१५ वैशाख २०८१ शनिबार
image/svg+xml
डा. तारानाथ शर्मा


डा. तारानाथ शर्माका लेखहरु :

अतुलनीय प्रतिभा

हाम्रा राष्ट्रपिता पृथ्वीनारायण शाहले स्वच्छ हृदयले प्रकाश गरेका थिए– हाम्रो नेपाल सबैजातको फेलबारी हो । यो सन्दर, स्वच्छ र स्नेहलेयक्त रमणीयस्थल हो, जो पृथ्वीको सर्वोच्च शिखर सगरमाथालाई शिरमा धारण गरेर समस्त संसारलाई सद्भावना र समानताको सहृदय शिक्षा सदैव दिइरहन्छ ।

अन्धविश्वासको अन्धाधुन्द प्रचार

भर्खरै आषाढ शुक्ल पूर्णिमा (अर्थात् शुक्रबार) को राति यस शताब्दीकै लामो खग्रास चन्द्रग्रहण लाग्ने खबर थाहा पाएर हामी सबैमा ठूलो कौतूहल फैलियो।

स्वागतयोग्य खबर

गत जेठ २९ गतेका दिन ‘नागरिक दैनिकमा’ एउटा अति स्वागतयोग्य र हाम्रो समाजलाई झक्झक्याउने रमाइलो खबर पढ्न पाउँदा म औधि प्रसन्न भएँ।

पृथ्वीको सुझबुझ

अचल झन्डा फर्कोस् फरफर गरी कान्तिपुरीमा, रिपुको मन् थर्कोस् थरथर गरी छीनघरीमा, यवन्ले राज गर्दा कति पतीत हिन्दुस्थल भयो ! फगत् यो नेपाल्को मुलुक बची कञ्चन् रहिगयो ! (मोतिराम भट्ट)

स्वर्गको खोजीमा

बालक छँदै केही बुझ्न थालेपछि मेरो मस्तिष्कमा स्वर्ग प्राप्तिको लोभको बीउ रोपिएको थियो । जीवनको लक्ष्य नै स्वर्ग प्राप्ति हो भन्ने कुराको पुराणले मेरो सम्पूर्ण चेतना भरिएको थियो । यो सनातनी धर्मको गाँजा थियो, जसले मेरा विश्वाश र आस्थामा भ्रान्तिको भव्य भवन उभ्याएर मेरो विचारशीलतालाई मनाएको थियो।

चाकरीको भाषा

मेरा अत्यन्त प्यारा र प्रेरणादायी पाठकहरूलाई म आजभन्दा ५७ वर्षअघि लेखिएको प्रकाशित भएको मेरो नमस्ते भन्ने निबन्धसंग्रहको स्मरण गराउँछु । यस संग्रहका निबन्धमा मैले व्यवहार गर्न नजानेर खेप्नुपरेका अप्ठेराको बयान गरेको थिएँ । म भर्खर कलेजमा बिए पढ्दै गरेको नवयुवक थिएँ र सामाजिक व्यवहारका झ्याउ र झमेला देख्ता तर्सेर, वाल्ल परेर र लाजले भुतुक्क भएर परपर भाग्ने गर्थें । पचास–पचास वर्षका हन्डर र ठक्कर खाएर यो जिउ छियाछिया भइसक्यो । मेरो शरीरका हरेक भागमा आज तपाईं मुड्की, लात्ती र लौराका दाग, खत र घाउहरू मात्र फेला पार्नुहुनेछ । शरीरलाई थिलथिल्याएर, दगल्च्याएर र धुस्ल्याएर यतिका वर्षभरि परिस्थितिले मलाई पेल्नसम्म पेले । र आज म एउटा खण्डहर भएर तपाईंहरूका सामुन्नेमा उभिएको छु ।

हाम्रो राष्ट्र ‘नेपाल’ कहिले र कसरी जन्म्यो !

हरेक नेपालीलाई आफ्नो राष्ट्रको नाउँ कसरी जन्म्यो, कुन स्रोतबाट विकसित भयो र यसको व्यापकता कस्तो छ भन्ने विषयमा जान्ने ठूलो उत्सुकता हुन्छ । त्यस उत्सुकताले अनुसन्धान गरी आधुनिक पुरातŒवविद्ले अकाट्य तर्क प्रस्तुत नगरुन्जेल उपयुक्त उत्तर पाउन सक्दैन ।

गरुडको मूर्ति पनि अकस्मात् भागेर हराउँदा

राष्ट्रव्यापी गर्जन र होहल्ला साथ राजधानीमा वैदिक सनातनी धर्मावलम्बीले विराट सम्मेलन भव्यतापूर्ण सम्पन्न गरेका मात्र थिए, अकस्मात हाम्रो काठमाडौं राजधानीकै छातीमा रहेको हाँडी गाउँमा सयौँ वर्षदेखि गौरवसाथ उभिएर जनतालाई स्नेह साथ आशीर्वाद दिँदै र मन्त्रमुग्ध बनाउँदै आएको गरुडको मू¨त हाम्रो वैदिक परम्पराका प्रबल प्रवक्ता र प्रतिपादकलाई हाँक दिँदै पखेटा चालेर क्षितिजपारि उडेर बेपत्ता भयो । उक्त सम्मेलनमा तीन–चार सय कट्टर सनातनी भेला भएका थिए ।

नेपालका युवा

'युवा'को शाब्दिक अर्थ 'बाल्यकाल' सकिएर प्रौढकालमा नपुगुन्जेलको कर्मठ समय हो। यसरी युवा भन्नाले त्यस उमेरका नरनारीलाई बु‰नुपर्छ, जो क्रियाशील, साहसी र हरेक सामाजिक गतिविधिमा उत्सुक र उन्मुख हुन्छन्।

हाँस र हात्तीको कथा

ती मू¨त हामीले झैँ बोल्न सक्तैनन् र अमानवीय तथा असंास्कृतिक व्यवहारको पोल खोल्न सक्दैनन् भन्नेहरू पनि आजभोलि देखापर्दै छन्। तर मान्छेको मुख थुनिन सक्छ वा मृत्युद्वारा निर्जीव हुन सक्छ अनि मान्छे झूटो बोल्न सक्छ वा विदेशीका पैसामा बिक्न सक्छ, मू¨तहरूको कलात्मक मुख भने अभिव्यक्तिको सशक्त माध्यम हुँदोरहेछ।

हाम्रा स्रष्टाको जीवन

थोरै प्रतिभा, धेरै अध्ययन र प्रशस्त अध्यवसायले लेखक बन्नेहरू पनि प्रशस्त छन् भने तिनकै हाराहारीमा धेरै प्रतिभा, धेरै अध्ययन र प्रशस्त अध्यवसायद्वारा बनेका लेखक भने कमै पाइन्छन्। प्रतिभा प्रशस्त भएर पनि अध्ययन र अध्यवसायतर्फ नलाग्ने अथवा प्रतिभा र अध्ययनको अभावमा हिरिक्किए पनि अध्यवसायमा मरिमेट्ने नै जाँगरिला भइदिनु राष्ट्रको दुर्भाग्य हो।

चरिकोटको तीर्थ यात्रा

मन्दिर बाहिर बली दिएका कुखुरा र बोकाको रगतले समस्त क्षेत्र रातै रहेछ र हाम्रो नेपाली सांस्कृतिक परम्परामा मन्दिरका प्रांगणभित्र यसरी निरीह पशुपक्षीका घिच्रा छिनालेर छर्छती रगत निकाली देवमूर्तिमा चढाउने प्रणाली मलाई पटक्कै मन पर्दैन, तापनि म एक्लै त्यहाँ चिच्याएर यो पुरानो प्रथा हट्ने थिएन ।

विमोचन

विमोचन भन्ने शब्दको सामान्य अर्थ दासताबाट मुक्ति हो । यसको लक्ष्य कसैले थुनेर, समातेर वा बाँधेर राखेको मान्छे, प्राणी वा कुरालाई खोलेर, फुकालेर वा छोडेर स्वतन्त्र तुल्याउने काम हो । यता केही वर्षदेखि यस शब्दको प्रयोग विशेष अर्थ प्रकट गर्ने रुपमा हुन थालेको छ । यसलाई छापिसकेको पुस्तक कुनै समारोहमा सार्वजनिक रुपले देखाई लौ छापिएर तमतयार छ, पढ्नुहोला भन्ने सूचना दिने वा प्रचार गर्ने अर्थमा लगाइन थालेको छ । विमोचनको यो प्रयोग लगातार वर्षौंसम्म भइरहेकाले र पुस्तक मुद्रित भइसकेपछि कुनै समारोहको आयोजना गरेर त्यसलाई विमोचन गराउने प्रथा व्यापक भइरहेकाले यस्तो कार्यप्रति ध्यान खिचिने नै भयो ।

‘हिन्दू’को परिचय

हाम्रो नेपाल वेदभूमि हो। चारै वेदको र तिनका उपनिषद्हरूको रचना हाम्रै पवित्र मातृभूमिमा भएको हो। कुनै वेदको कुनै ऋचामा (अर्थात् श्लोकमा) पनि तथा कुनै पनि उपनिषद्मा कतै पनि ‘हिन्दू’ शब्द र त्यसको अर्थ, इतिहास वा व्याख्या पाइँदैन। पाइयोस् पनि कसरी? त्यो त त्यसबाट निर्मित ‘हिन्दी’ पनि हाम्रो संस्कृत परम्पराबाट विकसित शब्दै होइन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्