२० वैशाख २०८१ बिहीबार
image/svg+xml
डा. ढाकाराम सापकोटा


डा. ढाकाराम सापकोटाका लेखहरु :

शिक्षकमाथि पूर्वाग्रह किन ?

जतिबेला राजनीतिक दलहरू प्रतिबन्धित अवस्थामा थिए त्यतिबेला शिक्षकलाई कार्यकर्ता बनाउँदा संगठन विस्तारमा राम्रै सहयोग पुग्यो भने प्रशासनको नजरबाट बच्नका लागि शिक्षक पेशा उपयुक्त बन्यो । फलतः राजनीतिक दलका अधिकांश नेता जीवनको कुनै कालखण्डमा शिक्षण पेशा अपनाउन पुगे । अनि ‘जहाँ शिक्षक त्यहाँ राजनीति’ भन्ने भनाइ नै चल्यो । जतिबेला शिक्षकले राजनीति गर्थे त्यतिबेला दिउँसोको समय स्कुलमा बालबच्चा पढाउने राति राति उनैका अभिभावकलाई राजनीति सिकाउने गर्थे । जतिबेला शिक्षकले राजनीति गरे त्यतिबेला आफ्नो कर्तव्य पनि पालना गरेका थिए । तिनका लागि पैसा कमाउनु गौण र राजनीतिकरूपमा नागरिकलाई सचेत गराउने कुरा प्राथमिकतामा पथ्र्याे । शिक्षा र स्वास्थ्यको व्यापार गरेर पैसा कमाउने कुरा सोच्नसम्म पनि सक्दैनथे । सरकारी स्कुल कलेज ध्वस्त पार्ने कसैको उद्देश्य थिएन।

अहिलेको अर्जुनदृष्टि

सरकारको यतिबेलाका एकमात्र अर्जुन दृष्टि निर्वाचनमा लाग्नुपर्छ। जसले धेरै समस्याको समाधान आफैँ दिन्छ।

जनतालाई धोका नहोस्

एमालेसहित एमाओवादी सांसदहरुले दर्ता गराएको महाभियोग विफल हुँदा आफूहरु हारेको ठान्ने र संविधान संशोधनको सर्तमा महाभियोग पास गराएर जितेको अनुभूति गरियो भने त्यो राष्ट्रका लागि ठूलो धोका हुनेछ।

आफ्नो निर्णय आफैँ गरौँ

इतिहास पढ्दा नेपाल कहिल्यै कसैको पराधीन राज्य भएन भनेर पढिए पनि व्यवहारमा भने जुन दिन भारत बेलायतको उपनिवेशबाट मुक्त भयो त्यसै दिनदेखि नेपाल उसैको उपनिवेशमा पर्यो ।

व्यवस्था र शासक फेर्यौँ तर...

कुनै समय बालबालिकाले लय हालेर गाउने गरेको 'खोइ दुलो? गाईले कुल्च्यो, खोइ गाई? खोलाले बगायो, खोइ खोलो? सुक्यो' यतिबेला अहिले हाम्रो विकासे कामसँग ठ्याक्कै मिल्न गएको छ। नेकपा एमालेको नेतृत्वमा २०५१ सालमा गठित सरकारले 'आफ्नो गाउँ आफैँ बनाउँ' भन्ने नाराका साथ गाउँगाउँमा बजेट पठाउँदा स्थानीय निकाय निर्वाचित प्रतिनिधिबाट चलेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्