३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
कला

महालक्ष्मी पूजा

लघुकथा

टोलछिमेकमा उनलाई सबै सन्तोषी आमा भनेर चिन्थे। उनले घरमा महालक्ष्मीको व्रत पूजा लगाउने गरेको धेरै वर्ष भैसकेको थियो। बिहा गरेर भित्रिंदा नै सासू आमाले त्यो पूजा गर्ने गरेकाले दसैंअघि बर्सेनि त्यो पूजा त्यहाँ नियमित चल्दै आएको छ। घरपरिवार मात्र नभै वल्लाघर, पल्लाघर र केही नातेदार पनि त्यसमा सहभागी हुन्थे।

महालक्ष्मी पूजाको सांगेको दिन घरकी मूली सन्तोषी आमा बिरामी भएकीले पूजामा नित्य सहभागी हुन सकिनन्। उनलाई डाक्टरले समयमा खाना खाने,कुनै दवाई खानाभन्दा पहिले र कुनै खानासँगै खानुपर्ने सुझाव दिएको थियो।

टोलछिमेकमा उनलाई सबै सन्तोषी आमा भनेर चिन्थे। उनले घरमा महालक्ष्मीको व्रत पूजा लगाउने गरेको धेरै वर्ष भैसकेको थियो।

खालि पेटमा खान त उनले बिहानै खाएकी थिइन्। व्रत पूजाको दिन भएकाले घरमा नैवेद्य,पुरी,सेल, मालपुवा र चोखो तरकारी पकाउने जिम्मा एउटी पाकी बज्यैलाई दिइएको थियो।

आमाको खाना खाएर औषधि खाने बेला भैसकेको थियो। घरमा त्यत्रो पूजा भैरहेको छ। आफू एक छाक औषधि नखाए के होला र भन्ने सोचेर उनी चुप लागिरहिन्। तर, फेरि डाक्टरको ‘बेलामा खाना खाएर औषधि  खान नबिर्सनुहोला’ भन्ने वाक्य सम्झिइन् अनि छोरालाई  बोलाएर ‘बाबू, घरमा पुजा छ तर डाक्टरले मलाई बेलामा खानासँगै खाने औषधि खानु भनेको छ। यत्रो वर्ष मुखमा पानी नहालीकन पूजा सम्पन्न गर्दथें। यसपालि त्रुटि हुने भयो। मलाई अलिकति केही चोखो खानेकुरा खानुपर्‍यो कि हगि।’

‘हो नि खानुस्। स्वाथ्यको ख्याल गर्नुपर्छ। पूजा सकिन अझै तीन घन्टा लाग्छ रे। भान्छामा गएर केही खानु’ भन्दै छोरा आफ्नो कामतिर लाग्यो।

बज्यै भान्छामा गएर भान्छेसँग भन्छिन्,‘नैवेद्य छुट्ट्याएर अलिकता खिर र नुनिलो तरकारी देऊ त। मलाई खानासँगै औषधि खानुपर्छ।’

‘हो नि खानुस्। स्वाथ्यको ख्याल गर्नुपर्छ। पूजा सकिन अझै तीन घन्टा लाग्छ रे। भान्छामा गएर केही खानु’ भन्दै छोरा आफ्नो कामतिर लाग्यो।

आमाले त्यसो मात्रै के भनेकी थिइन् पछाडिबाट एउटी व्रतालुले ‘यत्रो महालक्ष्मीको पूजा घरमा भैरहेको छ। तपाईं घर मुली आमा भएर नियम बिगारेर यस्तो नचाहिने काम गर्ने। कम्तीमा लक्ष्मी आमाको त मर्यादा राख्नुस् अनि पो घरमा धनको वर्षा हुन्छ। छोरा-नातिको भविष्य उज्यालो हुन्छ’ भनेको उनले सुनिन्।

‘हो  त नि हगि’ भन्दै उनी डङ्रङ्ङ पछारिइन्।

प्रकाशित: ७ वैशाख २०८० ०६:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App