२२ वैशाख २०८१ शनिबार
image/svg+xml
कुमार पन्त
जर्मनीमा व्यवसाय सञ्चालन गर्ने कुमार पन्त गैरआवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष हुन्।

कुमार पन्तका लेखहरु :

'जनसम्पर्क समिति मेरो प्रेरणा स्रोत'

मुलुककै सबैभन्दा पुरानो र प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेससँग आवद्ध साथीहरुलाई जर्मनीमा स्वागत गर्न पाउँदा मलाई खुशी लागेको छ। गैरआवासीय नेपाली संघ र नेपाली जनसम्पर्क समितिको सुरुवात सँगसँगै जस्तो भएको थियो। महामानव विश्वेश्वर प्रसाद कोइरालाको अगुवाइमा नेपाली कांग्रेसले प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेको विषय कसैबाट छिपेको छैन। त्यस्तै एनआरएन अभियानले यो उचाई हाँसिल गर्नुमा पनि जनसम्पर्कमा आवद्ध साथीहरुको सुझबुझ र सहभागिताको महत्वपूर्ण योगदान छ।

एनआरएन नेटवर्क आर्थिक सम्वृद्धिको आधार

सामूहिक लगानीका लागि तपाइँहरुको सक्रियता अत्यन्त जरुरी छ। नेपालमा लगानी लैजान मात्र होइन तपाइँ बसेको देशमै पनि नेपालीहरुबीच सामूहिक लगानीको अवधारणा हाम्रा लागि महत्वपूर्ण छ। यो नेटवर्कले विदेशमा बस्ने नेपालीको आर्थिक हैसियत मात्र होइन ज्ञान सीप सेयरिङ समेत गराउन मद्दत पुगेको मैले अनुभव गरेको छु।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्