प्राईम सहकारीमा बचतकर्ताको डेढ अर्ब हिनामिना
पोखराको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताको डेढअर्ब रुपैयाँ हिनामिना भएको पुष्टि भएको छ।
पोखराको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताको डेढअर्ब रुपैयाँ हिनामिना भएको पुष्टि भएको छ।
सहकारीहरु एकपछि अर्को गर्दै धरासायी भइरहेका बेला पोखराको लेखनाथस्थित एउटा सहकारी भने माछापालनबाटै समृद्धितर्फ लम्किएको छ।
फेवातालको जलकुम्भी हटाउन तालको मुहान क्षेत्रमा १५ दिनसम्म दैनिक सरसफाई गरिने भएको छ। जलकुम्भीका कारण पोखराको फेवाताल कुरुप बनेपछि फेवातालको मुहानबाटै जलकुम्भी हटाउने अभियान शुरु गरिएको हो।
क्रिकेटर अर्जुन कुमाल र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर पोखरा स्पोर्ट्स अवार्डमा सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन्।
पोखराको अमरसिंहचौरमा कास्कीको मादी निवासी ३ जनाले एक महिलालाई बियर खुवाएर सामूहिक बलात्कार गरेका हुन्।
नेपाल कृषि अनुसन्धान परिषदको ३३ औं स्थापना दिवसको अवसरमा बेगनासतालमा माछाको भुरा छाडिएको छ। परिषदले स्थापना दिवसको अवसर पारेर पोखरा–३१ बेगनासतालमा ५ हजार वटा भुरा छाडेको हो।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
विश्वासको मत पाएको घोषणा गरिरहँदा नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरूले विरोध गरे। कांग्रेस सांसदहरु विरोध गर्दै सभामुखको लबीमा प्रवेश गर्न खोज्दा मर्यादा पालकहरूले रोकेका थिए।
सर्वोच्चले बाटो खोलिदिएपछि गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत मागेका हुन्। जहाँ ३० सदस्यले उनलाई विश्वासको मत दिए।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी ईन्द्रा मल्ललाई दिने भएको छ। मञ्च गण्डकीले आयोजना गर्ने पोखरा स्पोर्ट्स अवार्डको अवसरमा मल्ललाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्न लागेको हो।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने तयारी गरेका छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आगामि आइतबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिनेगरी आइतबार दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको हो।
सर्वोच्चको फैसलासँगै गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने तयारी गरेका छन्। सर्वोच्च अदालतले विश्वासको मत लिने बाटो खुल्ला गरिदिएपछि मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने तयारी गरेका हुन्।
वर्ष २०८० को पोखरा स्पोर्टस अवार्ड को नोमिनेसन सार्वजनिक गरिएको छ। खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले यहि वैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने पोखरा स्पोर्टस अवार्ड–२०८० को चार विधाका नोमिनेसन सार्वजनिक गरिएको हो।
नेपालका हिमाल टमाटाले दुआथलन च्याम्पियनसीपको उपाधि जितेका छन्। नेपाल ट्रायथलन एशोसिएसन (एनटिए)को आयोजनामा पोखरामा आयोजित एसियन ट्रायथलन च्याम्पियनसीपको अवसरमा आईतबार भएको दुआथलन प्रतियोगितामा टमाटा प्रथम भएका हुन्।