‘हामीले त अहिलेसम्म जर्सी केही पनि पाएका छैनौं, ’ बागमति प्रदेशका हक्की प्रशिक्षक अश्विनीकुमार अधिकारीले भने, ‘बल्ल प्रिन्ट गर्न दिएको छ भन्ने थाहा पाएका छौं। कहिले आउँछ यकिन छैन्।’ खेल मैदान अझै तयार नभएको र खेल सामान पनि नआएकोले दुई खेल पछि सारिएको बताए। पुरुषको उदघाटन खेल प्रदेश नं १ र सुदुरपश्चिम बीच थियो। दोस्रो खेल बागमी प्रदेश र लुम्बिनी प्रदेश बीच हुने थियो। तेस्रो खेल गण्डकी प्रदेशले नेपाल आर्मीको सामना गर्ने कार्यक्रम थियो। दुई खेल पछि सारिदाँ उदघाटन गण्डकीले नेपाल आर्मी बीच हुने छ।

महिला तर्फको सुदूर पश्चिम र बागमती प्रदेश बीच उदघाटन खेल राखिएको थियो। महिला टोलीले पनि समयमै खेल पोशाक नपाउँदा खेल पछि सार्नुपरेको उपाध्यक्ष खड्काको भनाई थियो। दोस्रो खेल गण्डकी प्रदेश र प्रदेश नं १ बीच हुने तय छ।  
अर्को समाचार
खेलाडीलाई न जर्सी, न खेल्ने मैदान
२७ असोज २०७९
•
१ मिनेट पाठ
खेलाडीलाई न जर्सी, न खेल्ने मैदान
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबारदेखि हक्की खेल सुरु गर्ने तालिका थियो। तर, खेल सुरु हुनेबेलासम्म मैदान तयार नभएपछि तोकिएको भन्दा करिब ६ घन्टापछि मात्रै खेल सुरु भयो।




बिहीबार हुने खेलको मैदान बुधबारदेखि तयारी  गर्न थालियो। बिहान ७ बजे गर्ने भनिएको महिला हक्कीको खेल आवश्यक व्यवस्थापन समयमा पूरा नभएपछि अनिश्चित भयो। आजै ९ बजे सुरु गर्ने भनिएको खेल खेलाडीले जर्सी नपाएर पुनः १ बजेसम्मका लागि स्थगित गरिएको छ। ‘अहिलेसम्म खेलाडीले जर्सी पाएका छैनन्। जर्सी पाएपछि मात्रै खेलाडी मैदान जान्छन्,’ नेपाल हक्की एसोसिएसनका निर्देशक अशिम श्रेष्ठले भने, ‘खेलकुद निकै फितलो भइरहेको छ । व्यवस्थापन चुस्त छैन।’

हक्की मात्रै होइन, फेन्सिङ खेलको पनि उस्तै दुर्दशा भयो। सोमबारदेखि सुरु भएको फेन्सिङ खेल सामग्री समयमा नपाएकै कारण प्रभावित भयो। पोखरा रंगशाला परिसरभित्रको ब्याड्मिन्टन हलमा सोमबारबाट फेन्सिङको प्रतियोगिता अत्यन्तै अस्तव्यस्त रूपमा सुरु भयो।

बिहानै गर्ने भनिएको प्रतियोगिता खेलाउने ठाउँ नपाएर ढिलो गरी सन्चालन गरिएको थियो । ‘ब्याड्मिन्टनको हलमा प्रतियोगिता गर्न भनियो। न ब्यानर छ, न खेलाडीलाई सामग्री छ,’ फेन्सिङ संघका पदाधिकारीले भने, ‘मिनेटैपिच्छे बत्ती गयो। जेनेरेटर पनि छैन।’ शुक्रबारदेखि नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन हुँदै छ। तर अधिकांश खेलकुदका लागि सामग्री पाएका छैनन्। खेलाडीले  खेल्ने ठाउँ र जर्सीसमेत पाउन नसकेको गुनासो गरेका छन्।
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस