१६ वैशाख २०८१ आइतबार
image/svg+xml
नवराज सुवेदी


नवराज सुवेदीका लेखहरु :

सरकार सफलताका सर्त

लामो समयको अन्तरालपछि नेपाली जनताले स्थिर सरकार पाएका छन्। २०१५ सालको आम निर्वाचनमा बिपी कोइरालाले पाएजस्तै ६० वर्षपश्चात् प्रधानमन्त्री ओलीलाई यो दुई तिहाइ मतसहित सरकार सञ्चालनको अवसर प्राप्त भएको हो। यस्तो मौका इतिहासमा विरलै मात्र प्राप्त हुन्छ । ३० वर्षे पञ्चायती निरंकुश शासनको पतनपश्चात् संसदीय बहुदलीय शासन प्रणाली बहाल भएपछि २०५१ सालयता वर्षैपिच्छे सरकार परिवर्तन हुनुले जनतामा निराशा मात्र बढेन, दश वर्षे सशस्त्र जनयुद्धकालागि मलिलो भूमिसमेत तयार भयो।

कोरियाली वार्ताको वैश्विक प्रभाव

२०१८ अप्रिल २७कोरियाली प्रायद्वीपका निम्ति ऐतिहासिक दिन त बन्यो नै, विश्वभरकै समग्र शान्तिप्रेमीहरूका लागि पनि खुसीको दिन बन्यो। ६५ वर्षदेखिको निरन्तरको द्वन्द्व, तनाव र शत्रुतालाई बिर्सेर उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय ईनले उक्त दिन शिखर वार्ता सम्पन्न गर्दै कोरियाली प्रायद्वीपको शान्ति, समृद्धि र एकीकरणको ‘पानमुनजोम घोषणा’मा हस्ताक्षरसमेत गरे। उक्त घोषणामा कोरियाली प्रायद्वीपलाई आणविक शस्त्रबाट मुक्त गर्दै कोरियाली युद्धको औपचारिक अन्त्य भएको उल्लेख गरिएको छ।

भ्रष्टाचार र मूल्य स्खलन

आज प्रत्येक सचेत नागरिकले भ्रष्टाचारविरुद्ध बोल्ने बेला आएको छ। भ्रष्टाचारीलाई जनताबाट नङ्ग्याउने बेला आएको छ।

नेपालमा वैदेशिक सहायता

नेपाल विश्वमै अत्यन्त निर्धन मुलुकमा गणना हुँदै आएको छ । लामो राजनीतिक संघर्षपश्चात लोकतान्त्रिक अधिकारका दृष्टिले मुलुकले फड्को मारे पनि अर्थतन्त्रका क्षेत्रमा हामी धेरै पछि नै छोैँ । हाम्रो आर्थिक वृद्धिदर र प्रतिव्यक्ति आय पनि साह्रै नै न्यून छ ।

अस्थिर चक्र र शासकीय स्वरूप

माओवादी केन्द्रको नेतृत्व गर्नेहरुले न पुरातन शासकीय स्वरूप (संसदीय प्रणाली) बदल्ने अडान राख्न सके न त त्यस किसिमको पुरानो संसदीय खेलबाट आफू चोखो बन्नै सके।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्