२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

गीत नबुझे पनि धुन झन् रमाइलो लाग्छ!

पाँच मुक्तक

१. मुक्तक

हिजोभन्दा आजको लेसन झन रमाइलो लाग्यो,

सारी चोलोमा तिम्रो फेसन झन् रमाइलो लाग्यो।

ढुङ्गा खोज्दा देउता मिल्छ भन्थे, सावित नै भयो,

नजिकै आयौ फोटो सेसन झन रमाइलो लाग्यो।

२. मुक्तक

शासकहरू ढलाउँदा नि रमाइलै लाग्यो,

भूकम्पले हल्लाउँदा नि रमाइलै लाग्यो।

जे पनि पचाउने बानी परिसक्यो हजुर,

नाकाबन्दी चलाउँदा नि रमाइलै लाग्यो।

३. मुक्तक

सुटुक्क भट्टीमा पिउन पनि रमाइलै लाग्छ,

फरक शैलीमा जिउन पनि रमाइलै लाग्छ।

इच्छा-अपेक्षा धेरै रहेन जीवनमा कहिल्यै,

त्यसैले धेरै होइन न्यून पनि रमाइलै लाग्छ।

४. मुक्तक

गीत नबुझे पनि धुन झन् रमाइलो लाग्छ,

गुनभन्दा तिम्रो बैगुन झन् रमाइलो लाग्छ

एकान्तमा जब तिमी र म मात्र हुन्छौं प्रिय,

घामभन्दा मलाई जून झन् रमाइलो लाग्छ।

५. मुक्तक

तिमीसँगको गन्थन रमाइलो लाग्छ,

एकान्तको त्यो मन्थन रमाइलो लाग्छ।

बिर्सनलायक अनेकन् पलहरू पनि,

जति सम्झ्यो झनझन रमाइलो लाग्छ।

प्रकाशित: १४ वैशाख २०८१ १०:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App