१६ वैशाख २०८१ आइतबार
image/svg+xml
सुजन श्रेष्ठ


सुजन श्रेष्ठका लेखहरु :

बर्ड फ्लूबाट डराउनु पर्दैन (भिडियाे)

बर्ड फ्लूको संक्रमण बढेसंगै यसले मानिसमा मनोवैज्ञानिक ढंगबाट त्रसित बनाएको छ। बर्ड फ्लू संक्रमण बढ्दैमा यसबाट डराउनु नपर्ने तर सचेत रहन चिकित्सहरुले सुझाव दिएका छन्। विशेषगरी बर्ड फ्लू संक्रमण बढ्दैमा मासु अण्डा प्रयोग गर्न हुँदैन भन्ने बुझाई छ। तर चिकित्सकले भने राम्रोसँग मासु पकाएर, अण्डा उमालेर खाँदा असर नपर्ने भन्दै सुझाएका छन्।

पश्चिम नेपालमा भूकम्पको जोखिम (भिडियो)

२०७२ मा गएको भूकम्पको झण्डै चार वर्ष पुग्न लागिसक्यो। त्यस यता ४० हजार भन्दा वढी पराकम्प गइसकेका छन्।

नागरिकता किर्तेको सजायमा कडाइ

नागरिकता सम्बन्धि ब्यवस्थामा दण्ड सजायलाई थप कडा बनाइएको छ। ब्यवस्थापिका संसदको राज्य ब्यवस्था समितिको आज बसेको बैठकले नागरिकता सम्बन्धि दण्ड सजायँलाई कडा वनाउने निर्णय गरेको हो।

ताइकाण्डो खेल्न हातले रोक्दैन (भिडियाे)

सवल ब्यक्तिहरूमात्र ताइकाण्डो खेलमा सहभागी हुन्छन् भन्ने आम बुझाइ छ। तर अपाङ्ग भएर पनि ताइकाण्डो खेलमा सवल जतिकै सफल बन्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेका छन् रामबहादुर अधिकारी, गोविन्द थापा र रञ्जना धामीले।

टुँडिखेलमा सेना दिवस ( भिडियो )

नेपाली सेनाले सेना दिवस विशेष कार्यक्रम गरेर मनाएको छ। महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विशिष्ट व्यक्तिहरु सहभागि भए। नेपाली सेनाले २०४७ सालदेखि शिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।

देशभर आकस्मिक बाहेक सबै सेवा ठप्प (भिडियाे)

बुधबारबाट सरकारी चिकित्सकहरुले आकस्मीक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प गरेका छन् ।

नेपालमै पहिलोपटक मोटरसाइकल च्याम्पियनशीप (फोटो फिचर)

नेपालमा पहिलो पटक मोटरसाइकल च्याम्पियनशीप ‘होण्डा नेपाल ड्रिम कप’को आयोजना गरिएको छ। होण्डाको आधिकारिक विक्रेता स्याकार कम्पनीले ग्वार्काेको स्याकार सेफ्टी राइडिङ तालिम केन्द्रमा आयोजना गरेको हो।

पशुपतीमा बाला चतुर्दशी (फाेटाे फिचर)

मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै हिजोदेखि देशभरका शिवालयमा रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन्।

यस्तो देखियो विप्लवको आमसभा (फोटो फिचर)

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राजधानीमा आमसभाको आयोजना गरेको छ। प्रवक्ता खड्ग बहादुर विश्वकर्माले सम्बोधन गरेको सभामा हजारौको सहभागिता थियो। प्रदर्शनीमार्गमा आयोजित आमसभामा सहभागी हुन पार्टीका नेता कार्यकर्ता राजधानीका विभिन्न ठाउँबाट -यालीसहित आएका थिए।

राजनीतिक होइन, व्यावसायिक नेतृत्व आवश्यक

संघीय सरकारका खेलपदाधिकारीहरू यति बेला नयाँ खेलकुद ऐन बनाउन जोडतोडका साथ लागिरहेका छन्।

‘संसारभरी एयरपोर्ट बनाउने कि रुख काटेर हो कि समुद्र पुरेर हो’ (भिडियाे)

नागरिक उड्ययन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुको विकल्प नभएको बताएका छन्। उनले यो विमानस्थलका लागि बाराजतिको उपयुक्त ठाउँ अरु कहीँ नभएको पनि बताए।  ‘नेपालको टेरिटोरीमा चुरेभन्दा दक्षिण, बोर्डरबाट उत्तर तराईतिर यो लेभलको एयरपोर्ट बनाउन सक्ने ठाउँ अन्त कतै छैन्’, उनले भने, ‘भौगलिक हिसाबले उपयुक्त छ, एयर स्पेसको हिसाबले पनि उपयुक्त ठाउँमा र राजधानीको नजिकको हिसाबले पनि असाध्यै करेक्ट ठाउँमा छ।’

निर्मलाका निम्ति न्याय : देशभर प्रदर्शन (फोटो फिचर)

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तलाई न्याय दिलाउन राजधानी लगायत देशभर विशाल प्रदर्शन भएको छ। पोखरा, पाँचखाल, रोल्पा, पाल्पा लगायतका ठाउँमा प्रदर्शन भएको छ।

नाडा अटो शोमा आकर्षक चार पांग्रे सवारीसाधन (फोटो फिचर)

नयाँ नयाँ सुविधा जनक सवारीसाधनको बिक्री प्रवर्द्धन गर्न  प्रदर्शनीमा राखिएका आकर्षक चार पांग्रे सवारीसाधन यस्ता छन्।

यस्ता छन् नाडा अटाे शाेमा राखिएका माेटरसाइकल(फाेटाे फिचर)

नयाँ नयाँ सुविधा जनक सवारीसाधनको बिक्री प्रवर्दन गर्न  प्रदर्शनीमा राखिएका आकर्षक माेटरसाइकल यस्ता छन्।

डिम्बाशयको क्यान्सरबारे जनचेतना जगाउँदै मनिषा (फोटो फिचर)

अभिनेत्री मनिषा कोइरालाले महिलाहरुमा हुने डिम्बाशयको क्यान्सरबारे जनचेतना जनाउने अभियान भएकी छन्। डिम्बाशयको क्यान्सर सामना गरेर बचेकी कोइरालाले डिम्बाशय क्यान्सर महिनाको अवसरमा यस्तो अभियानमा लागेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्