१७ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

‘लण्डन टु पेरिस’ को पोस्टरमा रोमान्टिक दुई जोडी

फिल्म ‘लन्डन टु पेरिस’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ।

पोस्टरमा साम्राज्ञी आरएल शाह, निश्चल खड्का, कबिर खड्का र गरिमा शर्मा देखिएका छन्। पोस्टरमा सबै कलाकार रोमान्टिक मुडमा देखिएका छन्।

‘लन्डन टु पेरिस’ जेठ २५ गते रिलिज हुनेछ। चलचित्रमा साम्राज्ञी, निश्चल, कविर र गरिमामा अलावा रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख भूमिका रहेको छ। निश्चल र गरिमाले यही चलचित्रबाट डेब्यू गर्दैछन्।

ट्राभल लभस्टोरीको कथामा निर्माण भएको फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन्। अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत, परी राना निर्माताका रूपमा रहेका छन्।

प्रकाशित: १६ चैत्र २०८० १३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App