२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

कोरोना त्रास, साहित्यिक गतिविधि ठप्प

बनेपा - जनमत वाङ्मय प्रतिष्ठानले वार्षिक रूपमा आयोजना गदै आएको साहित्यिक कार्यक्रम यसपटक हुन सकेन्। संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेसँगै जनमत वाङ्मय प्रतिष्ठानको साहित्यिक कार्यक्रम स्थगित भएको छ।

प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार मााल कार्यक्रमको तयारीमा जुटेको अवस्थामा कोरोना भाइरसको संक्रमणबाट जोगिन संघीय सरकारले भेला, उत्सव र समारोहलगायतका भीडभाड र जमघट हुने कार्यक्रमहरू नगर्न निर्देशन दिएपछि उनी दुविधामा परेका छन्। साहित्यिक कार्यक्रमसँग यसपटक धर्म संस्कृति र साहित्यका स्रष्टाहरूलाई सम्मान गर्ने प्रतिष्ठानको योजना थियो।

‘एक दशकभन्दा लामो माओवादी द्वन्द्व र विसं. २०७२ सालको भूकम्पमा समेत साहित्यिक कार्यक्रम सञ्चालन भएको थियो। तर संसारभर फैलिरहेको कोरोना भाइरस रोकथामको लागि संघीय सरकारले गतिविधिहरू रोक्न अपिल गरेसँगै कार्यक्रम स्थगित गरेका हौं,’ उनले भने, ‘कला, साहित्य र संस्कृतिले देशप्रति सरोकार राख्छ। हामी देशको परिस्थिति र नीतिअनुसार चल्नुपर्छ भन्ने मान्यता राख्छौं।’

पनौती नगरपालिकाको सहकार्यमा नयाँ वर्ष २०७७ को अवसर पारेर बृहत साहित्यिक सम्मेलनको आयोजना गर्ने तयारीमा जुटेको अक्षरमार्ग साहित्य परिषद्ले सम्मेलन स्थगित गरेको छ। प्रतिष्ठानका अध्यक्ष सूर्यकुमार लाकोजुका अनुसार नेपाल र भारतका स्रष्टाहरू सहभागी हुने सम्मेलन कोरोना भाइरस संक्रमण रोकथामको लागि संघीय सरकारको निर्देशनअनुसार स्थगित गरेको उनले बताए। ‘पनौतीमा आयोजना हुने भनिएको ऐतिहासिक साहित्य सम्मेलनको गृहकार्य गरिरहेका थियौं, ’ उनले भने, ‘संघीय, प्रदेश र स्थानीय सरकारले कोरोना संक्रमण रोकथामका लागि निर्देशन दिएलगत्तै कार्यक्रम स्थगित गरेका हौं।’ उनको ‘आसामको नियात्रा संग्रह’ विमोचन समेत स्थगित गरिएको छ।

काभ्रेको शब्द यात्रा प्रकाशनले विगतमा गर्दै आएका नियमित कार्यक्रमहरू सीमित गरेका छन्। प्रकाशनको संरक्षण समितिका अध्यक्ष हरि मजुश्री भन्छन्, ‘अधिकांश साहित्यिक गतिविधि प्रभावित भएसँगै कार्यक्रमहरू खुम्चाएका छौं। संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपछि सहयोग गरेका हौं।’

प्रकाशित: ६ चैत्र २०७६ ०२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App