२२ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार छनोट

‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०८०’ छनोट गरिएको छ। स्थापनाको १४औं वार्षिकोत्सवका अवसरमा सो छनाेट गरिएको नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले जनाएकाे छ।

पुरस्कारका लागि छनोट भएका स्रष्टाहरु रङ्गमञ्च विधातर्फ वरिष्ठ नाट्यकर्मी तथा अभिनेता हरिहर शर्मा, शास्त्रीय सङ्गीत विधातर्फ वरिष्ठ सङ्गीत साधक चन्दनकुमार श्रेष्ठ, सङ्गीत विधातर्फ वरिष्ठ गायिका तारा थापा, नृत्य विधातर्फ जोगेन्द्र केसी, नाटक विधातर्फ नाट्यकर्मी गोपाल देवान र लोक सङ्गीत विधातर्फ बमबहादुर कार्की रहेकाे प्रतिष्ठानले जानकारी दिएकाे छ ।

कार्यक्रममा नाटक, नृत्य र सङ्गीत क्षेत्रमा संस्थागत तथा व्यक्तिगत रुपमा योगदान पुर्‍याएका संस्था तथा स्रष्टाहरुलाई सम्मान गरिएको छ। संस्थागततर्फ नृत्य निर्देशक संघ नेपाल, माला आर्टस् एकेडेमी र सांस्कृतिक समाज नेपाल सम्मानित भएकाे प्रतिष्ठानकाे भनाइ छ।

व्यक्तिगततर्फ वरिष्ठ नृत्यकर्मी नारायणदेवी प्रधान, राधेश्याम प्रधान, केपी पौडेल, वरिष्ठ रङ्गकर्मी वीरेन्द्र हमाल, वरिष्ठ गायक रामकृष्ण दुवाल, जनपक्षीय गायक भीम मल्ल कुमाखी, प्राज्ञ माधव प्रधान, वरिष्ठ सङ्गीतकर्मी संगीता प्रधान, वरिष्ठ गायिका कुन्ती मोक्तान, वरिष्ठ नाट्यकर्मी अविनाश श्रेष्ठ, वरिष्ठ नाटक निर्देशक अशेष मल्ल, सङ्गीतकर्मी रुपकुमार राई, वरिष्ठ नाट्यकर्मी बद्री अधिकारी र सङ्गीतकर्मी विष्णु अधिकारीहरु सम्मानित भएका छन् ।

कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको चौधबर्से यात्राको छोटो भिडियो सामग्री  प्रसारण गरिएको थियो । प्राज्ञ परिषद् सदस्य कर्णबहादुर गौतम तथा गायिका केशरी घर्तीले गण्डकी क्षेत्रमा प्रचलित ठाडो भाकाको गीत प्रस्तुत गरेका थिए। त्यस्तै नृत्य निर्देशक संघ नेपालका कलाकारले राष्ट्रिय भावनाका गीत तथा लोकगीतमा नृत्य गरेकाे प्रतिष्ठानकाे भनाइ छ।

प्रकाशित: १० वैशाख २०८१ १९:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App