१६ वैशाख २०८१ आइतबार
image/svg+xml
पवित्रकुमार शाही


पवित्रकुमार शाहीका लेखहरु :

विप्लव नेकपाको हेडक्वटर निर्माण हुँदै

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विक (प्रकाण्ड) को गाउँमा सडक निर्माणमा तिब्रता दिइएको छ। नेकपाले कर्णाली नदीपार गराएर आफ्नै डोजरले सडक निर्माण गरिरहेको छ।

विप्लव नेकपाको कालिकोटमा कस्तो छ प्रभाव ?

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको शक्तिशाली लालकिल्लाको रुपमा कालिकोट देखिएको छ। पछिल्लो समय देशका ७७ वटै जिल्लामध्येकै विशेष शक्ति केन्द्रको रुपमा कालिकोटलाई लिइएको हो।

एकसय घरधुरी ढुंगाको उच्च जोखिममा

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकास्थित रुकुका २ गाउँ पहिरोको उच्च जोखिममा परेका छन्। गाउँमाथिको ठूलो ढुंगा भएको डाँडा खस्ने खतरा भएपछि त्यहाँका एकसय घरधुरी पहिलोको उच्च जोखिममा परेका हुन्।

विप्लवका कारण कर्णालीमा थपियाे सुरक्षा चुनौती, निशानामा जनप्रतिनिधि

कर्णाली प्रदेशमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कारण सुरक्षा चुनौती देखिएको छ। पछिल्लो समय देशभरका आक्रमक गतिविधिले कर्णालीमा पनि सुरक्षा चुनौती थपिएको सुरक्षा अधिकारीहरु स्वीकार छन्। कालिकोट, सुर्खेत, जुम्ला, मुगु, पश्चिमरुकुम, जाजरकोट र हुम्लालाई सुरक्षा निकायले सेम्वेदनशील सूचीमा राखेको छ। सुरक्षा क्षेत्रको चुनौतीलाई मध्येनजर गर्दै कर्णाली प्रदेशका दश वटै जिल्लाका सुरक्षा प्रमुखले सुरक्षा निगरानी बढाएका छन्।

कालिकोटका ९ वटै स्थानीय तहमा पुगे बैंक

कर्णालीका दुर्गम जिल्लामा पछिल्लो समय बैंकिङ कारोबार धमाधम संचालन हुन थालेको छ। स्थानीय सरकार संचालन भए पश्चात हाल गाउँका सिंहदराबारमा बैंकिङ कारोबार संचालन हुन थालेको हो। भौगोलिक विकटतासँगै सुरक्षाको दृष्टिकोणले चुनौति देखिएका दुर्गम जिल्लामा एकाएक बैंकिङ सेवा सुरुवात भएको छ।

प्रदेश र स्थानीय सरकारको खिचातनीले विकास ठप्प

कर्णाली प्रदेश सरकार र स्थानीय सरकारको दूरी बढ्न थालेको छ। प्रदेश मातहतका योजनामा राजनीतिक खिचातानी भएका कारण जुहारी चल्न थालेको छ।

कालिकोटमा एचआइभी संक्रमितको संख्या स्थिर

कालिकोटमा एचआइभी संक्रमितको संख्या स्थिर रहेको जिल्ला अस्पतालले निकालेको तथ्यांकले बताएको छ। तथ्यांकअनुसार जिल्लामा हाल ३८ जना एचआइभी संक्रमित छन्। तीमध्ये पुरुष १५ जना छन्। जसमा एआरटी सेवा नलिने २ महिला र  १२ वर्षीया बालिका छन्।

पूर्व जनमुक्ती सेनाका कमाण्डरको नेतृत्वमा निर्माण कार्यदल

जिल्लाको रास्कोट नगरपालिकाले पूर्व जनमुक्ती सेनाका कमाण्डरलाई निर्माण कार्यदलको नेतृत्व सुम्पकोे छ। तत्कालिन माओवादी जनमुक्ती सेनाका विग्रेड साहायक कमाण्डर सुवास खड्काको नेतृत्वमा निर्माण कार्यदल गठन गरिएको हो।

कर्णालीका हिमशृंखला सेताम्मे

दुइ दिनसम्मको हिमपातले कर्णालीका हिमशृंखला सेताम्मे बनेका छन्। कर्णालीका हिमाली जिल्लामा यस बर्षकै हिउँदे सिजनमा धेरै हिमपात भएको छ।

मुस्कुराउँदै कालिकोटका हिमशृंखला

बिहानीको उज्यालोसँगै कालिकोट सदरमुकाम मान्म नजिकैको चुलीको काखबाट दर्जनौं सुन्दर हिमशृंखला नियाल्न सकिन्छ। मध्यमाघको चिसो हावाको सिरेटोसँगै हिउँले सेताम्मे बनेका हिमशृंखला मनमोहक लाग्छन्।

कर्णालीमा भारी हिमपात, तापक्रम माइनस ८ डिग्री

हिमपात र अविरल बर्षाले कर्णालीको जनजीवन प्रभावित बनेको छ। कर्णालीका हिमाली जिल्लामा हिमपात भएपछि जनजीवन प्रभावित बनेको हो। सोमबार मध्यरातीबाट हिमपात र बर्षा भएको छ। लामो समयपछि परेको हिमपात र वर्षाका कारण चिसो बढेको छ।

मदन भण्डारी फाउन्डेसनद्धारा अग्नी पीडितलाई राहत

मदन भण्डारी फाउन्डेसन काठमाडौंले अग्नी पीडितका लागि राहत हस्तान्त्रण गरेको छ। पलाँता गाउँपालिका १ खाँडामा भएको भिषण आगलागीबाट पीडित परिवारलाई फाउन्डेशनले राहत हस्तान्त्रण गरेको हो। पुसको कठाङ्गग्रीदो चिसोमा खाँडावसीका ८७ घर जलेर नष्ट भएपछि फाउण्डेसनले राहत संकलन गरेर हस्तान्त्रण गरेको हो।

अग्निपीडित बालबालिका : न पढाइ न स्वास्थ्य सेवा

पलाँता गाउँपालिकाको खाँडागाउँका आगलागीपीडितमा स्वास्थ्य सेवाको अभाव देखिएको छ। तीन तहका सरकारले गुजाराका लागि खाद्यान्न तथा न्यानोका लागि लत्ताकपडाको व्यवस्था गरे पनि स्वास्थ्यमा भने ध्यान पुर्‍याउन सकेको देखिँदैन। ८७ घरधुरीका पाँच सयभन्दा बढी अग्निपीडित स्वास्थ्य सेवाको अभावले समस्या सिर्जना हुने सम्भावना बढेको बताइएको छ।

खुला आकाशमुनि रात काट्न बाध्य पीडित

पलाँता गाउँपालिका–१ खाँडाका लालमणि उपाध्यायका लागि गएको आइतबार अहिलेसम्मकै पीडादायी दिन बन्न पुग्यो। उक्त दिनको भीषण आगलागी सम्झेर उनी बेलाबेलामा झस्किरहन्छन्। त्यस दिन मध्यरातमा उनको परिवारका सबैजना मस्तसँग निदाइरहेका थिए।

मृत्यु रोकेको धनदेवीको त्यो डाँको...

मध्यरातमा गाउँ मस्त निद्रामा थियो। तर गत आइतबार मध्यरात २ बजेर ३९ मिनेटमा खाँडागाउँकी धनदेवी न्यौपाने जागिन्। धनदेवीको त्यो निद्रा भंगताले कालिकोट खाँडागाउँका सयौ जनाको संभावित काल रोक्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्