२४ वैशाख २०८१ सोमबार
image/svg+xml
डा. चन्द्रमणि अधिकारी


डा. चन्द्रमणि अधिकारीका लेखहरु :

कोरा ‘अर्थ मानव’को दिशातर्फ

कुनै पनि देशको अर्थव्यवस्था उपलब्ध साधनको प्रभावकारी प्रयोग तथा संरक्षण एवं संवर्द्धन र सम्भावित साधनको खोज एवं व्यवस्थापनबाट मानिसको आर्थिक तथा सामाजिक जीवनमा सकारात्मक प्रभाव पार्ने विषयसँग जोडिएको हुन्छ। यो राजनीतिक दर्शनलाई नतिजामा रूपान्तरण गर्ने उपयुक्त पद्धति पनि हो।

संघीयतामा स्रोत व्यवस्थापन

संघीय शासन प्रणाली सफल पार्न अनुशरण गर्नुपर्ने प्रमुख आयाममध्ये प्रभावकारी र कुशल अन्तरसरकारी वित्त व्यवस्थापन एउटा प्रमुख पक्ष हो । अन्तरसरकारी वित्त व्यवस्थापनभित्र राज्यका तहहरूमा राजस्व लगाउने र उठाउने अधिकारको समुचित बाँडफाँट, राजस्व बाँडफाँटको उचित प्रबन्ध र अनुदानका रूपमा साधन हस्तान्तरण गरिने पद्धति र प्रक्रिया पर्छन् ।

स्थानीय तहका कार्यभार

नेपालको संविधानअनुसार स्थानीय तहले पनि राज्य एकाइ वा सरकारको संवैधानिक हैसियत प्राप्त गरेको छ।

चेपुवामा बजेट

सत्ता राजनीतिको अस्थिर र विसंगत चरित्रले आर्थिक समृद्धिको बाटो पहिल्याउने प्रमुख औजार अर्थात् बजेट निर्माणको विषयलाई छायामा पारिएको छ ।

बजेट खर्चका विसंगति

बजेट निश्चित अर्थदर्शनमा आधारित हुन्छ र यस्तो दर्शन देशको संविधानले निर्धारण गर्छ। राष्ट्रिय बजेटको नीतिगत तथा प्रणालीगत संरचनाका माध्यमबाट नै सरकारले जनतासम्म पुग्ने लगानी, खर्च, वितरण वा राजस्वसमेतका विकल्पमध्ये उपयुक्त पद्धतिगत बाटो तय गर्छ।

ट्रम्पको अर्थ राजनीति

सन् २०१६मा पनि विगत वर्षझैँ विश्वमा प्राकृतिक र मानव सिर्जित घटना थुप्रै हुन पुगे । यस्ता घटनाहरूलाई आर्थिक, राजनीतिक तथा सुरक्षा र सामरिक विषयसँग जोडेर हेर्न सकिन्छ । थाइल्यान्डमा आएको बाढी र जापान, इटली, इन्डोनेसिया, चिली, अमेरिका, न्युजिल्यान्डलगायतका देशमा आएको भूकम्पजस्ता प्राकृतिक घटनाको प्रभाव जारी छ ।

हावाको खेती, पानीको ओखति

प्रकृतिले मानिसलाई हावा, पानी र माटो सित्तैमा दिएको छ । यिनको प्राप्तिको अवस्था र गुण भने स्थानअनुसार फरक पर्न सक्छ। नेपालमा पनि यी तीनै कुरा उपलब्ध छन् । नेपालको माटो पनि ऊर्वर छ । यस माटोमा सम्पत्ति र ज्ञान दुवै सिर्जना हुन सक्छ।

करको कर-कर र व्यवहार

करको विषय वित्तसँग मात्र नजोडिएर यो सुशासन र सामाजिक न्यायसँग पनि जोडिएको हुन्छ। कर नीति जति सामाजिक न्याय तथा आयको वितरणमैत्री छ भन्ने विश्वास जनतामा पर्छ जनताको सरकारप्रतिको विश्वास उत्ति नै बढ्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्