अभिनेत्री केकी अधिकारीको निर्माण एवं शीर्ष अभिनय रहेको फिल्म 'बोक्सीको घर' ले आक्रामक ओपनिङ गरेको छ।
फिल्मले प्रदर्शनको दुई दिनमा देशब्यापी २ करोड १५ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको वितरक कम्पनी टि फोक फिल्मसले जानकारी दिएको छ। शुक्रबार र शनिबार फिल्मले उक्त कलेक्सन गरेको हो।
सामाजिक कथावस्तुमा बनेको यो फिल्मले क्रमशः पिकअप लिन सक्ने अनुमान धेरैको थियो। तर फिल्मले आक्रामक ओपनिङ गरेपछि धेरैले विभिन्न प्रतिक्रिया दिएका छन्
यसैबिच निर्देशक दीपकराज गिरीले त ‘बोक्सीको घर’को ओपनिङ सन्दर्भमा फेसबुकमा स्टाटस लेख्दै धारणा राखेका छन्। स्टारमा होइन, स्क्रिप्टमा लगानी गर्न आग्रह गरेका छन्।
उनी लेख्छन्, ‘पोष्टरमा एक नायिका मात्रै छ तर फिल्मको ओपनिङ मल्टिस्टारर फिल्म भन्दा बलियो छ। त्यसैले स्टारमा होइन स्क्रिप्टमा लगानी गरौं। बधाई केकी र बोक्सिको घर टिम।’
प्रकाशित: १६ वैशाख २०८१ १३:५९ आइतबार